प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८१
आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०३-२८

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०८१ असार २६ गतेदेखि ऐ. २८ गतेसम्म पोखरा स्थित कुटी रिसोर्ट एण्ड स्पामा (Kuti Resort and Spa) सञ्चालन भएको आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम आज मिति २०८१ असार २८ गते नेपाल प्रहरी संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख, नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरुका प्रधानाचार्य/प्राचार्य/समादेशक, नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण प्रदायक संस्थाका प्रशिक्षकहरू समेतको उपस्थिति रहेको थियो । सो समापन कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य राख्नुका साथै प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक मित्र बन्धु शर्माबाट प्रस्तुतीकरण गर्नु भएको थियो । सो प्रशिक्षण प्रदायक संस्थाका कार्यालय प्रमुखहरूले आ-आफ्नो तर्फबाट राय सुझाव व्यक्त गर्नु भएको थियो । सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरज्यूले प्रशिक्षण अवधिमा अवलम्बन गरिदै आएको व्यवहारिक पक्ष र मनोवृत्तिलाई सुधार गरी प्रशिक्षणको पद्धति र महत्वलाई गहनरूपमा बुझ्न सकियो भने मात्र प्रशिक्षण रचनात्मक र उपलब्धीमूलक हुन सक्ने कुरालाई मनन गर्न र एक अर्काको असल अभ्यासहरूलाई निरन्तरता दिनु पर्ने कुरा समेत निर्देशन दिनु भयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम ढकालले प्रशिक्षणमा एकरूपता कायम गर्न नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ को अध्ययन गरी कार्यान्वयन गर्न र प्रशिक्षणलाई प्रभावकारी ढंगबाट संचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा धन्यबाद सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो ।    

आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रमको समुद्‌घाटन कार्यक्रम सम्पन्न
२०८१-०३-२६

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०८१ असार २६ गतेदेखि मिति २०८१ असार २८ गतेसम्म कुटी रिसोर्ट एण्ड स्पा (Kuti Resort and Spa) पोखरा, कास्कीमा सञ्चालन हुने आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रम यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१ असार २६ गते पानसमा दीप प्रज्वलन गरी समुद्‌घाटन भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूले आन्तरिक तथा बाह्य प्रशिक्षण नै समय सापेक्ष प्रहरी जनशक्ति उत्पादनको आधार भएको कुरा व्यक्त गर्दै प्रशिक्षणको महत्वलाई मनन गर्न सम्पूर्ण प्रशिक्षकहरुलाई निर्देशन दिनु भयो । त्यसैगरी नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९ लगायत विभिन्न प्रशिक्षण मापदण्डहरुलाई पालना गर्नु, व्यावसायिक र उद्देश्यमूलक तवरबाट तालिम सञ्चालन गर्नु नेपाल प्रहरीका सबै प्रशिक्षण प्रदायक संस्थाहरुको मुख्य प्राथमिकता हुनुपर्ने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा रा.प्र.प्र.प्र. तालिम शाखाका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले स्वागत मन्तव्य तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक, नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख, प्रतिष्ठानका उप-निर्देशक, जिल्ला प्रहरी कार्यालय प्रमुख, गण्डकी प्रदेश प्रहरी गणका गणपति, र नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखा, नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, ७ (सात) वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जका सम्पूर्ण प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसैगरी आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रममा नेपाल प्रहरीको विभिन्न प्रशिक्षण प्रदायक कार्यालयहरुबाट आन्तरिक र बाह्य प्रशिक्षकहरु गरी जम्मा ७७ जनाको सहभागिता रहेको थियो ।

