प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
विदाई कार्यक्रम सम्पन्न
२०८१-०५-२३

आज मिति २०८१/०५/२३ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूबाट ३० बर्ष सेवा अवधी पुरा भई अनिवार्य अवकाश हुनुभएका प्र.ना.नि. सर्वजित बिष्टलाई एक समारोह बीच मायाको चिनो प्रदान गर्दै आफ्नो जिवनको उर्जाशिल र उर्वरशिल समय पवित्र संगठन प्रति समर्पित भई पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै वहाँको प्रतिष्ठान तथा नेपाल प्रहरी प्रतिको योगदानको स्मरण गर्दै आगामी अवकाश पछिको पारिवारिक एवंम सामाजिक जिवन सुखमय रहोस भनि  शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक , सह-निर्देशक, उप-निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिती रहेको थियो ।

कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम २०८१ सम्पन्न
२०८१-०५-२१

आज मिति २०८१/०५/२१ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको अध्यक्षतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र यसका प्रत्यक्ष मातहत रहेका नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारी र नेपाल प्रहरी महाविद्यालय जर्गाहका प्राचार्य दीप शम्शेर राणा संग एक समारोह बिच कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम २०८१ सम्पन्न भएको । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८१-०५-२१

आज मिति २०८१/०५/२१ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८१/०५/१७ गतेको पत्रले यस प्रतिष्ठानबाट विभिन्न कार्यालयमा सरुवा हुनु भएका प्रहरी निरीक्षकज्यूहरु तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक नरू शाहीज्यूको समेत बिदाईमा आयोजना गरिएको ”फेरी भेटौला तथा बिदाई कार्यक्रम” सम्पन्न भयो । उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी निरीक्षकज्यूहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप प्रतिष्ठानको समेत शिर उच्च हुने गरी कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्र.ना.नि. नरु शाहीज्यूलाई सुखमय पारिवारीक तथा नागरिक जिवनको लागि शुभकामना समेत दिनु भएको थियो ।

"घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको दिक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-२०

बार्षिक तालिम क्यालेण्डर २०८१/०८२ अनुसार मिति २०८१/०४/२९ गते देखि सञ्चालित कुल १८ कार्यदिन अवधिको "घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको आज मिति २०८१/०५/२० गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यू लगायत प्रतिष्ठानमा कार्यरत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थितिमा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नु हुनुका साथै विभिन्न प्रहरी युनिटहरूमा घुम्ती प्रशिक्षण तालिम सञ्चालन गर्नुको औचित्य अनुरूप प्रशिक्षार्थीहरूलाई प्रशिक्षणका क्रममा सिकाईएका कुराहरू आफ्नो कार्यक्षेत्रमा उच्च मनोबलका साथ कुशलता पुर्वक व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भएको थियो ।

"तिज विशेष दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न"
२०८१-०५-१९

आज मिति २०८१/०५/१९ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका  निर्देशक श्रीमान प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा हरितालिका तिजको अवसरमा आयोजित "तिज विशेष दर खाने कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम" मा प्रतिष्ठानका महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू समेतको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका निर्देशक ज्यूले विभिन्न तालिममा प्रशिक्षण रत महिला प्रशिक्षार्थीहरू एवम् अन्य स्टाफ महिला प्रहरी कर्मचारीहरूमा घर छोडेर टाढा रहेको महसुस नहोस र एक आपसमा पारिवारीक भावनाको विकास होस भनि शुभकामना समेत व्यक्त गर्नुभयो ।साथै उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशकहरू, उप-निर्देशकहरू, तथा अन्य सिनियर प्रहरी अधिकृत र प्रतिष्ठानमा कार्यरत महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू, खेलाडीहरू समेतको उपस्थिति रहेको थियो ।  

अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहको दीक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-१९

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. को प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको थियो । उक्त तालिमका तालिम सह-संयोजक प्रहरी निरीक्षक शम्भु बहादुर के.सी. ले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै यस कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०५-१९

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते नायव महान्यायाधिवक्ता संजिव राज रेग्मी, माननीय न्यायाधिश माधव प्रसाद घिमिरे, अधिवक्ता सुवास आचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारी सहितको सहभागितामा अपराध अनुसन्धान सम्बन्धी वर्तमान अवस्था, समस्या तथा चुनौतीहरूको विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

विदाई कार्यक्रम सम्पन्न
२०८१-०५-१७

गौरवमय पवित्र संगठन नेपाल प्रहरीमा ३० वर्ष अविछिन्न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत हुन भएका यस प्रतिष्ठानका सह- निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक वेल वहादुर पाण्डेज्यूलाई आज मिति २०८१/०५/१७ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूबाट शुभकामना मन्तव्य सहित मायाको चिनो प्रदान गरी स-सम्मान विदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सेवा निवृत हुनुहुने प्रहरी बरिष्ठ उपरीक्षकज्यूले ३० वर्ष यस पवित्र संगठनमा कार्यरत रहदाका अवधीभर भए गरेका आफ्ना अनुभवहरु सहितको छोटो मन्तव्य समेत व्यक्त गर्नु भएको थियो। कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरिक्षक ओम प्रसाद अधिकारीज्यू, प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्ठ उपरिक्षक नान्ति राज गुरुङज्यू लगाएत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । 

अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८१-०५-१६

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१६ गते संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूसँग अपराध अनुसन्धान सम्बन्धी विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न । श्रीमान् प्रहरी महानिरीक्षकज्यूले प्रशिक्षार्थीबाट अपराध अनुसन्धानको सम्बन्धमा उठेका जिज्ञासाहरुका समाधान गर्नुका साथै निर्देशन सम्बोधनका क्रममा नेपाल प्रहरी संगठनका अपराध अनुसन्धान लक्षित भावी रणनीति, योजना तथा अपराध अनुसन्धानको क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूको वृत्ति विकास सम्बन्धमा समेत प्रकाश पार्नु भएको थियो ।  उक्त कार्यक्रमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यको समेत उपस्थिति रहेको थियो ।

विमानस्थल सुरक्षा आधारभूत तालिम (जु.प्र.अ.) १४ औं समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-०५-११

मिति २०८१ साउन १३ गते देखि यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको "विमानस्थल सुरक्षा आधारभूत तालिम (जु.प्र.अ.)" १४ औं समूहको समापन कार्यक्रम आज मिति २०८१ भदौ ११ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यता तथा नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानका प्रमुख टेकनाथ सिटौलाज्यूको विशेष आतिथ्यतामा तालिम समापन भएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले सम्बोधनका क्रममा विमानस्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय रहेकोले यस्तो संवेदनशील क्षेत्रमा खटिंदा तालिमबाट प्राप्त ज्ञान र सीपको पूर्णतः कार्यान्वयन गर्नुपर्ने निर्देशन दिनु भएको थियो । भने विशेष आतिधि नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानका प्रमुखज्यूले विमानस्थल सुरक्षामा नेपाल प्रहरी र नागरिक उड्डयान प्राधिकरण बिच निरन्तर समन्वय र सहकार्य कायम राख्न यस तालिमले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु, जुनियर प्रहरी अधिकृत र प्रशिक्षक वर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

