देश दर्शन विशेष सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न
२०८३-०१-१४
- A
- A-
- A+
प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औं समूहको आयोजनामा प्रतिष्ठानका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा भ्रमणमा सहभागी तीन समूह - सगरमाथा आधार शिविर समूह, थोरोङ- ला पास समूह र अन्नपूर्ण आधार शिविर समूहद्वारा भ्रमण सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण, भिडियो प्रस्तुतिकरण तथा साँस्कृतिक प्रस्तुतिकरण प्रस्तुत भएको । भ्रमणको क्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरूले व्यक्तिगत रूपमा लिएका तस्वीर तथा सामूहिक रूपमा तयार गरिएको भिडियोग्राफी मध्येबाट उत्कृष्ट र सर्वोउत्कृष्ट फोटोग्राफी र भिडियोग्राफी गर्न सफल प्रशिक्षार्थी तथा समूहलाई प्रशंसापत्र वितरण गर्नुका साथै प्र.नि.आ.ता १-१८४ औं समूहको प्रथम वार्षिकोत्सव (Job Anniversary) को अवसरमा सुभकामना समेत व्यक्त गर्नुभएको।