प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न

२०८३-०१-१३

  • A
  • A-
  • A+
Share

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं.- ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, नेपाल सरकार तालुक गृह-मन्त्रालयका श्रीमान् गृह सचिव राजकुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

उक्त कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो । श्रीमान् गृह सचिव राजकुमार श्रेष्ठज्यू, संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू लगायत उपस्थित पधादिकारीहरूले परियोजनाको स्थलगत भ्रमण गरी निर्माणधिन प्रतिष्ठानको बारेमा विस्तृत जानकारी लिनु भई छलफल एवं निर्देशन समेत प्रदान गर्नु भएको थियो भने नेपाल प्रहरी संगठन प्रमूख श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले  उपस्थित सम्पूर्ण महानुभावहरूमा धन्यवाद ज्ञापन गर्नु भएको  थियो ।

सम्बन्धित समाचार
“तालिम समापन कार्यक्रम सम्पन्न”
२०८३-०६-२७

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित १६ कार्यदिन अवधिको “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम” आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक  श्री कोमल शाहले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

"प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न"
२०८३-०६-२६

सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा १६ महिने तालिम सफलतापूर्वक पूरा गरेका ७९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू दीक्षित हुनुभएको छ।समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले नव-दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै कानुनको पालना, निष्पक्षता र नागरिकको विश्वासलाई केन्द्रमा राखी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।कार्यक्रममा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीज्यूले प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू लगायत पूर्वमन्त्रीज्यूहरू, नेपाल सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, नेपाली सेनाका रथी, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, अन्य विशिष्ट अतिथिहरू तथा नव-दीक्षित प्रहरी निरीक्षकहरूका परिवारजनलाई स्वागत गर्नुभएको थियो।