विमानस्थल सुरक्षा आधारभूत तालिम (जु.प्र.अ.) १४ औं समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-०५-११

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको "विमानस्थल सुरक्षा आधारभूत तालिम (जु.प्र.अ.)" १४ औं समूहको आज मिति २०८१ भदौ ११ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के. सी.ज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम समापन भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुबाट उठेका जिज्ञासा सम्बोधन गर्नका साथै विमानस्थल सुरक्षाका क्षेत्रमा कार्य गर्दा आफुले तालिमको दौरानमा सिकेका ज्ञान, सीप र कौशललाई अंगिकार गरी आईपर्न सक्ने चुनौतीहरुलाई जुझारु रुपले सामना गर्न समेत निर्देशन दिनुभयो ।

खेल पोशाक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
२०८१-०५-०९

अखिल नेपाल फुटबल संघको आयोजनामा मिति २०८१।०५।१६ गतेदेखि सञ्चालन हुने “ANFA Women’s League 2024” मा सहभागी हुने नेपाल प्रहरी महिला फुटबल टिमका खेलाडी तथा अफिसियलहरूलाई आज मिति २०८१।०५।०९ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले खेल पोशाक सामाग्री हस्तान्तरण गर्नुका साथै सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई प्रतियोगितामा सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सह-सचिवज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, प्रतिष्ठानका सह-निर्देशकज्यू र केल्मी नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक उत्तम न्यौपानेज्यू लगायत सिनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।  

"जुडो आधारभूत तालिम" ८६ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-०५-०७

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८०।१०।१५ गतेदेखी सञ्चालन भएको १५६ कार्यदिन अवधिको "जुडो आधारभूत तालिम" ८६ औं समूहको यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री डा.मनोज कुमार के.सी.ज्यूको प्रमूख आतिथ्यतामा आज मिति २०८१।०५।०७ गते दीक्षान्त कार्यक्रम सम्पन्न भयो ।प्रमूख अतिथिज्यूले दिक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई यस प्रतिष्ठानबाट प्रमाणपत्र, "Black Belt"(Ist Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत वितरण गर्नुका साथै जुडो तालिमले सिकाएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । साथै दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई कार्यक्षेत्रमा समेत कार्य सम्पादन गर्दा प्रहरी आचरण र अनुशासनको पालना गर्दै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा "जुडो आधारभुत तालिम" ८६ औँ समूहका तालिम संयोजक प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक, उप-निर्देशक लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रशिक्षक वर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिती रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८१-०५-०५

तालुक प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. ७८१, मिति २०८१/०४/२९ गतेको पत्रले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम (क) को खण्ड (क) बमोजिम प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी निरीक्षक निर बहादुर मोक्तानलाई यस रा.प्र.प्र.प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतमा आज मिति २०८१ भदौ ५ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले बढुवा हुनु भएका प्रहरी निरीक्षक निर बहादुर मोक्तानलाई बधाई एवम शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवार भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।

निरीक्षण कार्यक्रम सम्पन्न भएको
२०८१-०५-०२

आज मिति २०८१/०५/०२ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत यस प्रतिष्ठानको क्वार्टर गार्ड, कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थीहरु, होजियारी, मोची, शैलुन, मोटर ग्यारेज, फोहोर संकलन स्थल, पानी वितरण प्रणाली, ब्यारेक भवन, मेस भवन, निर्माण हुन गईरहेको फुटसल, क्रिकेट ग्राउण्ड लगायत यस प्रतिष्ठान परिसरभित्र रहेका अन्य सम्पूर्ण भौतिक संरचनाहरूको निरीक्षण कार्यक्रम सम्पन्न ।

रा.प्र.प्र.प्र. आयोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न
२०८१-०४-३२

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वार्ड नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, नेपाल सरकार तालुक गृह-मन्त्रालयका माननीय गृह मन्त्री श्री रमेश लेखक ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवज्यु, संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यु, भारतीय राजदूतावास, नेपालका प्रथम सचिव अबिनाश कुमार सिंहज्यु, बाग्मती प्रदेशका सांसद माननीय श्री कञ्चन चन्द्र वादेज्यु, पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीज्यु, ने.प्र.प्र.का.भौतिक पूर्वाधार निर्देशनालयका प्र.ना.म.नि. ई. फणिन्द्र बरालज्यु, ने.प्र.प्र.का.प्र.म.नि.को सचिवालयका प्र.ना.म.नि. दान बहादुर कार्कीज्यु, नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीज्यु, SS (Admin & DP) प्रशान्त कुमार सोना,SS (EE) आशिष सोना,काभ्रे जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुवाष पौडेलज्यु, Central Public Works Department (CPWD) का परामर्शदाता ईन्जिनियर, निर्माण व्यवसायी आACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा आयोजनाका परामर्शदाताले परियोजनाको वर्तमान प्रगतीको प्रस्तुतिकरण गर्नुभएको थियो। माननीय गृहमन्त्रीज्युले रा.प्र.प्र.प्र. आयोजनासँग समबन्धित सरोकारवाला निकायहरुलाई आयोजनालाई निर्धारित समय भित्र सम्पन्न गर्नहुन अनुरोध गर्नु भएको थियो ।

"साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम" चौंथो समूहको दीक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०४-३२

मिति २०८१।०४।१३ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालन भएको “साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम" चौंथो समूहको दीक्षान्त समारोह आज मिति २०८१।०४।३२ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट दीक्षीत भई जाने अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्षेत्रको लागि उपयोगी निर्देशन तथा शुभकामना सहितको निर्देशन सम्बोधन गर्नु भएको थियो भने तालिम संयोजक प्र.ना.उ. नवराज मल्लले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, प्रतिष्ठानका सह-निर्देशकज्यूहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यू, जुनियर प्रहरी अधिकृत र प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्र.उ. / प्र.ना.उ.) तालिम १५ औं समूहको तालिम समापन
२०८१-०४-३०

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित “OCM Level- III तालिम” १५ औं समूहको आज मिति २०८१/०४/३० गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गरी निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी बरिष्ठ उपरिक्षक नान्तीराज गुरूङज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समापन कार्यक्रममा यस प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू र प्रशिक्षक वर्गहरूको समेत उपस्थिती रहेको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्र.उ. / प्र.ना.उ.) तालिम १५ औं समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-०४-३०

