"उत्कृष्टताको लागी केन्द्र"
यस प्रतिष्ठानमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औँ समूह" को Executive Director Running Cup को समापन भएको छ । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीज्यूले उत्कृष्ट खेलाडीहरूलाई प्रमाणपत्र, पुरस्कार,मेडल तथा ट्रफी वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।
यस प्रतिष्ठानमा कार्यरत प्रहरी निरीक्षक नर बहादुर साउँद मिति २०८३ असोज १४ गतेबाट United Nation Mission in South Sudan (UNMIS) मा खटिजान लाग्नुभएको अवसरमा आयोजित धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न ।
मिति २०८३/०६/०८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा “प्रहरी निरीक्षक आधारभूत तालिम–१-१८५ औँ समूह” को यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरी समुद्घाटन कार्यक्रम सम्पन्न भयो ।
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित १२ कार्यदिन अवधिको “घुम्ती प्रशिक्षक प्रशिक्षण तालिम समूह ‘ख’ (अपराध अनुसन्धान तथा नियन्त्रण र नागरिक मैत्री सेवा तथा मानव अधिकार)” आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक टेकेन्द्र शर्मा पौडेलले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।
२० औँ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी विभिन्न खेल विधामा सहभागी हुने नेपाल प्रहरी तर्फका खेलाडीहरूलाई प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यू बाट खेल सामाग्री हस्तान्तरणका साथै शुभकामना प्रदान गर्नुभएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित १५६ कार्यदिन अवधिको कराते आधारभूत तालिम ६३ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक श्री भरत अधिकारीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, पुरस्कार र "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।
मिति २०८३।०४।०४ गते बाट भाद्र २२ गते सम्म नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित ३५ कार्यदिन अवधिको अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम” १०२ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक श्री भाष्कर खतिवडाले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भइरहेको “कराते आधारभूत तालिम” ६३ औँ समूहका प्रशिक्षार्थीहरूसँग कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीज्यूले अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा कार्यकारी निर्देशकज्यूले प्रशिक्षार्थीहरूबाट आएका गुनासो तथा सुझावहरूलाई सम्बोधन गर्दै आवश्यक निर्देशन समेत दिनुभयो ।
वडा प्रहरी कार्यालय बैदाम, कास्कीको कार्यालय प्रमुखमा काजसरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक श्री सूर्यबहादुर बोगटीज्यूको सम्मानमा आज मिति २०८३ साल श्रावण १८ गते यस प्रतिष्ठानमा "शुभकामना तथा फेरि भेटौंला" कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यावसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।
साउथ एशियन कराते महासंघको क्यालेण्डर बमोजिम मिति २०८३/०३/३१ गतेदेखि मिति २०८३/०४/०३ गतेसम्म मित्रराष्ट्र बंगलादेशको ढाकामा सञ्चालन भएको “१० औं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२६” मा राष्ट्रको प्रतिनिधित्व गरी ७ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल १३ पदक हासिल गर्न सफल नेपाल प्रहरीका कराते खेलाडीहरू लगायत नेपाल कराते टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरूलाई विभिन्न निकायले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
मिति २०८३/०४/०१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा यस प्रतिष्ठानबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल सरुवा हुनु भएका प्राविधिक प्रहरी उपरीक्षक सुनिल कुमार वरनवालज्यू, बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडा सरुवा हुनु भएका प्रहरी निरीक्षक सविन कुमार संग्रौलाज्यू तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूको समेतको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी अधिकृतज्यूहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूलाई सुखमय पारिवारिक तथा नागरिक जिवनको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।