प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न

२०८३-०४-०६

  • A
  • A-
  • A+
Share

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
"तालिम समापन कार्यक्रम सम्पन्न"
२०८३-०५-२६

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित १२ कार्यदिन अवधिको “घुम्ती प्रशिक्षक प्रशिक्षण तालिम समूह ‘ख’ (अपराध अनुसन्धान तथा नियन्त्रण र नागरिक मैत्री सेवा तथा मानव अधिकार)” आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक टेकेन्द्र शर्मा पौडेलले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।