आज मिति २०८१/०४/३० गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्र.उ. / प्र.ना.उ.) तालिमका प्रशिक्षार्थीहरू सँग नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सो क्रममा प्रमुख अतिथिज्यूबाट प्रहरी नेतृत्व, समन्वय आचरण र प्रहरी व्यवहारलाई अझै परिस्कृत र सुदृढिकृत गर्दै लैजाने विषयमा विशेष जोड दिनु भएको थियो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू समेतको उपस्थिती रहेको थियो ।

प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०४-२५

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रमको शिलसिलामा आज मिति २०८१।०४।२५ गते बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको भौतिक संरचना, आन्तरिक तथा वाह्य प्रशिक्षण कक्षाहरु लगायत सम्पूर्ण प्रशिक्षण गतिविधि निरीक्षण गर्नुका साथै विविध पक्षको स्थलगत अवलोकन गरी यस तालिम केन्द्रको हाताभित्र बृक्षारोपण समेत गर्नुभएको थियो । निर्देशन सम्बोधनको क्रममा कार्यकारी निर्देशकज्यूले प्रशिक्षण प्रदायक निकायहरूमा प्रशिक्षणमैत्री पूर्वाधार, समयानुकुल परिमार्जित पाठ्यक्रम तथा स्तरीय प्रशिक्षकहरू हुनुपर्ने विषयमा ध्यान दिन सके मात्र प्रशिक्षण प्रदायक निकायहरूबाट संगठनले अपेक्षा गरे अनुरुपको उपलब्धी हासिल गर्न सकिने कुरा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक प्रविण पोखरेलज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा कार्यरत सिनियर प्रहरी अधिकृतज्यूहरू, जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पूर्ण प्रहरी कर्मचारी र आधारभूत तथा सेवाकालिन तालिमका प्रशिक्षार्थीहरु समेतको सहभगिता रहेको थियो ।

“प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम, ३४ औं” समुहको दीक्षान्त समारोह सम्पन्न
२०८१-०४-२४

मिति २०८१/०४/०६ गतेदेखी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम, ३४ औं” समुहको दीक्षान्त समारोह आज मिति २०८१/०४/२४ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज के.सी.ज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस् पालना गर्न जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो साथै उल्लेखित तालिमका तालिम संयोजक प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।

प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०४-२४

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रमको शिलसिलामा आज मिति २०८१।०४।२४ गते नेपाल प्रहरी शिक्षालय, भरतपुरको भौतिक संरचना, आन्तरिक तथा वाह्य प्रशिक्षण कक्षाहरु लगायत सम्पूर्ण प्रशिक्षण गतिविधि निरीक्षण गर्नुका साथै नव निर्मित प्रशासनिक भवन लगायत विविध पक्षको स्थलगत अवलोकन गरी शिक्षालयको हाताभित्र बृक्षारोपण समेत गर्नुभएको थियो । निर्देशन सम्बोधनको क्रममा कार्यकारी निर्देशकज्यूले प्रशिक्षण प्रदायक निकायहरूमा प्रशिक्षणमैत्री पूर्वाधार, समयानुकुल परिष्कृत एवम् परिमार्जित पाठ्यक्रम तथा स्तरीय प्रशिक्षकहरू हुनुपर्ने विषयमा ध्यान दिन सके मात्र प्रशिक्षण प्रदायक निकायहरूबाट संगठनले अपेक्षा गरे अनुरुपको उपलब्धी हासिल गर्न सकिने कुरा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यज्यू, नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत सिनियर प्रहरी अधिकृतज्यूहरू, जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पूर्ण प्रहरी कर्मचारी र आधारभूत तथा सेवाकालिन तालिमका प्रशिक्षार्थीहरु समेतको सहभगिता रहेको थियो ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, नवलपरासीको नवौँ वार्षिकोत्सव - २०८१ को अवसरमा निर्देशन सम्बोधन
२०८१-०४-२३

आज मिति २०८१ श्रावण २३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गरीज्यूको प्रमूख आतिथ्यतामा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको नवौँ वार्षिकोत्सवको पावन अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले पानसमा बत्ति बाली “युक्ति दर्पण-२०८१” स्मारिकाको बिमोचन गर्दै महाविद्यालयको हाताभित्र वृक्षारोपण गर्नुभएको थियो । उक्त कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालज्यू, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवज्यू, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठज्यू, लिम्बिनि प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतज्यू, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सुनवल नगरपालिका जनप्रतिनिधी, युक्ति महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू तथा विभिन्न तालिमका प्रशिक्षार्थीहरू समेतको उपस्थिति रहेको थियो । सोही अवसरमा महाविद्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसा-पत्रद्वारा पुरस्कृत गर्नुका साथै खेलकूदका विभिन्न विधाहरूमा विजयी भएका खेलाडीहरूलाई मेडल, प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।

प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०४-२२

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रशिक्षण केन्द्रहरुको अनुगमन तथा निरीक्षण भ्रमण कार्यक्रमको शिलसिलामा आज मिति २०८१।०४।२२ गते लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको भौतिक संरचना, आन्तरिक तथा वाह्य प्रशिक्षण कक्षाहरु लगायत सम्पूर्ण प्रशिक्षण गतिविधि निरीक्षण गर्नुका साथै उक्त केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू र आधारभुत तथा सेवाकालिन तालिमका प्रशिक्षार्थीहरुसमेतलाई आवश्यक निर्देशन सम्बोधनसमेत गर्नुभयो ।निर्देशन सम्बोधनको क्रममा कार्यकारी निर्देशकज्यूले प्रशिक्षण प्रदायक निकायहरूमा प्रशिक्षणमैत्री पूर्वाधार, समयानुकुल परिष्कृत एवम् परिमार्जित पाठ्यक्रम तथा स्तरीय प्रशिक्षकहरू हुनुपर्ने विषयमा ध्यान दिन सके मात्र प्रशिक्षण प्रदायक निकायहरूबाट संगठनले अपेक्षा गरेअनुरुपको उपलब्धी हासिल गर्न सकिने कुरा व्यक्त गर्नुभयो ।  उक्त कार्यक्रममा  लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीज्यू, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका नि-समादेशक प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लज्यू, तथा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा कार्यरत सिनियर प्रहरी अधिकृतलगायत सम्पुर्ण प्रहरी क्रमचारी र आधारभूत तथा सेवाकालिन तालिमका प्रशिक्षार्थीहरुसमेतको सहभगिता रहेको थियो ।

