प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Post Graduate Diploma In Police Sciences (PGDPS) 14th Batch को समुद्‍घाटन कार्यक्रम सम्पन्न
२०८१-०७-०५

मितिः- २०८१/०७/०५ गते ।नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१/०७/०५ गते एक समारोहका बीच “प्रहरी निरीक्षक आधारभूत तालिम” १-१८३ औं समूह अन्तर्गत “त्रिभुवन विश्‍वविद्यालयको सम्बन्धनमा संचालित Post Graduate Diploma in Police Sciences (PGDPS) 14th Batch को समुद्‍घाटन कार्यक्रम सम्पन्‍प भयो । समुद्‍घाटन समारोहमा प्रमुख अतिथिज्यूले मन्तव्य व्यक्त गर्ने क्रममा नव प्रवेशी प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई यस प्रशिक्षणको दौरानमा आफूलाई शारीरिक तथा मानसिक रुपमा बलियो बनाई जस्तोसुकै कठिन परिस्थिको सामना गर्न सक्ने सामर्थ्य भएको प्रहरी अधिकृत बन्‍नुपर्ने तथा प्रहरी राष्ट्र सेवक भएकोले कार्य सम्पादन गर्ने क्रममा विशेष गरी समाज तथा जनताको हित हुने कार्य गर्न निर्देशन दिनुभयो । साथै प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले यसलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानले विशेष अभिरुचि र प्राथमिकताका साथ हेर्ने गरेको कुरा व्यक्त गर्नुभयो । आधारभुत तालिममा समावेश Post Graduate Diploma in Police Sciences (PGDPS) कार्यक्रम प्रहरी सेवा अवधिभर महत्वपूर्ण रहने कुरा व्यक्त गर्दै प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई तालिम अवधिभर मेहनत र अनुशासनलाई पहिलो प्राथमिकतामा राख्‍न निर्देशित गर्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. श्री डिल्लीराज शर्माज्यूले समेत छोटो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्‍वर पौडेलज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा फ्रेस तर्फका ३० जना र विभागीय तर्फका ६५ जना गरी कुल ९५ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेका थिए । समुद्‍घाटन समारोहमा त्रिभुवन विश्‍वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माज्यू, सहायक डीन डा. हरी प्रसाद अधिकारीज्यू, ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीम प्रसाद ढकालज्यू, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा. राजिव विक्रम राणाज्यू, यस प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षकज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षकज्यूहरु, अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रशिक्षक वर्गहरु समेतको उपस्थिति रहेको थियो ।

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको दीक्षान्त समारोह सम्पन्‍न
२०८१-०६-२२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान, महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको आज मिति २०८१ असोज २२ गते नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रमुख अतिथिज्यूले विभिन्न विधाहरुमा उत्कृष्ट तालिम हासिल गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै निर्देशन सम्बोधनको क्रममा अबका कार्यक्षेत्रहरू चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको कुरा विश्वास व्यक्त गर्नुभयो । उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो । प्रमुख अतिथिज्यूले प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको प्रशिक्षण गतिविधिहरू समेटी प्रकाशन गरिएको “संकल्प” विमोचन समेत गर्नु भएको थियो । यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूद्वारा प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरी आज दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईज्यूले स्वागत मन्तव्य गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  उक्त कार्यक्रममा ने.प्र.प्र.का.मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीम प्रसाद ढकालज्यू, विभिन्न कार्यालयहरुमा कार्यरत प्रहरी नायब महानिरीक्षकज्यूहरु, प्रहरी बरिष्ठ उपरीक्षकज्यूहरु, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, अन्य प्रहरी कर्मचारीहरू र आज दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी अधिकृतका (प्राविधिक) आदरणीय अभिभावकज्यूहरूको समेत उपस्थिति रहेको थियो ।

तेक्‍वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्‍न
२०८१-०६-२०

आज मिति २०८१/०६/२० गते महामहिम कोरियन राजदुत (Mr. Taeyoung Park) थेयङ् पार्कज्यूको प्रमूख आतिथ्यतामा तेक्‍वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्‍न भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई Black Belt बितरण गर्नुका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई तेक्वान्दो सामाग्रीहरू हस्तान्तरण गर्नु भएको थियो भने यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट प्रमाण पत्र बितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो । तालिम संयोजक प्रहरी निरीक्षक कैलाश लिम्बुले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रशिक्षार्थीहरूबाट तेक्‍वान्दो सम्बन्धि बेसिक किक प्रदर्शन, निहता लडाइ तथा रियल टाईम फाईटिङ् सेल्फ डिफेन्स प्रदर्शन, हमन गेरुगी प्रदर्शन, पुम्से प्रदर्शन र आत्मरक्षा कलाहरु समेत प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्ष डा. मनोज कुमार के.सी.ज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रकास अधिकारी, प्रतिष्ठानका सह- निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक नान्ती राज गुरुङ, साउथ कोरियन राजदुतका Second Secretary and counsellor Ms. Kim Yumi, प्रहरी नयाब उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक बर्ग तथा प्रशिक्षार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०६-१५

