"उत्कृष्टताको लागी केन्द्र"
आज मिति २०८२/०२/२७ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा दीक्षित भई जाने जुनियर प्रहरी अधिकृतहरुलाई प्रशिक्षणको क्रममा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस पालना गरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिनु पर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नु भएको थियो । साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक राजु पाण्डेले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको आज मिति २०८२/०२/२५ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमूख आतिथ्यतामा तालिमको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीले तालिम सम्बन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमुख आतिथ्यमा आज मिति २०८२/०२/२५ गते यस प्रतिष्ठानमा सञ्चालित Strategic Command and Management (SCM) (प्र.ना.म.नि./प्र.व.उ.) तालिम पाचौं समूहको समुद्घाटन कार्यक्रम सम्पन्न हुनुका साथै तालिम संयोजक समेत रहनु भएका निर्देशकज्यूले तालिम सम्बन्धी संक्षिप्त परिचय (Course Introduction) समेत प्रस्तुत गर्नु भएको थियो ।उद्घाटन कार्यक्रमलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रमुख अतिथिज्यूले नेपाल प्रहरीको रणनीतिक नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने यस तालिमलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवार प्राप्त Centre for Excellence यस प्रतिष्ठानले तालिम पाठ्यक्रमले तोकेको मापदण्डमा रही तालिमलाई पूर्णतया गुणस्तरीय, नतिजामुखी र प्रभावकारी बनाउन हरदम प्रयासरत रहेको साथै प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानको Ground Rules & Regulations भित्र रहेर उच्चतम उत्साहजनक र सहभागीतामुलक तबरले तालिममा सहभागी भई तालिम सफलतापूर्वक सम्पन्न गर्न समेत शुभकामना प्रदान गर्नु भयो ।
नेपाल सरकार गृहमन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८२/०२/१६ गतेको निर्णयअनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७२८७, मिति २०८२/०२/१६ गतेको पत्रले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्साल, काठमाण्डौमा सरूवा भई जान लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यूलाई आज मिति २०८२/०२/२३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।
आज मिति २०८२/०२/२३ गते संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् दिपक थापाज्यूको आगमन भई यस प्रतिष्ठान, नेपाल पुलिस स्टाफ कलेज र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको निरीक्षण कार्यक्रम सम्पन्न भयो । संगठन प्रमुखज्यूबाट, Physiotherapy and Rehabilitation Center, Indoor Cricket Ground, मेस, व्यारेकको स्थलगत निरीक्षण, भौतिक संरचना, विभिन्न शाखा, उप-शाखाहरुको निरीक्षण गर्नुका साथै प्रतिष्ठान परिसरमा वृक्षारोपण गर्नु भई प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औं समूहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुका साथै यस प्रतिष्ठानबाट भए गरेका विभिन्न गतिविधि तथा क्रियाकलापहरु सहितको प्रस्तुतीकरणमा सहभागी हुनु भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट श्रीमान् प्रहरी महानिरीक्षकज्यूलाई स्वागत गर्नुका साथै निरीक्षण भ्रमण सम्पन्न पश्चात “कृतज्ञताको चिनो” प्रदान गरी धन्यवाद ज्ञापन सहित विदाई समेत गर्नु भएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७३११, मिति २०८२/०२/१९ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फको प्रहरी बरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षक भिम प्रसाद रिमालज्यूलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट आज मिति २०८२/०२/२१ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भयो ।