प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
२. अन्तरक्रिया एवं तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-०७-१३

मिति २०८१/०७/०७ गते देखि संचालित ६ कार्य दिनको “Virtual TOT on Protection and Promotion of Human Rights (S.O.)” चौथो समूहको अनलाईन तालिम यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यमा मिति २०८१/०७/१३ गते समापन भयो । कार्यक्रममा प्रतिष्ठानका निर्देशकज्यू र प्रशिक्षार्थीहरू बीच Virtual माध्यमबाट अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा निर्देशकज्यूबाट दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई Virtual माध्यमबाट प्रमाणपत्र- वितरण र अन्तरक्रियाको क्रममा उठेका विषयहरूलाई सम्बोधन गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सान्दर्भिक एवं सारगर्भित निर्देशन समेत दिनु भएको थियो । 

तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-०७-१३

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा मिति २०८१/०७/०७ गते देखि सञ्चालित पोलिग्राफ परीक्षक उन्नत (प्र.स.नि. देखि प्र.ना.उ.) तालिम प्रथम समूहको आज मिति २०८१ कार्तिक १३ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा  समापन कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रमा प्रमुख अतिथिज्यूले आज समापन भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण प्रत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

१. “पाठ्यक्रम विकास तालिम” चौथो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०७-१३

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगञ्जमा सञ्चालन भएको “पाठ्यक्रम विकास तालिम ” चौथो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम आज मिति २०८१।०७।१३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण एवं निर्देशन सम्बोधनको क्रममा पाठ्यक्रम निर्माण एवम् वौद्धिक कार्य भएकोले यस तालिमको दौरानमा सिकेका ज्ञान, सिप र कौशललाई पाठ्यक्रम निर्माण गर्दा अनिवार्य अङ्गिकार गर्नु पर्ने कुरा समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकिले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

“आई.जि.पि. रनिङ कप पुरूष भलिबल प्रतियोगिता-२०८१” सम्पन्न
२०८१-०७-१२

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा मिति २०८१।०७।०७ गतेदेखि ऐ.१२ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जमा सञ्चालन भएको "आई.जि.पि. रनिङ कप पुरुष भलिबल प्रतियोगिता-२०८१" को समापन कार्यक्रम आज मिति २०८१।०७।१२ गते दिउसो १३:०० बजे नेपाल प्रहरी  संगठन प्रमुख एवम् नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न । प्रतियोगितामा सहभागी टिम, प्रायोजक एवं निर्णायकज्यूहरुलाई मायाको चिनो तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलका विजेता टिमलाई मेडल, प्रमाण पत्र, चेक तथा रनिङ्ग कप प्रदानको कार्यक्रम पश्चात निर्देशन सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूले सुरक्षा निकाय जस्तो शारीरिक तथा मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको ठूलो महत्व हुने चर्चा गर्दै विगत देखि नै निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढ तुल्याउनुको साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।  केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यूले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार, नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले विधागत पुरस्कारहरू वितरण गर्नुका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले फाईनल खेलको प्रतियोगितामा द्वितीय हुन सफल टिमलाई मेडल, प्रमाण पत्र, चेक तथा कप प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूले प्रमुख अतिथिज्यू लगायत आमन्त्रित सम्पूर्ण अतिथिज्यूहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने खेलकुद कार्यक्रम व्यववस्थापन उप-समितिका समयोजक एवम् नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीले प्रतियोगिता सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथिज्यूद्वारा AVC International Volleyball Referee सशस्त्र प्रहरी निरीक्षक विजय के.सी.ज्यूलाई बल हस्तान्तरण गरी सञ्चालन गरिएको थियो । फाईनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको टिमले लुम्बिनि प्रदेश प्रहरी कार्यालय, दाङको टिमलाई ३-२ को सेटले पराजित गरी प्रतियोगिताको विजेता बन्न सफल भई रु.१,०१,०००/- नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो भने द्वितीय हुने टिम लुम्बिनि प्रदेश प्रहरी कार्यालय, दाङको टिमले रु.५१,०००/- नगद पुरस्कार प्राप्त गरेको थियो ।विधागत पुरस्कारहरू१.     सर्वोत्कृष्ट खेलाडी - प्र.ज. जनकलाल महत्तो (गण्डकी प्र.प्र.का.)२.     म्यान अफ दि म्याच - प्र.ज. विष्णु चितौरे (गण्डकी प्र.प्र.का.)३.     उत्कृष्ट स्पाईकर – प्र.ज. गोपाल थारु (लु.प्र.प्र.का.)४.     उत्कृष्ट ब्लकर - प्र.ज. जनक धामी (गण्डकी प्र.प्र.का.)५.     उत्कृष्ट डिफेन्डर – प्र.ज. जगत प्रसाद जैशी (लु.प्र.प्र.का.)६.     उत्कृष्ट सर्भर – प्र.ज. दिपक गहार (लु.प्र.प्र.का.)७.     उत्कृष्ट सेटर – प्र.ज. विष्णु चितौरे (गण्डकी प्र.प्र.का.)८.     उत्कृष्ट प्रशिक्षक – प्र.ना.नि. सन्तोष सुवेदी (गण्डकी प्र.प्र.का.) ने.प्र.प्र.का. र उपत्यका स्थित प्रहरी कार्यालयहरुका प्र.अ.म.नि.ज्यूहरु, प्र.ना.म.नि. ज्यूहरु, सैनिक शरीरिक तालिम तथा खेलकुद केन्द्र, जंगी अड्डाक प्रमुख महा सेनानी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक, विभिन्न निकायका अतिथिज्यूहरू, प्रहरी उपरीक्षकज्यूहरू, सशस्त्र प्रहरी बल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षकज्यू, संगित विद्यालयका व्याण्ड टोली, सिनियर प्रहरी अधिकृतज्यू, जुनियर प्रहरी अधिकृत, खेलाडी तथा अन्य प्रहरी कर्मचारीहरु साथै प्रतियोगितामा सहभागी १० टिमको समेत उपस्थिति रहेको थियो ।  

