प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्‍न

२०८१-०३-२४

  • A
  • A-
  • A+
Share

आज ‍मिति २०८१/०३/२४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूसँग नेपाल प्रहरीका बक्सिङ र उसु खेलाडीहरूसंग बधाई तथा शुभकामना कार्यक्रम सम्पन्‍न ।

नेपाल बक्सिङ महासंघको आयोजनामा मिति २०८१/०३/१७ गतेदेखि मिति २०८१/०३/२१ गते सम्म त्रिपुरेश्‍वर स्थित राष्ट्रिय खेलकुद कभर्ड हलमा सञ्चालन भएको “चौथो प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगिता-२०८१” मा २ स्वर्ण, २ रजक र १ कास्य गरी कुल ५ पदक प्राप्‍त गरी समग्रमा टिम तृतीय हुन सफल तथा उक्त प्रतियोगितामा प्र.स.ह. भुपेन्द्र थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल भएको र नेपाल उसु महासंघको आयोजनामा मिति २०८१/०३/१९ गतेदेखि मिति २०८१/०३/२१ गते सम्म त्रिपुरेश्‍वर स्थित नेपाल उसु महासंघको केन्द्रीय प्रशिक्षण केन्द्रमा सञ्चालन भएको “१६ औं राष्ट्रिय उसु प्रतियोगिता-२०८१” मा ६ स्वर्ण, ५ रजक र ७ कास्य गरी कुल १८ पदक हासिल गरी नेपाल प्रहरी उसु टिम द्वितीय स्थान हुन सफल भएको ।

सम्बन्धित समाचार
स्थलगत भ्रमण तथा छलफल कार्यक्रम सम्पन्न
२०८२-०१-२५

मिति २०८२।०१।२५ गते भारत सरकारको अनुदान सहयोगमा काभ्रे जिल्लाको पनौती न.पा. - ६, दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवन तथा संरचनाहरुको यस आयोजनाका संयोजक तथा रा.प्र.प्र.प्र.महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सह सचिव आनन्द काफ्लेज्यू , ने.प्र.प्र.का. भौतिक पूर्वाधार निर्देशनालयका प्र.ना.म.नि. ई. फणिन्द्र बरालज्यू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका उप-सचिव राजेश पन्थीज्यू,भारतीय दुतावास काठमाडौंका Second Secretary कुमार गौरवज्यू, यस आयोजनाका परामर्शदाता, CPWD (Central Public Works Department) र निर्माण व्यवसायी ACIL-RCPL JV (Contractor) लगायतको उपस्थितिमा स्थलगत भ्रमण गरी आयोजना सम्बन्धी बैठक बसी निर्धारित समय अवधी भित्र सम्पन्न गर्ने विषयमा छलफल गरिएको ।

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०१-२३

प्रहरी महानिरीक्षकको मिति २०८२/०१/१५ गतेको निर्णयअनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६५९६, मिति २०८२/०१/१५ गतेको पत्रले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट जिल्ला प्रहरी कार्यालय, स्याङजामा सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक दधिराम न्यौपानेज्यूलाई आज मिति २०८२/०१/२३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षकज्यूको आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।   

माननीय गृहमन्त्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यतामा Police Leadership and Staff Course समुद्‍घाटन सम्पन्न
२०८२-०१-२१

माननीय गृहमन्त्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब “The Blue Pavilion” भृकुटीमण्डपमा आज मिति २०८२/०१/२१ गते आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 01) को समुद्‍घाटन कार्यक्रममा गृहमन्त्रीज्यूले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्‍घाटन गर्नुभएको हो ।उक्त कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीज्यू, प्रहरी महानिरीक्षक दिपक थापाज्यू, प्रतिनिधि सभासदस्य एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानज्यू, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरू, नेपाली सेनाका उपरथीज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, MPS का सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा, सहसचिवहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू तथा संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०१-१९

प्रहरी महानिरीक्षकको मिति २०८२/०१/१५ गतेको निर्णय अनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६५९६, मिति २०८२/०१/१५ गतेको पत्रले यस प्रतिष्ठानबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देहीमा प्रमुखको रुपमा सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माज्यूलाई आज मिति २०८२/०१/१९ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।