प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"योग ध्यान कार्यक्रम सम्पन्न"

२०८३-०१-०२

  • A
  • A-
  • A+
Share

अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा राष्ट्रिय प्रही प्रशिक्षण प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका निर्देशक श्रीमान् प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा योग ध्यान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रतिष्ठानका सह-निर्देशक, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवलदार तथा जवानका साथै आधारभूत तालिमका प्रशिक्षार्थीहरूको समेत सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार
"तालिम समापन कार्यक्रम सम्पन्न"
२०८३-०५-२६

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित १२ कार्यदिन अवधिको “घुम्ती प्रशिक्षक प्रशिक्षण तालिम समूह ‘ख’ (अपराध अनुसन्धान तथा नियन्त्रण र नागरिक मैत्री सेवा तथा मानव अधिकार)” आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक टेकेन्द्र शर्मा पौडेलले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।