प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

प्रवक्ता

सम्पर्क नं. : -  ०१-४५२३४८९

गुनासो सुन्‍ने अधिकारी

प्र.उ. अनुपम श्रेष्ठ

सम्पर्क नं. ः- ९८५१२८१८०७

 

“तालिम समापन कार्यक्रम सम्पन्न”
“तालिम समापन कार्यक्रम सम्पन्न”
२०८३-०६-२७

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित १६ कार्यदिन अवधिको “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम” आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक  श्री कोमल शाहले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

  • "विशिष्‍ट व्यक्तिको सुरक्षा (सि.प्र.अ.) तालिम " ६७ औँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न
    २०८३-०६-२७

    यस प्रतिष्ठानमा संञ्चालित "विशिष्‍ट व्यक्तिको सुरक्षा (सि.प्र.अ.) तालिम " ६७ औँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक  श्री चेतना पोख्रेलले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

    [ विस्तृतमा ]
  • "प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न"
    २०८३-०६-२६

    सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा १६ महिने तालिम सफलतापूर्वक पूरा गरेका ७९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू दीक्षित हुनुभएको छ।समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले नव-दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै कानुनको पालना, निष्पक्षता र नागरिकको विश्वासलाई केन्द्रमा राखी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।कार्यक्रममा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीज्यूले प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू लगायत पूर्वमन्त्रीज्यूहरू, नेपाल सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, नेपाली सेनाका रथी, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, अन्य विशिष्ट अतिथिहरू तथा नव-दीक्षित प्रहरी निरीक्षकहरूका परिवारजनलाई स्वागत गर्नुभएको थियो।

    [ विस्तृतमा ]
  • "Executive Director Running Cup को समापन कार्यक्रम सम्पन्न"
    २०८३-०६-१६

    यस प्रतिष्ठानमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औँ समूह" को Executive Director Running Cup को समापन भएको छ । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीज्यूले उत्कृष्ट खेलाडीहरूलाई प्रमाणपत्र, पुरस्कार,मेडल तथा ट्रफी वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो । 

    [ विस्तृतमा ]
कुनै परिणाम भेटिएन...
कुनै परिणाम भेटिएन...
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, चिनारी भिडियो

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview