प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“आई.जि.पि. रनिङ कप पुरूष भलिबल प्रतियोगिता-२०८१” सम्पन्न

२०८१-०७-१२

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा मिति २०८१।०७।०७ गतेदेखि ऐ.१२ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जमा सञ्चालन भएको "आई.जि.पि. रनिङ कप पुरुष भलिबल प्रतियोगिता-२०८१" को समापन कार्यक्रम आज मिति २०८१।०७।१२ गते दिउसो १३:०० बजे नेपाल प्रहरी  संगठन प्रमुख एवम् नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न ।

 

प्रतियोगितामा सहभागी टिम, प्रायोजक एवं निर्णायकज्यूहरुलाई मायाको चिनो तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलका विजेता टिमलाई मेडल, प्रमाण पत्र, चेक तथा रनिङ्ग कप प्रदानको कार्यक्रम पश्चात निर्देशन सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूले सुरक्षा निकाय जस्तो शारीरिक तथा मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको ठूलो महत्व हुने चर्चा गर्दै विगत देखि नै निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढ तुल्याउनुको साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याएको बताउनुभयो

 

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यूले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार, नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले विधागत पुरस्कारहरू वितरण गर्नुका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले फाईनल खेलको प्रतियोगितामा द्वितीय हुन सफल टिमलाई मेडल, प्रमाण पत्र, चेक तथा कप प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूले प्रमुख अतिथिज्यू लगायत आमन्त्रित सम्पूर्ण अतिथिज्यूहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने खेलकुद कार्यक्रम व्यववस्थापन उप-समितिका समयोजक एवम् नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीले प्रतियोगिता सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

प्रमुख अतिथिज्यूद्वारा AVC International Volleyball Referee सशस्त्र प्रहरी निरीक्षक विजय के.सी.ज्यूलाई बल हस्तान्तरण गरी सञ्चालन गरिएको थियो । फाईनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको टिमले लुम्बिनि प्रदेश प्रहरी कार्यालय, दाङको टिमलाई ३-२ को सेटले पराजित गरी प्रतियोगिताको विजेता बन्न सफल भई रु.१,०१,०००/- नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो भने द्वितीय हुने टिम लुम्बिनि प्रदेश प्रहरी कार्यालय, दाङको टिमले रु.५१,०००/- नगद पुरस्कार प्राप्त गरेको थियो ।

विधागत पुरस्कारहरू

१.     सर्वोत्कृष्ट खेलाडी - प्र.ज. जनकलाल महत्तो (गण्डकी प्र.प्र.का.)

२.     म्यान अफ दि म्याच - प्र.ज. विष्णु चितौरे (गण्डकी प्र.प्र.का.)

३.     उत्कृष्ट स्पाईकर – प्र.ज. गोपाल थारु (लु.प्र.प्र.का.)

४.     उत्कृष्ट ब्लकर - प्र.ज. जनक धामी (गण्डकी प्र.प्र.का.)

५.     उत्कृष्ट डिफेन्डर – प्र.ज. जगत प्रसाद जैशी (लु.प्र.प्र.का.)

६.     उत्कृष्ट सर्भर – प्र.ज. दिपक गहार (लु.प्र.प्र.का.)

७.     उत्कृष्ट सेटर – प्र.ज. विष्णु चितौरे (गण्डकी प्र.प्र.का.)

८.     उत्कृष्ट प्रशिक्षक – प्र.ना.नि. सन्तोष सुवेदी (गण्डकी प्र.प्र.का.)

 

ने.प्र.प्र.का. र उपत्यका स्थित प्रहरी कार्यालयहरुका प्र.अ.म.नि.ज्यूहरु, प्र.ना.म.नि. ज्यूहरु, सैनिक शरीरिक तालिम तथा खेलकुद केन्द्र, जंगी अड्डाक प्रमुख महा सेनानी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक, विभिन्न निकायका अतिथिज्यूहरू, प्रहरी उपरीक्षकज्यूहरू, सशस्त्र प्रहरी बल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षकज्यू, संगित विद्यालयका व्याण्ड टोली, सिनियर प्रहरी अधिकृतज्यू, जुनियर प्रहरी अधिकृत, खेलाडी तथा अन्य प्रहरी कर्मचारीहरु साथै प्रतियोगितामा सहभागी १० टिमको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार
“विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३४ औं समूहको दीक्षान्त समारोह सम्पन्न
२०८२-०२-२७

आज मिति २०८२/०२/२७ गते  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो  । उक्त कार्यक्रममा दीक्षित भई जाने जुनियर प्रहरी अधिकृतहरुलाई प्रशिक्षणको क्रममा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस पालना गरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिनु पर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नु भएको थियो । साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक राजु पाण्डेले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८२-०२-२५

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको आज मिति २०८२/०२/२५ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमूख आतिथ्यतामा तालिमको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

"Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम" पाचौं समूहको समुद्घाटन कार्यक्रम सम्पन्न
२०८२-०२-२५

नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमुख आतिथ्यमा आज मिति २०८२/०२/२५ गते यस प्रतिष्ठानमा सञ्चालित Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम पाचौं समूहको समुद्‍घाटन कार्यक्रम सम्पन्न हुनुका साथै तालिम संयोजक समेत रहनु भएका निर्देशकज्यूले तालिम सम्बन्धी संक्षिप्‍त परिचय (Course Introduction) समेत प्रस्तुत गर्नु भएको थियो ।उद्‌घाटन कार्यक्रमलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिज्यूले नेपाल प्रहरीको रणनीतिक नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने यस तालिमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवार प्राप्‍त Centre for Excellence यस प्रतिष्ठानले तालिम पाठ्यक्रमले तोकेको मापदण्डमा रही तालिमलाई पूर्णतया गुणस्तरीय, नतिजामुखी र प्रभावकारी बनाउन हरदम प्रयासरत रहेको साथै प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानको Ground Rules & Regulations भित्र रहेर उच्चतम उत्साहजनक र सहभागीतामुलक तबरले तालिममा सहभागी भई तालिम सफलतापूर्वक सम्पन्न गर्न समेत शुभकामना प्रदान गर्नु भयो ।

संगठन प्रमुखबाट निरीक्षण कार्यक्रम सम्पन्न
२०८२-०२-२३

आज मिति २०८२/०२/२३ गते संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् दिपक थापाज्यूको आगमन भई यस प्रतिष्ठान, नेपाल पुलिस स्टाफ कलेज र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको निरीक्षण कार्यक्रम सम्पन्न भयो । संगठन प्रमुखज्यूबाट, Physiotherapy and Rehabilitation Center, Indoor Cricket Ground, मेस, व्यारेकको स्थलगत निरीक्षण, भौतिक संरचना, विभिन्न शाखा, उप-शाखाहरुको निरीक्षण गर्नुका साथै प्रतिष्ठान परिसरमा वृक्षारोपण गर्नु भई प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औं समूहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुका साथै यस प्रतिष्ठानबाट भए गरेका विभिन्न गतिविधि तथा क्रियाकलापहरु सहितको प्रस्तुतीकरणमा सहभागी हुनु भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट श्रीमान् प्रहरी महानिरीक्षकज्यूलाई स्वागत गर्नुका साथै निरीक्षण भ्रमण सम्पन्न पश्‍चात “कृतज्ञताको चिनो” प्रदान गरी धन्यवाद ज्ञापन सहित विदाई समेत गर्नु भएको थियो ।