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको “विमानस्थल सुरक्षा आधारभूत तालिम (सि.प्र.अ.)” १० औं समूहको आज मिति २०८१/०६/१५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमूख आतिथ्यता एवं विशेष आतिथि नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका प्रमूख टेकनाथ सिटौलाज्यूको विशिष्ट आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुखज्यूले दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै विमानस्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय रहेकोले यस्तो संवेदनशील क्षेत्रमा खटिँदा तालिमबाट प्राप्‍त ज्ञान र सीपको पूर्णत: कार्यान्वयन गर्नुपर्ने निर्देशन दिनुभयो भने विशेष आतिथि नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानका प्रमुखज्यूले विमानस्थल सुरक्षामा नेपाल प्रहरी र नागरिक उड्डयान प्राधिकरण बिच निरन्तर समन्वय र सहकार्य कायम राख्न यस तालिमले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भयो । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. डा. मनोज कुमार के.सीज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्राधानाचार्य प्र.व.उ. ओम प्रसाद अधिकारीज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थितिमा तालिम संयोजक प्र.ना.उ. गुणराज बुढाथोकीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८१-०६-१४

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १५९६  मिति २०८१/०६/०७ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट अन्य कार्यलयहरूमा सरुवा हुनुभएका प्रहरी नायब उपरीक्षकहरू नवराज मल्ल, कौशल कुमार बुढाथोकी, चिनीमाया तामाङ र सुर्य बहादुर बोगटीज्यू हरूको आज मिति २०८१/०६/१४ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्‍ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूहरुले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्‍ठानमा कार्यरत रहँदाको बखत प्रतिष्‍ठान परिवारले देखाएको सद्‍भाव, सदीक्षा र विश्‍वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०६-१४

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जमा मिति २०८१/०५/२३ गतेदेखि सञ्चालित १८ कार्यदिन अवधिको गैर आवसीय “पर्यटक प्रहरी (प्र.ज. देखि जु.प्र.अ.) तालिम दोस्रो समूहको” आज मिति २०८१/०६/१४ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, पर्यटक विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मी, अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौला, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक बिनोद घिमिरे र नेपाल पर्यटन बोर्डका CEO दिपक राज जोशी सहितको सहभागितामा पर्यटक क्षेत्रमा पर्यटक प्रहरीको भुमिका र सम्बन्धित सदस्यहरूबाट प्रशिक्षार्थीहरूको प्रश्न/गुनासोहरूको सम्बोधन गर्ने विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न ।

समापन कार्यक्रम सम्पन्न
२०८१-०६-१४

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जमा सञ्चालित “पर्यटक प्रहरी (प्र.ज. देखि जु.प्र.अ.) तालिम दोस्रो समूहको” आज मिति २०८१/०६/१४ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा.मनोज कुमार के.सीज्यू को प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै पर्यटक प्रहरीले निर्वाह गर्नु पर्ने काम, कर्तव्य र भुमिका सम्बन्धी निर्देशन सम्बोधन समेत गर्नु भएको थियो  भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले तालिम सम्बन्धि  प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८१-०६-११

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १५९५ मिति २०८१ असोज ७ गतेको पत्रले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय, कास्कीमा सरुवा हुनुभएको प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्यू र च.नं. ११७४ मिति २०८१ भदौ १७ गतेको पत्रले यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आन्तरिक लेखा परिक्षण शाखा, नक्सालमा सरुवा हुनुभएको प्रहरी निरीक्षक दिपेन्द्र भट्टज्यूको आज मिति २०८१/०६/११ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्‍ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूहरुले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्‍ठानमा कार्यरत रहँदाको बखत प्रतिष्‍ठान परिवारले देखाएको सद्‍भाव, सदीक्षा र विश्‍वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

"आर्थिक प्रशासन ग्रेड-१ (प्र.ब.ह./प्र.ज.) तालिम" दशौ समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०६-११

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित "आर्थिक प्रशासन ग्रेड-१ (प्र.ब.ह देखि प्र.ज.) तालिम "दशौ समूहको आज मिति २०८१ असोज ११ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम तथा समापन कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक सबिन कुमार संग्रौलाज्यूले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  

"अनुसन्धान अधिकृत आधारभूत तालिम" दोश्रो समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-०६-०९