बधाई तथा ज्ञापन कार्यक्रम सम्पन्न
२०८१-०४-२२

मित्रराष्ट्र कोरियामा भर्खरै सम्पन्न विभिन्न प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल भई स्वदेश फिर्ता भएका नेपाल प्रहरीका तेक्वान्दो खेलाडीहरूलाई यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूले मिति २०८१।०४।२१ गते बधाई ज्ञापन गर्नुभयो । उक्त प्रतियोगिताहरू अन्तर्गत “2024 Mungyeong World Taekwondo Hanmadang” को Poomsae विधातर्फ प्र.ज. प्रेमबहादुर लिम्बूले रजत पदक तथा Breaking विधातर्फ प्र.स.ह. वीरबहादुर महराले कास्य पदक प्राप्त गर्न सफल भएका थिए भने प्र.ज. प्रेमबहादुर लिम्बूले “11th Seongnam Open International Taekwondo Championship 2024” को Individual Poomsae विधातर्फ समेत रजत पदक प्राप्त गर्न सफल भएका थिए ।

फुटबल सुज हस्तान्तरण कार्यक्रम सम्पन्न
२०८१-०४-२१

अखिल नेपाल फुटबल संघ (ANFA) को आयोजनामा सञ्चालन भईरहेको “Lalit Memorial ANFA U-18 Youth League 2024” मा नेपाल प्रहरीको तर्फबाट सहभागी युथ-१८ टिमको लागि National Biotech Limited  र नेपाल प्रहरी खेलकुद समितिबीच Adidas Brand को फुटबल सुजको लागि आज मिति २०८१।०४।२१ गते प्रायोजन सम्झौता सम्पन्न । उक्त कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिको तर्फबाट नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू र National Biotech Limited  को तर्फबाट राजेश पाण्डे र नुर्बिन्द्र बिक्रम सिंजापति बिच हस्ताक्षर गर्नु भई Adidas Brand को फुटबल सुजहरू हस्तान्तरण गर्नु भयो ।

प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औ समुहको Induction Phase समुद्‍घाटन कार्यक्रम
२०८१-०४-२१

प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औ समुहको Induction Phase समुद्‍घाटन कार्यक्रम यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१/०४/२१ गते सु - सम्पन्न ।  जसमा ३ जना महिला र  २७ जना पुरूष प्रशिक्षार्थी प्रहरी निरीक्षक सहित जम्मा ३० जना नव प्रवेशी प्रहरी निरीक्षकहरूलाई ४५ कार्य दिनको Induction Phase मा समावेश गराइने छ । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक तथा MPS कार्यक्रमका Faculty प्रमुख प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के.सी, अ.अ. विद्यालयका प्रधानाचार्य, सह – निर्देशक लगायत सिनियर प्रहरी अधिकृतहरू,जुनियर प्रहरी अधिकृतहरू र अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्र.उ/प्र.ना.उ) तालिम १५ औं समूहको Panel Discussion कार्यक्रम सम्पन्न
२०८१-०४-१६

आज मिति २०८१/०४/१६ गते Panel Discussion on leadership and Management issues बिषयक कार्यक्रममा ५ जना प्रहरी उपरिक्षक र १९ जना प्रहरी नायव उपरिक्षक प्रशिक्षार्थीको रूपमा सहभागी हुनु भएको थियो । नेतृत्वसिप, परिचालन, प्रशासन तथा व्यवस्थापनका विभिन्न आयामहरूमा छलफल तथा अनुभव आदान प्रदान गर्न आयोजित उक्त कार्यक्रममा पूर्व सचिव श्री जय मुकुन्द खनालज्यू, पूर्व महानिरीक्षक श्री प्रकाश अर्यालज्यू, यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री सुदिप गिरीज्यू र नेपाली सेनाका पूर्व उपरथी श्री जगदिश चन्द्र पोखरेलज्यू  Panelist को रूपमा उपस्थित हुनु भएको थियो ।

फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०४-१३

आज मिति २०८१/०४/१३ गते तालुक नेपाल सरकार गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मिति २०८१/०४/०७ गतेको निर्णय अनुसार यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बाट नेपाल प्रहरी प्रधान कार्यालय बिशेष ब्युरो नक्सालमा काज सरुवा हुनु भएका प्रहरी नायव महानिरीक्षक राजन अधिकारी लाई प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतित्थतामा फेरी भेटौला कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्र.ना.म.नि. राजन अधिकारीले यस प्रतिष्ठानमा पुर्‍याउनु  भएको उल्लेखनिय कार्यहरूको प्रशंसा गर्दै प्रतिष्ठानका तर्फबाट मायाको चिनो समेत प्रदान गरी आगामी दिनमा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । साथै सो कार्यक्रममा प्रतिष्ठान तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका सिनियर प्रहरी अधिकृत सहित जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवलदार र जवानहरूको उपस्थिति रहेको थियो ।

निरीक्षण कार्यक्रम सम्पन्न
२०८१-०४-१३

आज मिति २०८१/०४/१३ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत यस प्रतिष्ठानको क्वार्टर गार्ड, कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थीहरु, होजियारी, मोची, शैलुन, मोटर ग्यारेज, फोहोर संकलन स्थल, पानी वितरण प्रणाली, ब्यारेक भवन, मेस भवन, निर्माण हुन गईरहेको फुटसल, क्रिकेट ग्राउण्ड लगायत यस प्रतिष्ठान परिसरभित्र रहेका अन्य सम्पूर्ण भौतिक संरचनाहरूको निरीक्षण कार्यक्रम सम्पन्न ।

UNOPS का प्रतिनिधीहरुको बीचमा प्रतिष्ठानमा सञ्चालित हुन लागेको MPS (Master in Police Sciences) प्रशिक्षण सम्बन्धमा भेटघाट तथा छलफल कार्यक्रम
२०८१-०४-०७

आज मिति २०८१।०४।०७ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यू र वेलायत स्थित College of Policing - Cop UK का प्रतिनिधि तथा नेपाल स्थित UNOPS का प्रतिनिधीहरुको बीचमा प्रतिष्ठानमा सञ्चालित हुन लागेको MPS (Master in Police Sciences) प्रशिक्षण कार्यक्रम तथा अन्य प्रशिक्षण गतिविधिलाई प्रभावकारी बनाउने साथै नविनतम प्रशिक्षणका आयामहरुमा सहयोग आदान प्रदान गर्ने सम्बन्धमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा College of Policing - Cop UK का International Police Advisor Julian Roadnight, Senior Leadership Trainer Police Superintendent Ms. Louise Galliott Thornton, UNOPS का Senior Program Manager Mr. Stephen Otter सहितका पदाधिकारीहरु तथा प्रतिष्ठानका निर्देशक लगायत अन्य सि.प्र.अ. ज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहयोग आदान प्रदान गर्न सकिने प्रशिक्षणका विविध पक्षहरुको बारेमा छलफल भएको थियो ।

यस प्रतिष्ठानको MPS Faculty Office, Academic Block अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न
२०८१-०४-०६