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्‍न
२०८१-०३-२४

आज ‍मिति २०८१/०३/२४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूसँग नेपाल प्रहरीका बक्सिङ र उसु खेलाडीहरूसंग बधाई तथा शुभकामना कार्यक्रम सम्पन्‍न ।नेपाल बक्सिङ महासंघको आयोजनामा मिति २०८१/०३/१७ गतेदेखि मिति २०८१/०३/२१ गते सम्म त्रिपुरेश्‍वर स्थित राष्ट्रिय खेलकुद कभर्ड हलमा सञ्चालन भएको “चौथो प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगिता-२०८१” मा २ स्वर्ण, २ रजक र १ कास्य गरी कुल ५ पदक प्राप्‍त गरी समग्रमा टिम तृतीय हुन सफल तथा उक्त प्रतियोगितामा प्र.स.ह. भुपेन्द्र थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल भएको र नेपाल उसु महासंघको आयोजनामा मिति २०८१/०३/१९ गतेदेखि मिति २०८१/०३/२१ गते सम्म त्रिपुरेश्‍वर स्थित नेपाल उसु महासंघको केन्द्रीय प्रशिक्षण केन्द्रमा सञ्चालन भएको “१६ औं राष्ट्रिय उसु प्रतियोगिता-२०८१” मा ६ स्वर्ण, ५ रजक र ७ कास्य गरी कुल १८ पदक हासिल गरी नेपाल प्रहरी उसु टिम द्वितीय स्थान हुन सफल भएको ।

The Art of Living- Nepal को संयोजकतामा संचालन The Happiness Program-2081 यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतमा समापन कार्यक्रम सम्पन्न
२०८१-०३-२२

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाण्डौमा मिति २०८१/०३/१६ गते देखी मिति २०८१/०३/२१ गते सम्म The Art of Living- Nepal को संयोजकतामा संचालन The Happiness Program-2081 यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतमा आज मिति २०८१/०३/२१ गते समापन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, The Art Of Living- Nepal का General Secretary प्रभु राम बैध, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, सह-निर्देशक लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत एवम् प्र.व.ह देखि प्र.जहरु समेतको सहभागितामा रहेको थियो ।

आर्थिक प्रशासन ग्रेड-१ (प्र.ह./प्र.ज.) तालिम नवौं समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०३-१७

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित आर्थिक प्रशासन ग्रेड-१ (प्र.ज. देखि प्र.व.ह.) तालिम नवौं समूहको आज मिति २०८१ असार १७ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम तथा  प्रतिष्‍ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक नान्तिराज गुरूङ्को प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सुरेश सिंहले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी तालिम पाठ्यक्रममा मानवअधिकारको विषय समावेश गर्ने सम्वन्धमा कार्यशाला गोष्ठी सम्पन्न
२०८१-०३-१४

आज मिति २०८८१/०३/१४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारजगंजमा राष्ट्रिय मानव अधिकार आयोगका माननिय सदस्य लिलि थापाज्यूको प्रमूख आतिथ्यतामा “प्रहरी तालिम पाठ्यक्रममा मानव अधिकारको” विषय समावेश गर्ने सम्बन्धमा कार्यशाला गोष्ठी सम्पन्न भयो ।साथै कार्यक्रममा कार्यक्रम संयोजक तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्ष गणेश रेग्मीबाट प्रस्तुतिकरण गरिनुका साथै राष्ट्रिय मानव अधिकार आयोकका माननिय सदस्य लिलि थापाज्यूबाट उठान भएका विषयवस्तुहरूको वारेमा प्रष्‍ट पार्नु भएको थियो, भने प्रतिष्ठानका कार्यकारी निर्देशकज्यू तथा राष्ट्रिय मानव अधिकार आयोगका सह-सचिव नवराज सापकोटाज्यूबाट मानव अधिकारका वारेमा राय सुझाव सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमूख प्र.ना.म.नि.पोषराज पोखरेल, प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. राजन अधिकारी, ने.प्र.अ.अ.वि. प्रधानाचार्य, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरू लगायत ने.प्र.प्र.का. का विभिन्न शाखामा कार्यरत प्रहरी अधिकृतहरू तथा उपत्यका स्थित प्रहरी कार्यालयहरूबाट समेतको सहभागिता रहेको थियो ।

यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा विपश्यना ध्यान सम्वन्धी संक्षिप्त जानकारी एवम् ध्यान अध्यान कार्यक्रम सम्पन्न
२०८१-०३-१४

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, महाराजगंजमा सञ्चालित “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” ३२ औँ समूहलाई आज मिति २०८१/०३/१४ गते प्रतिष्ठानका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा विपश्‍यना ध्यान सम्बन्धी संक्षिप्‍त जानकारी एवम् ध्यान अध्यान कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा नेपाल विपश्‍यना केन्द्रबाट सहायक आचार्य पवन मिताल, सादक डा. मुक्ति प्रसाद पाण्डे, ट्रस्टी सुशिल शाह र दिपक प्रसाद आचार्यको उपस्थिति रहेको थियो ।

Master In Police Science (MPS) संचालन कार्यायोना २०८१ को समुद्‌घाटन कार्यक्रम सम्पन्न
२०८१-०३-१२

तालुक नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको च.नं. २२६८ मिति २०८१/०३/०९ गतेको पत्रादेशानुसार नेपाल प्रहरी कार्ययोजना-२०८० को कार्यगत उदेश्य ११.१. नेपाल प्रहरीको प्रशिक्षण प्रणालीलाई समयानुकुल विकाश गर्ने कार्ययोजना क्रियाकलाप ११.१.२. बमोजिम Master In Police Sciences (MPS) संचालन कार्ययोजना, २०८१ अनुसार यस प्रतिष्ठानमा बि.सं. २०८१ बाट MPS कार्यक्रम लाई व्यबस्थित रुपमा संचालन गर्न  प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीजयू लाई कार्यक्रम निर्देशकको रुपमा जिम्मेवारी तोकी यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूद्वारा आज मिति २०८१/०३/१२ गते समुद्‍घाटन सम्पन्न । 

“साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूह” तालिमको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-०३-०४

मिति २०८१।०२।१६ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालित “साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूह” तालिमको आज मिति २०८१/०३/०४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो । प्रमूख आतिथिज्यूले उक्त कार्यक्रममा दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरक्ष पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखिरहनुपर्ने कुरामा जोड दिदै प्रमुख अतिथिज्यूले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक नवराज मल्लज्यूद्वारा तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८१-०३-०४

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ७९४३ नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१/०२/२९ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा वढुवा भई यस प्रतिष्‍ठानबाट कोशी प्रदेश प्रहरी गण, बिराटनगर मोरङमा सरूवा हुनु भएका प्रहरी उपरीक्षक प्रदिप कुमार क्षेत्रीलाई विदाईको अवसरमा आज मिति २०८१/०३/०४ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख अतिथियतामा फेरी भेटौला कार्यक्रम सम्पन्न ।  प्रतिष्‍ठानका निर्देशकज्यू लगायत अन्य सि.प्र.अ./जु.प्र.अ. तथा अन्य दर्जाका प्र.क.हरू समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा विदाई भई जानुभएका प्रहरी उपरीक्षकलाई प्रमुख अतिथिज्यूले कृतज्ञताको चिनो प्रदान गर्नुका साथै कार्यक्षेत्रमा अब्बल रूपमा प्रस्तुत भई उत्कृष्ट कार्य सम्पादन तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।  

निरीक्षण कार्यक्रम सम्पन्न भएको
२०८१-०३-०२

आज मिति २०८१/०३/०२ गते यस राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट साप्‍ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत यस प्रतिष्ठानको क्वार्टर गार्ड, कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थी, होजियारी, मोची, शैलुन, मोटर ग्यारेज, फोहोर संकलन स्थल, पानी वितरण प्रणाली, लौण्ड्री, ब्यारेक भवन, मेस भवन, खुद्रा क्यान्टिन, चमेना क्यान्टिन लगायत यस प्रतिष्ठान परिसरभित्र रहेका अन्य सम्पूर्ण भौतिक संरचनाहरूको निरीक्ष ण कार्यक्रम सम्पन्न । 

अधिक लोड >>
कम देखाउनुहोस् <<