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा मिति २०८१ साउन १४ गतेदेखि सञ्चालित "अनुसन्धान अधिकृत आधारभूत तालिम" दोश्रो समूहको आज मिति २०८१/०६/०९ गते नेपाल प्रहरी संगठनका निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भयो ।  उक्त समापन कार्यक्रममा प्रमुख अतिथिज्यूबाट पुरस्कार वितरण गर्नुका साथै निर्देशन सम्बोधनको क्रममा प्रमुखज्यूले आज समापन हुने अनुसन्धान अधिकृतहरुलाई अब उनीहरुले टेक्ने कार्यक्षेत्र चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको विश्वास व्यक्त गर्नुभयो । चुनौतीको सामना गर्नका लागि ४५ कार्यदिन अवधिको तालिमले सक्षमता प्रदान गर्ने उच्च मनोबल सँगै कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सुदिप गिरीज्यूले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूले प्रशिक्षार्थीहरुमा प्रमाण पत्र वितरण गर्नुका साथै तालिम संयोजक प्रहरी नयाव उपरीक्षक कौशल कुमार बुढाथोकीले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सुदिप गिरी, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी., सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, अन्य प्रहरी कर्मचारीहरू र आज समापन भई जाने प्रशिक्षार्थी अनुसन्धान अधिकृतका आदरणीय अभिभावकज्यूहरूको समेत उपस्थिति रहेको थियो । 

सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०६-०८

यस प्रतिष्ठानमा मिति २०८१/०४/१४ गतेदेखि सञ्चालित ‘अनुसन्धान अधिकृत आधारभूत तालिम’ दोश्रो समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०६/०८ गते निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक बम बहादुर भण्डारी (अ.प्रा.), यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपाली सेनाका महा सेनानी प्रविन राज घिमिरे सहितको सहभागितामा ‘Intelligence and Counter Intelligence in Internal Security Prospects and Challenges’ विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न ।

तालिम समापन कार्यक्रम सम्पन्न
२०८१-०६-०७

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगंजमा संचालित “सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य वा आम विनाशका हात हतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान (प्र.नि./प्र.ब.उ.) तालिम” पाँचौ समूहको आज मिति २०८१/०६/०७ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा  समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट सहभागी प्रहरी अधिकृतहरुलाई प्रमाणपत्र बितरण गर्नुको साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक मित्र बन्धु शर्माज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

“पोलिग्राफ परीक्षक आधारभूत (सि.प्र.अ/जु.प्र.अ.) तालिम” प्रथम समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-०६-०७

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगंजमा संचालित “पोलिग्राफ परीक्षक आधारभूत (सि.प्र.अ/जु.प्र.अ.) तालिम” प्रथम समूहको आज मिति २०८१/०६/०७ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच समापन भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट सहभागी प्रहरी अधिकृतहरुलाई प्रमाणपत्र बितरण गर्नुको साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्र.ना.उ. दधिराम न्यौपानेज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८१-०६-०२

आज मिति २०८१/०६/०२ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८१/०५/१७ गतेको पत्रले यस प्रतिष्ठानबाट ईलाका प्रहरी कार्यालय ‘सुलिचौर’ रोल्पामा सरुवा हुनु भएका प्रहरी निरीक्षक अरूण तामाङ र उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी निरीक्षक निर बहादुर मोक्तानज्यूको समेत बिदाईमा आयोजना गरिएको “फेरी भेटौला तथा बिदाई कार्यक्रम” सम्पन्‍न भयो । उक्त कार्यक्रममा निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी निरीक्षकलाई आगामी व्यवसायिक जिवनमा संगठनको समेत शिर उच्च हुने गरी कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्रहरी निरीक्षक निर बहादुर मोक्तानज्यूलाई पारिवारीक तथा नागरिक जिवनको लागि शुभकामना समेत दिनु भएको थियो ।

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी (सि.प्र.अ/जु.प्र.अ.) तालिम” ९ औं समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-०५-२८

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगंजमा संचालित “मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी (सि.प्र.अ/जु.प्र.अ.) तालिम” ९ औं समूहको आज मिति २०८१/०५/२८ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच समापन भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट सहभागी प्रहरी अधिकृतहरुलाई प्रमाणपत्र बितरण गर्नुको साथै निर्देशन सम्बोधन गर्नुभएको थियो भने तालिम संयोजक प्र.ना.उ. नवराज मल्लज्यूले  तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विदाई कार्यक्रम सम्पन्न
२०८१-०५-२३

आज मिति २०८१/०५/२३ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूबाट ३० बर्ष सेवा अवधी पुरा भई अनिवार्य अवकाश हुनुभएका प्र.ना.नि. सर्वजित बिष्टलाई एक समारोह बीच मायाको चिनो प्रदान गर्दै आफ्नो जिवनको उर्जाशिल र उर्वरशिल समय पवित्र संगठन प्रति समर्पित भई पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै वहाँको प्रतिष्ठान तथा नेपाल प्रहरी प्रतिको योगदानको स्मरण गर्दै आगामी अवकाश पछिको पारिवारिक एवंम सामाजिक जिवन सुखमय रहोस भनि  शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक , सह-निर्देशक, उप-निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिती रहेको थियो ।

कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम २०८१ सम्पन्न
२०८१-०५-२१

आज मिति २०८१/०५/२१ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको अध्यक्षतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र यसका प्रत्यक्ष मातहत रहेका नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारी र नेपाल प्रहरी महाविद्यालय जर्गाहका प्राचार्य दीप शम्शेर राणा संग एक समारोह बिच कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम २०८१ सम्पन्न भएको । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८१-०५-२१

आज मिति २०८१/०५/२१ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८१/०५/१७ गतेको पत्रले यस प्रतिष्ठानबाट विभिन्न कार्यालयमा सरुवा हुनु भएका प्रहरी निरीक्षकज्यूहरु तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक नरू शाहीज्यूको समेत बिदाईमा आयोजना गरिएको ”फेरी भेटौला तथा बिदाई कार्यक्रम” सम्पन्न भयो । उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी निरीक्षकज्यूहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप प्रतिष्ठानको समेत शिर उच्च हुने गरी कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्र.ना.नि. नरु शाहीज्यूलाई सुखमय पारिवारीक तथा नागरिक जिवनको लागि शुभकामना समेत दिनु भएको थियो ।

"घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको दिक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-२०

बार्षिक तालिम क्यालेण्डर २०८१/०८२ अनुसार मिति २०८१/०४/२९ गते देखि सञ्चालित कुल १८ कार्यदिन अवधिको "घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको आज मिति २०८१/०५/२० गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यू लगायत प्रतिष्ठानमा कार्यरत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थितिमा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नु हुनुका साथै विभिन्न प्रहरी युनिटहरूमा घुम्ती प्रशिक्षण तालिम सञ्चालन गर्नुको औचित्य अनुरूप प्रशिक्षार्थीहरूलाई प्रशिक्षणका क्रममा सिकाईएका कुराहरू आफ्नो कार्यक्षेत्रमा उच्च मनोबलका साथ कुशलता पुर्वक व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भएको थियो ।

"तिज विशेष दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न"
२०८१-०५-१९

आज मिति २०८१/०५/१९ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका  निर्देशक श्रीमान प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा हरितालिका तिजको अवसरमा आयोजित "तिज विशेष दर खाने कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम" मा प्रतिष्ठानका महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू समेतको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका निर्देशक ज्यूले विभिन्न तालिममा प्रशिक्षण रत महिला प्रशिक्षार्थीहरू एवम् अन्य स्टाफ महिला प्रहरी कर्मचारीहरूमा घर छोडेर टाढा रहेको महसुस नहोस र एक आपसमा पारिवारीक भावनाको विकास होस भनि शुभकामना समेत व्यक्त गर्नुभयो ।साथै उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशकहरू, उप-निर्देशकहरू, तथा अन्य सिनियर प्रहरी अधिकृत र प्रतिष्ठानमा कार्यरत महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू, खेलाडीहरू समेतको उपस्थिति रहेको थियो ।  

अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहको दीक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-१९

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. को प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको थियो । उक्त तालिमका तालिम सह-संयोजक प्रहरी निरीक्षक शम्भु बहादुर के.सी. ले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै यस कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०५-१९

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते नायव महान्यायाधिवक्ता संजिव राज रेग्मी, माननीय न्यायाधिश माधव प्रसाद घिमिरे, अधिवक्ता सुवास आचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारी सहितको सहभागितामा अपराध अनुसन्धान सम्बन्धी वर्तमान अवस्था, समस्या तथा चुनौतीहरूको विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

विदाई कार्यक्रम सम्पन्न
२०८१-०५-१७

गौरवमय पवित्र संगठन नेपाल प्रहरीमा ३० वर्ष अविछिन्न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत हुन भएका यस प्रतिष्ठानका सह- निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक वेल वहादुर पाण्डेज्यूलाई आज मिति २०८१/०५/१७ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूबाट शुभकामना मन्तव्य सहित मायाको चिनो प्रदान गरी स-सम्मान विदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सेवा निवृत हुनुहुने प्रहरी बरिष्ठ उपरीक्षकज्यूले ३० वर्ष यस पवित्र संगठनमा कार्यरत रहदाका अवधीभर भए गरेका आफ्ना अनुभवहरु सहितको छोटो मन्तव्य समेत व्यक्त गर्नु भएको थियो। कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरिक्षक ओम प्रसाद अधिकारीज्यू, प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्ठ उपरिक्षक नान्ति राज गुरुङज्यू लगाएत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।