आज मिति २०८१/०४/०६ गते आइतबार यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको अध्यक्षता एवम् त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीमा स्टाफ कलेजको अवधारणा अन्तर्गत निकट भविष्यमा सञ्चालन हुन गइरहेको Masters in Police Sciences (MPS) कार्यक्रम सञ्चालन सम्बन्धमा प्रगती विवरण समीक्षा वैठक एवम् छलफल कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा श्रीमान् कार्यकारी निर्देशकज्यूले MPS कार्यक्रम वृत्ति विकाससगं आवद्ध गरिएकोले यसको विशेष महत्व रहेको र सो MPS कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको कुरा समेत औँल्याउनु भयो । साथै प्राध्यापक डा. डिल्ली राज शर्माज्यूले त्रिभुवन विश्वविद्यालय MPS कार्यक्रम सञ्चालनको सन्दर्भमा सकरात्मक रहेको र आवश्यकतानुसार अन्य शैक्षिक पाटोमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।  सो कार्यक्रममा रा.प्र.प्र.प्र.मा रहेको MPS Faculty Office, Academic Block लगायत अन्य भौतिक पूर्वाधारको समेत अवलोकन भएको थियो । 

Kantipur Bhansa Ghar र नेपाल प्रहरी खेलकुद समितिबीच प्रतियोगिता अवधिभरको लागि आज मिति २०८१।०४।०१ गते प्रायोजन सम्झौता
२०८१-०४-०१

अखिल नेपाल फुटबल संघ (ANFA) को आयोजनामा सञ्चालन भईरहेको “Lalit Memorial ANFA U-18 Youth League 2024” मा नेपाल प्रहरीको तर्फबाट सहभागी युथ-१८ टिमको लागि उक्त प्रतियोगिताको खेल तालिका अनुसार खेलको दिन बिहान ब्रेकफास्ट तथा खेल पश्चात खाजा उपलब्ध गराउने गरी फुड पार्टनरको रुपमा Kantipur Bhansa Ghar र नेपाल प्रहरी खेलकुद समितिबीच प्रतियोगिता अवधिभरको लागि आज मिति २०८१।०४।०१ गते प्रायोजन सम्झौता भयो । उक्त कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिको तर्फबाट नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू र Kantipur Bhansa Ghar को तर्फबाट हेमराज खड्काज्यूले हस्ताक्षर गर्नु भई सम्झौता बमोजिमका शर्तहरु पुरा गर्ने सन्दर्भमा दुवै पक्ष प्रतिवद्ध रहने कुरा व्यक्त गर्नु भयो ।

खेल सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
२०८१-०३-३२

अखिल नेपाल फुटबल संघको आयोजनामा आज मिति २०८१।०३।३० गतेबाट  सञ्चालन भईरहेको “LALIT MEMORIAL ANFA U-18 LEAGUE FOOTBALL TOURNAMENT 2024” मा नेपाल प्रहरीको तर्फबाट सहभागी खेलाडी तथा अफिसियलहरूलाई यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवम् खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले आज एक कार्यक्रमका बिच खेल सामाग्री हस्तान्तरण गर्नुका साथै प्रतियोगितामा उच्च  प्रदर्शनको लागि शुभकामना समेत व्यक्त गर्नु भयो ।कार्यक्रमको अन्त्यमा शुभकामना तथा निर्देशन सम्बोधनको क्रममा प्रमुख अतिथिज्यूले ‘शहिद स्मारक ए डिभिजन लिग २०७९’ मा नेपाल प्रहरीले प्राप्त गरेको “Fair Play Team Award” को स्मरण गर्नु हुँदै नेपाल प्रहरी एक अनुशासित संगठन रहेको हुँदा उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न हुन समेत निर्देशन दिनु भयो ।उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सह-सचिवज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू लगायत सिनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।  

आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०३-२८

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०८१ असार २६ गतेदेखि ऐ. २८ गतेसम्म पोखरा स्थित कुटी रिसोर्ट एण्ड स्पामा (Kuti Resort and Spa) सञ्चालन भएको आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम आज मिति २०८१ असार २८ गते नेपाल प्रहरी संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख, नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरुका प्रधानाचार्य/प्राचार्य/समादेशक, नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण प्रदायक संस्थाका प्रशिक्षकहरू समेतको उपस्थिति रहेको थियो । सो समापन कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य राख्नुका साथै प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक मित्र बन्धु शर्माबाट प्रस्तुतीकरण गर्नु भएको थियो । सो प्रशिक्षण प्रदायक संस्थाका कार्यालय प्रमुखहरूले आ-आफ्नो तर्फबाट राय सुझाव व्यक्त गर्नु भएको थियो । सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरज्यूले प्रशिक्षण अवधिमा अवलम्बन गरिदै आएको व्यवहारिक पक्ष र मनोवृत्तिलाई सुधार गरी प्रशिक्षणको पद्धति र महत्वलाई गहनरूपमा बुझ्न सकियो भने मात्र प्रशिक्षण रचनात्मक र उपलब्धीमूलक हुन सक्ने कुरालाई मनन गर्न र एक अर्काको असल अभ्यासहरूलाई निरन्तरता दिनु पर्ने कुरा समेत निर्देशन दिनु भयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम ढकालले प्रशिक्षणमा एकरूपता कायम गर्न नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ को अध्ययन गरी कार्यान्वयन गर्न र प्रशिक्षणलाई प्रभावकारी ढंगबाट संचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा धन्यबाद सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो ।    

आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रमको समुद्‌घाटन कार्यक्रम सम्पन्न
२०८१-०३-२६

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०८१ असार २६ गतेदेखि मिति २०८१ असार २८ गतेसम्म कुटी रिसोर्ट एण्ड स्पा (Kuti Resort and Spa) पोखरा, कास्कीमा सञ्चालन हुने आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रम यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१ असार २६ गते पानसमा दीप प्रज्वलन गरी समुद्‌घाटन भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूले आन्तरिक तथा बाह्य प्रशिक्षण नै समय सापेक्ष प्रहरी जनशक्ति उत्पादनको आधार भएको कुरा व्यक्त गर्दै प्रशिक्षणको महत्वलाई मनन गर्न सम्पूर्ण प्रशिक्षकहरुलाई निर्देशन दिनु भयो । त्यसैगरी नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९ लगायत विभिन्न प्रशिक्षण मापदण्डहरुलाई पालना गर्नु, व्यावसायिक र उद्देश्यमूलक तवरबाट तालिम सञ्चालन गर्नु नेपाल प्रहरीका सबै प्रशिक्षण प्रदायक संस्थाहरुको मुख्य प्राथमिकता हुनुपर्ने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा रा.प्र.प्र.प्र. तालिम शाखाका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले स्वागत मन्तव्य तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक, नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख, प्रतिष्ठानका उप-निर्देशक, जिल्ला प्रहरी कार्यालय प्रमुख, गण्डकी प्रदेश प्रहरी गणका गणपति, र नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखा, नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, ७ (सात) वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जका सम्पूर्ण प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसैगरी आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रममा नेपाल प्रहरीको विभिन्न प्रशिक्षण प्रदायक कार्यालयहरुबाट आन्तरिक र बाह्य प्रशिक्षकहरु गरी जम्मा ७७ जनाको सहभागिता रहेको थियो ।

