प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"अवलोकन भ्रमण सम्पन्न"

२०८३-०४-१४

  • A
  • A-
  • A+
Share

यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।

यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।

यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।


सम्बन्धित समाचार
"तालिम समापन कार्यक्रम सम्पन्न"
२०८३-०५-२६

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित १२ कार्यदिन अवधिको “घुम्ती प्रशिक्षक प्रशिक्षण तालिम समूह ‘ख’ (अपराध अनुसन्धान तथा नियन्त्रण र नागरिक मैत्री सेवा तथा मानव अधिकार)” आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक टेकेन्द्र शर्मा पौडेलले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

"तालिम समापन कार्यक्रम सम्पन्न"
२०८३-०५-२२

मिति २०८३।०४।०४ गते बाट भाद्र २२ गते सम्म नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित ३५ कार्यदिन अवधिको अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम” १०२ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक श्री भाष्कर खतिवडाले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।