“आई.जि.पी. रनीङ कप पुरुष भलिबल प्रतियोगिता-२०८१” को समुद्‍घाटन
२०८१-०७-०७

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट नेपाल प्रहरी खेलकुद समितिले आयोजना गरेको “आई.जि.पी. रनीङ कप पुरुष भलिबल प्रतियोगिता २०८१” को समुद्‍घाटन गरी प्रतियोगितामा उपस्थीत सम्पूर्ण खेलाडीहरुमा शुभकामना समेत व्यक्त गर्नुभयो । सोही अवसरमा नेपाल प्रहरी खेलकुद शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्‍वर पौडेलज्यूले प्रतियोगिता सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र नेपाल प्रहरीका ७ (सात) वटै प्रदेशहरू गरी जम्मा १० टिमहरुको सहभागिता रहेको छ । यस प्रतियोगिताको उद्‍घाटन खेलमा मधेश प्रदेश प्रहरी कार्यालयले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई ३-१ को सेटले जीत हासिल गरेको र दोस्रो खेलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले बागमती प्रदेश प्रहरी कार्यालयलाई ३-० को सोझो सेटले जीत हासिल गरेको । यस प्रतियोगिता मिति २०८१ कार्तिक ०७ गते देखि ऐ. १२ गतेसम्म सञ्‍चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १,०१,०००/- (एक लाख एक हजार मात्र) र द्वितीय हुने टिमले ५१,०००/- (एकाउन्न हजार मात्र) प्राप्त गर्नेछन् ।

Post Graduate Diploma In Police Sciences (PGDPS) 14th Batch को समुद्‍घाटन कार्यक्रम सम्पन्न
२०८१-०७-०५

मितिः- २०८१/०७/०५ गते ।नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१/०७/०५ गते एक समारोहका बीच “प्रहरी निरीक्षक आधारभूत तालिम” १-१८३ औं समूह अन्तर्गत “त्रिभुवन विश्‍वविद्यालयको सम्बन्धनमा संचालित Post Graduate Diploma in Police Sciences (PGDPS) 14th Batch को समुद्‍घाटन कार्यक्रम सम्पन्‍प भयो । समुद्‍घाटन समारोहमा प्रमुख अतिथिज्यूले मन्तव्य व्यक्त गर्ने क्रममा नव प्रवेशी प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई यस प्रशिक्षणको दौरानमा आफूलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाई जस्तोसुकै कठिन परिस्थिको सामना गर्न सक्ने सामर्थ्य भएको प्रहरी अधिकृत बन्‍नुपर्ने तथा प्रहरी राष्ट्र सेवक भएकोले कार्य सम्पादन गर्ने क्रममा विशेष गरी समाज तथा जनताको हित हुने कार्य गर्न निर्देशन दिनुभयो । साथै प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले यसलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानले विशेष अभिरुचि र प्राथमिकताका साथ हेर्ने गरेको कुरा व्यक्त गर्नुभयो । आधारभुत तालिममा समावेश Post Graduate Diploma in Police Sciences (PGDPS) कार्यक्रम प्रहरी सेवा अवधिभर महत्वपूर्ण रहने कुरा व्यक्त गर्दै प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई तालिम अवधिभर मेहनत र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्‍न निर्देशित गर्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. श्री डिल्लीराज शर्माज्यूले समेत छोटो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्‍वर पौडेलज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा फ्रेस तर्फका ३० जना र विभागीय तर्फका ६५ जना गरी कुल ९५ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेका थिए । समुद्‍घाटन समारोहमा त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माज्यू, सहायक डीन डा. हरी प्रसाद अधिकारीज्यू, ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीम प्रसाद ढकालज्यू, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव विक्रम राणाज्यू, यस प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षकज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षकज्यूहरु, अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको दीक्षान्त समारोह सम्पन्‍न
२०८१-०६-२२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान, महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको आज मिति २०८१ असोज २२ गते नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रमुख अतिथिज्यूले विभिन्न विधाहरुमा उत्कृष्ट तालिम हासिल गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै निर्देशन सम्बोधनको क्रममा अबका कार्यक्षेत्रहरू चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको कुरा विश्वास व्यक्त गर्नुभयो । उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो । प्रमुख अतिथिज्यूले प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको प्रशिक्षण गतिविधिहरू समेटी प्रकाशन गरिएको “संकल्प” विमोचन समेत गर्नु भएको थियो । यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूद्वारा प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरी आज दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईज्यूले स्वागत मन्तव्य गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  उक्त कार्यक्रममा ने.प्र.प्र.का.मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीम प्रसाद ढकालज्यू, विभिन्न कार्यालयहरुमा कार्यरत प्रहरी नायब महानिरीक्षकज्यूहरु, प्रहरी बरिष्ठ उपरीक्षकज्यूहरु, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, अन्य प्रहरी कर्मचारीहरू र आज दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी अधिकृतका (प्राविधिक) आदरणीय अभिभावकज्यूहरूको समेत उपस्थिति रहेको थियो ।

तेक्‍वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्‍न
२०८१-०६-२०

आज मिति २०८१/०६/२० गते महामहिम कोरियन राजदुत (Mr. Taeyoung Park) थेयङ् पार्कज्यूको प्रमूख आतिथ्यतामा तेक्‍वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्‍न भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई Black Belt बितरण गर्नुका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई तेक्वान्दो सामाग्रीहरू हस्तान्तरण गर्नु भएको थियो भने यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट प्रमाण पत्र बितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो । तालिम संयोजक प्रहरी निरीक्षक कैलाश लिम्बुले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रशिक्षार्थीहरूबाट तेक्‍वान्दो सम्बन्धि बेसिक किक प्रदर्शन, निहता लडाइ तथा रियल टाईम फाईटिङ् सेल्फ डिफेन्स प्रदर्शन, हमन गेरुगी प्रदर्शन, पुम्से प्रदर्शन र आत्मरक्षा कलाहरु समेत प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्ष डा. मनोज कुमार के.सी.ज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रकास अधिकारी, प्रतिष्ठानका सह- निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक नान्ती राज गुरुङ, साउथ कोरियन राजदुतका Second Secretary and counsellor Ms. Kim Yumi, प्रहरी नयाब उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक बर्ग तथा प्रशिक्षार्थीहरुको समेत उपस्थिति रहेको थियो ।