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्‍न
२०८१-०३-२४

आज ‍मिति २०८१/०३/२४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूसँग नेपाल प्रहरीका बक्सिङ र उसु खेलाडीहरूसंग बधाई तथा शुभकामना कार्यक्रम सम्पन्‍न ।नेपाल बक्सिङ महासंघको आयोजनामा मिति २०८१/०३/१७ गतेदेखि मिति २०८१/०३/२१ गते सम्म त्रिपुरेश्‍वर स्थित राष्ट्रिय खेलकुद कभर्ड हलमा सञ्चालन भएको “चौथो प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगिता-२०८१” मा २ स्वर्ण, २ रजक र १ कास्य गरी कुल ५ पदक प्राप्‍त गरी समग्रमा टिम तृतीय हुन सफल तथा उक्त प्रतियोगितामा प्र.स.ह. भुपेन्द्र थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल भएको र नेपाल उसु महासंघको आयोजनामा मिति २०८१/०३/१९ गतेदेखि मिति २०८१/०३/२१ गते सम्म त्रिपुरेश्‍वर स्थित नेपाल उसु महासंघको केन्द्रीय प्रशिक्षण केन्द्रमा सञ्चालन भएको “१६ औं राष्ट्रिय उसु प्रतियोगिता-२०८१” मा ६ स्वर्ण, ५ रजक र ७ कास्य गरी कुल १८ पदक हासिल गरी नेपाल प्रहरी उसु टिम द्वितीय स्थान हुन सफल भएको ।

The Art of Living- Nepal को संयोजकतामा संचालन The Happiness Program-2081 यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतमा समापन कार्यक्रम सम्पन्न
२०८१-०३-२२

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाण्डौमा मिति २०८१/०३/१६ गते देखी मिति २०८१/०३/२१ गते सम्म The Art of Living- Nepal को संयोजकतामा संचालन The Happiness Program-2081 यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतमा आज मिति २०८१/०३/२१ गते समापन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, The Art Of Living- Nepal का General Secretary प्रभु राम बैध, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, सह-निर्देशक लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत एवम् प्र.व.ह देखि प्र.जहरु समेतको सहभागितामा रहेको थियो ।

आर्थिक प्रशासन ग्रेड-१ (प्र.ह./प्र.ज.) तालिम नवौं समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०३-१७

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित आर्थिक प्रशासन ग्रेड-१ (प्र.ज. देखि प्र.व.ह.) तालिम नवौं समूहको आज मिति २०८१ असार १७ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम तथा  प्रतिष्‍ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक नान्तिराज गुरूङ्को प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सुरेश सिंहले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी तालिम पाठ्यक्रममा मानवअधिकारको विषय समावेश गर्ने सम्वन्धमा कार्यशाला गोष्ठी सम्पन्न
२०८१-०३-१४

आज मिति २०८८१/०३/१४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारजगंजमा राष्ट्रिय मानव अधिकार आयोगका माननिय सदस्य लिलि थापाज्यूको प्रमूख आतिथ्यतामा “प्रहरी तालिम पाठ्यक्रममा मानव अधिकारको” विषय समावेश गर्ने सम्बन्धमा कार्यशाला गोष्ठी सम्पन्न भयो ।साथै कार्यक्रममा कार्यक्रम संयोजक तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्ष गणेश रेग्मीबाट प्रस्तुतिकरण गरिनुका साथै राष्ट्रिय मानव अधिकार आयोकका माननिय सदस्य लिलि थापाज्यूबाट उठान भएका विषयवस्तुहरूको वारेमा प्रष्‍ट पार्नु भएको थियो, भने प्रतिष्ठानका कार्यकारी निर्देशकज्यू तथा राष्ट्रिय मानव अधिकार आयोगका सह-सचिव नवराज सापकोटाज्यूबाट मानव अधिकारका वारेमा राय सुझाव सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमूख प्र.ना.म.नि.पोषराज पोखरेल, प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. राजन अधिकारी, ने.प्र.अ.अ.वि. प्रधानाचार्य, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरू लगायत ने.प्र.प्र.का. का विभिन्न शाखामा कार्यरत प्रहरी अधिकृतहरू तथा उपत्यका स्थित प्रहरी कार्यालयहरूबाट समेतको सहभागिता रहेको थियो ।

यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा विपश्यना ध्यान सम्वन्धी संक्षिप्त जानकारी एवम् ध्यान अध्यान कार्यक्रम सम्पन्न
२०८१-०३-१४

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगंजमा सञ्चालित “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” ३२ औँ समूहलाई आज मिति २०८१/०३/१४ गते प्रतिष्ठानका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा विपश्‍यना ध्यान सम्बन्धी संक्षिप्‍त जानकारी एवम् ध्यान अध्यान कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा नेपाल विपश्‍यना केन्द्रबाट सहायक आचार्य पवन मिताल, सादक डा. मुक्ति प्रसाद पाण्डे, ट्रस्टी सुशिल शाह र दिपक प्रसाद आचार्यको उपस्थिति रहेको थियो ।

Master In Police Science (MPS) संचालन कार्यायोना २०८१ को समुद्‌घाटन कार्यक्रम सम्पन्न
२०८१-०३-१२

तालुक नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको च.नं. २२६८ मिति २०८१/०३/०९ गतेको पत्रादेशानुसार नेपाल प्रहरी कार्ययोजना-२०८० को कार्यगत उदेश्य ११.१. नेपाल प्रहरीको प्रशिक्षण प्रणालीलाई समयानुकुल विकाश गर्ने कार्ययोजना क्रियाकलाप ११.१.२. बमोजिम Master In Police Sciences (MPS) संचालन कार्ययोजना, २०८१ अनुसार यस प्रतिष्ठानमा बि.सं. २०८१ बाट MPS कार्यक्रम लाई व्यबस्थित रुपमा संचालन गर्न  प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीजयू लाई कार्यक्रम निर्देशकको रुपमा जिम्मेवारी तोकी यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूद्वारा आज मिति २०८१/०३/१२ गते समुद्‍घाटन सम्पन्न । 

“साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूह” तालिमको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-०३-०४

मिति २०८१।०२।१६ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालित “साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूह” तालिमको आज मिति २०८१/०३/०४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो । प्रमूख आतिथिज्यूले उक्त कार्यक्रममा दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरक्ष पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखिरहनुपर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक नवराज मल्लज्यूद्वारा तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०३-०४

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ७९४३ नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१/०२/२९ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा वढुवा भई यस प्रतिष्‍ठानबाट कोशी प्रदेश प्रहरी गण, बिराटनगर मोरङमा सरूवा हुनु भएका प्रहरी उपरीक्षक प्रदिप कुमार क्षेत्रीलाई विदाईको अवसरमा आज मिति २०८१/०३/०४ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख अतिथियतामा फेरी भेटौला कार्यक्रम सम्पन्न ।  प्रतिष्‍ठानका निर्देशकज्यू लगायत अन्य सि.प्र.अ./जु.प्र.अ. तथा अन्य दर्जाका प्र.क.हरू समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा विदाई भई जानुभएका प्रहरी उपरीक्षकलाई प्रमुख अतिथिज्यूले कृतज्ञताको चिनो प्रदान गर्नुका साथै कार्यक्षेत्रमा अब्बल रूपमा प्रस्तुत भई उत्कृष्ट कार्य सम्पादन तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।  

निरीक्षण कार्यक्रम सम्पन्न भएको
२०८१-०३-०२

आज मिति २०८१/०३/०२ गते यस राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट साप्‍ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत यस प्रतिष्ठानको क्वार्टर गार्ड, कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थी, होजियारी, मोची, शैलुन, मोटर ग्यारेज, फोहोर संकलन स्थल, पानी वितरण प्रणाली, लौण्ड्री, ब्यारेक भवन, मेस भवन, खुद्रा क्यान्टिन, चमेना क्यान्टिन लगायत यस प्रतिष्ठान परिसरभित्र रहेका अन्य सम्पूर्ण भौतिक संरचनाहरूको निरीक्ष ण कार्यक्रम सम्पन्न । 

“प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” ३२ औं समूहको समुद्‍घाटन कार्यक्रम सम्पन्न
२०८१-०२-३१

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालि “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” ३२ औं समूहको तालिम आज मिति २०८१/०२/३२ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा पानसमा दीप प्रज्वलन गरी तालिमको समुद्‌घाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूले तालिमको समुद्‍घाटन सँगै निर्देशन सम्बोधन गर्ने क्रममा प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको पूरा अबधिभर उच्च अनुशासन, मिहेनत र लगनशिलताका साथ प्रशिक्षण कार्यमा सहभागी हुन निर्देशन दिनु भयो । प्रशिक्षणले प्रहरी सेवाको बारेमा जानकारी दिने र प्रहरीलाई जीवन शैलीको रूपमा बुझ्ने, अवस्था सृजना गर्ने भएकोले सकारात्मक सोचका साथ अनुशासित भई उच्च क्षमता प्रदर्शन गर्दै आफुलाई अब्बल स्थापित गर्न तालिम संवेदनशिल भई सक्रिय रूपमा सहभागी भई तालिम गर्न समेत निर्देशन दिनु भयो । त्यसैगरी प्रमुख अतिथिज्यूले नेपाल प्रहरीको सवैभन्दा ठूलो संख्यामा रहेको जनपद समूह सँग उचित समन्वय गरी सहकार्य गर्दै कार्यसम्पदन गर्न साथै आकस्मिक एवं संकटकालीन अवस्थामा र UN सेवामा विदेश गएको बखत आवश्यकता अनुसार नियमित प्रहरी कार्य गर्न सक्ने गरी प्रशिक्षण प्रदान गर्ने कुरा व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइज्यूले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो । प्रशिक्षणमा प्राविधिक प्रहरी निरीक्षक ३० जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ४२ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको छ ।

“सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण प्रथम समूह” को दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-०२-३१

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा मिति २०८१।०२।२८ गते देखि सञ्चालित “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण प्रथम समूह” तालिमको आज मिति २०८१/०२/३१ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो । प्रमूख आतिथिज्यूले उक्त कार्यक्रममा दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरक्ष पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखिरहनु पर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्यूद्वारा तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत भएको थियो ।

“विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३३ औं समूहको दीक्षान्त समारोह सम्पन्न
२०८१-०२-२८

मिति २०८१/०१/२३ गतेदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “विशिष्ट व्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” ३३ औं समूहको दीक्षान्त समारोह आज मिति २०८१/०२/२८ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा दीक्षित भई जाने जुनियर प्रहरी अधिकृतहरुलाई प्रशिक्षणको क्रममा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस पालना गरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिंनु पर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नु भएको थियो । साथै उक्त तालिमका तालिम संयोजक प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन  प्रस्तुत गर्नु भएको थियो ।  

अवकास प्राप्‍त प्रहरी कार्यालय सहयोगी हर्क बहादुर राना मगरज्यूको बिदाई कार्यक्रम सम्पन्न
२०८१-०२-२८

नेपाल प्रहरीमा ३० बर्षको गौरवशाली एवम् चुनौतीपुर्ण सेवा अबधि  देश र जनताको सेवा र सुरक्षामा समर्पित भई अनिवार्य अवकास हुनु भएका यस प्रतिष्‍ठानमा कार्यरत प्रहरी कार्यालय सहयोगी हर्क बहादुर राना मगरज्यूलाई आज मिति २०८१ जेष्‍ठ २८ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ  ।  प्रमुख अतिथिज्यूले अनिवार्य अवकास भई जान लाग्नु भएका प्रहरी कार्यलय सहयोगी हर्क बहादुर राना मगरज्यूलाई मायाको चिनो प्रदान गर्नुका साथै यस संगठनमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवन सुखमय रहोस् भनि शुभकामना व्यक्त गर्नु भएको छ । 

हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
२०८१-०२-२७

मिति २०८१।०२।१९ गतेदेखि मिति २०८१।०२।२६  गतेसम्म NSC Covered Hal, त्रिपुरेश्‍वर, काठमाण्डौंमा आयोजना भएको “PM Cup- NVA Women/Men Volleyball League-2081” को प्रतियोगितामा महिला भलिबल तर्फ एभरेष्ट भलिबल क्लबलाई ३-२ सेटले पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भएको  ।पुरस्कारहरू१.    उत्कृष्ट प्रशिक्षक प्र.स.नि. रूपेश कुमार विष्ट,२.    सर्वोत्कृष्ट खेलाडी करार उषा भण्डारी, ३.    उत्कृष्ट सेटर प्र.स.ह. कमला पुन,४.    उत्कृष्ट लिब्रो प्र.ज. शान्तिकला तामाङ पुरूष भलिबल तर्फका खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटले पराजित गरी तृतीय स्थान हासिल गर्न सफल भएको ।पुरस्कार१.    उत्कृष्ट ब्लकर प्र.का.स. सफल वि.क. साथै प्रतियोगितामा सफल हुनु भएका नेपाल प्रहरीका भलिबल खेलाडी तथा प्रशिक्षकहरुलाई आज मिति २०८१।०२।२७ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूद्वारा बधाई तथा शुभकामना प्रदान गरिएको ।

“सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान तालिम” (सि.प्र.अ.) चौथो समूहको दीक्षान्त समारोह सम्पन्न
२०८१-०२-२५

मिति २०८१/०२/०६ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालित “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान तालिम” (सि.प्र.अ.) चौथो समूहको दीक्षान्त समारोह आज मिति २०८१/०२/२५ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस् पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखिरहनुपर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो साथै उल्लेखित तालिमका तालिम संयोजक प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।  

नेपाली सेनाका सैनिक प्रहरी प्रशिक्षार्थीहरुबाट अवलोकन भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०२-१५

मिति २०८१ जेष्ठ १४ गते श्री सैनिक प्रहरी गण जंगी अड्डामा सञ्चा‍लन भइरहेको  सि.सं. ७६ का सैनिक प्रहरी अधिकृत शिक्षार्थीहरु संख्या १२ र अन्यदर्जा शिक्षार्थी संख्या ५८ गरी जम्मा संख्या ७० जाना प्रशिक्षार्थीहरूलाई नेपाली सेनाका सह सेनानी निर्मला थापाज्यूको कमाण्डमा स्थलगत अवलोकन भ्रमणका लागि यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तर्फबाट प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीज्यूले स्वागत गर्नु भएको थियो ।उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक दिपेन्द्र जि.सी.ज्यूले सम्पूर्ण प्रशिक्षार्थीहरुलाई अपराध अनुसन्धान सम्बन्धी संक्षिप्त परिचय दिदै अन्तरक्रिया गर्नुभएको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको हाताभित्र रहेको नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयले  Fingerprint, Footprint र polygraph सम्बन्धि अभ्यास सहित अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको थियो । 

सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ज्यू, को प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको दीक्षान्त कार्यक्रम सम्पन्‍न
२०८१-०२-११

२०८१ जेष्‍ठ ११,सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ज्यू, को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्‍न भएको छ । समारोहमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको कुरा उल्लेख गर्दै यस्तो गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरू प्रत्येक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुनेगरी सेवा प्रदान गर्न सफलता हासिल गर्नेमा विश्‍वास समेत व्यक्त गर्नुभयो । नेपाल प्रहरी जस्तो गतिशील संगठनमा तालिमको महत्वबारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जानकार रहेको उल्लेख गर्दै प्रमुख अतिथिज्यूले बढ्डो चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महशुस गरेमा त्यसमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहने कुरा उल्लेख गर्नुभयो । पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम र कवाज प्रथम हुने पवन कुमार परियार, सर्वद्वितीय र प्रहरी युक्ति तथा कारवाही प्रथम हुने सगुन खड्का, सर्वतृतीय र अध्ययन प्रथम हुने आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम र शारीरिक व्यायाम प्रथम हुने गोकुल कुमार धानुक रहेका छन् । समारोहमा धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूले आज दीक्षित हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधनको क्रममा अब उनीहरुले टेक्ने कार्यक्षेत्र चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको विश्वास व्यक्त गर्नुभयो । चुनौतीको सामना गर्नका लागि १७ महिना लामो तालिमले सक्षमता प्रदान गरकोले उच्च मनोबल सँगै कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो । मन्तव्यको क्रममा उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो । समारोहमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै गत २०७९ मंसिर २५ गतेबाट प्रारम्भ भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहमा १३१ जना पुरूष र १८ जना महिला गरी जम्मा १४९ जना प्रहरी निरीक्षकहरू आधारभूत तालिममा सफल भई दीक्षित भएको जानकारी समेत गराउनु भएको थियो । प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिावकहरुद्वारा दर्ज्यानी चिन्ह सुशोभन गरिएको थियो । उक्त दीक्षान्त समारोहमा माननीय उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेज्यू, पूर्व कानून मन्त्री पूर्व प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधानज्यू, महारथी प्रधान सेनापति प्रभु राम शर्माज्यू, गृह सचिव एक नारायण अर्यालज्यू, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका श्रीमान् मुख्य अनुसन्धान निर्देशक हुत राज थापाज्यू, केन्द्रिय प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती लक्ष्मी  कुँवरज्यू, स्वार्गिय कुलानन्द स्मृती अक्षय कोषका अध्यक्ष तथा राष्ट्र बैकका पूर्व गभर्नर डा. श्री चिरन्जीवी नेपालज्यू, सेवा निवृत्त प्रहरी महानिरीक्षकज्यूहरू, सहकर्मी प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकज्यूहरु, PGDPS कार्यक्रमका सल्लाहकार श्री राजीव बिक्रम राणाज्यू, प्रतिष्ठान नारी विकास समितिका अध्यक्ष श्रीमती कल्पना गिरीज्यू, निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका वरिष्ठ अधिकृतज्यूहरु, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदान दिनुहुने आमन्त्रित विशिष्ट महानुभावहरु, आज दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूका आदरणीय अभिभावकज्यूहरू, संचारकर्मी महानुभावहरू, प्रशिक्षक वर्ग तथा सकल दर्जाका प्रहरी कर्मचारीहरू एवं अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

यस प्रतिष्ठानमा नेपाल प्रशासनिक प्रतिष्ठानमा प्रशिक्षणरत आधारभूत प्रशासन प्रशिक्षण Basic Administration Training (BAT) ३८ औं समूहका अधिकृतहरूको स्थलगत अध्ययन भ्रमण
२०८१-०२-०७

आज मिति २०८०/०२/०७ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत “आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training-BAT)” ३८ औं समूहका २५ जना नवनियुक्त राजपत्राङ्‌कित तृतीय श्रेणीका प्रशिक्षार्थी अधिकृतहरु नेपाल प्रशासनिक प्रतिष्ठानका अधिकृत एन्तोभ्ना ज्ञवलीज्यूको नेतृत्वमा बिहान १०:०० बजे स्थलगत अध्ययन भ्रमणका निम्ति आएकोमा यस प्रतिष्ठानका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीज्यूले स्वागत गर्नु भई प्रतिष्ठानको अर्पणसभा हलमा प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक दीप सम्शेर राणाज्यूले “राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया गर्नु भई प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानमा रहेको Crime Scene Laboratory मा Finger Print Lifting सम्बन्धि Demonstration का साथै घटनास्थल सुरक्षा सम्बन्धि Demonstration र Court Simulation समेत गराई चियापान कार्यक्रम पश्चात दिनको १३:०० बजे स्थलगत अध्ययन भ्रमण कार्यक्रम सम्पन्न भएको थियो ।