प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८२-०२-२५
- A
- A-
- A+

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम ३९ औं समूहको आज मिति २०८२/०२/२५ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूको प्रमूख आतिथ्यतामा तालिमको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक नवराज कार्कीले तालिम सम्बन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।