"प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न"
२०८३-०६-२६
- A
- A-
- A+
सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा १६ महिने तालिम सफलतापूर्वक पूरा गरेका ७९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू दीक्षित हुनुभएको छ।
समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले नव-दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै कानुनको पालना, निष्पक्षता र नागरिकको विश्वासलाई केन्द्रमा राखी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीज्यूले प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू लगायत पूर्वमन्त्रीज्यूहरू, नेपाल सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, नेपाली सेनाका रथी, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, अन्य विशिष्ट अतिथिहरू तथा नव-दीक्षित प्रहरी निरीक्षकहरूका परिवारजनलाई स्वागत गर्नुभएको थियो।