प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“Strategic Command and Management (SCM) (DIGP/SSP) Training” पाचौं समूहको समापन कार्यक्रम सम्पन्न

२०८२-०३-१६

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८२/०२/२५ गते देखि सञ्चालन भएको २० कार्यदिन अवधिको “Strategic Command and Management (SCM) (DIGP/SSP) Training” पाचौं समूहको ने.प्र.प्र.का. मानवश्रोत विकास विभाग प्रमुख श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८२/०३/१६ गते तालिम समापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ति क्षेत्रीज्यूले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

सम्बन्धित समाचार
ललितपुरमा सम्पन्न “One Run” मा सुमित्रा चौधरी र नागेश्वर अहिर प्रथम
२०८३-०२-०९

ललितपुर, २०८३ जेठ ९ — NRS Foundation को आयोजनामा ललितपुरमा सम्पन्न “One Run” अन्तर्गत २१ किलोमिटर दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ उत्कृष्ट प्रतिस्पर्धा देखिएको छ।महिला तर्फ सुमित्रा कुमारी चौधरीले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ३० मिनेट ३८ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भइन्। उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रतियोगिताको उपाधि आफ्नो नाममा पारिन्।त्यसैगरी पुरुष तर्फ नागेश्वर अहिरले निर्धारित दूरी १ घण्टा १४ मिनेट २१ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। उनले सुरुदेखि नै उत्कृष्ट गति कायम राख्दै प्रतिस्पर्धामा अग्रता बनाएका थिए।प्रतियोगितामा विजेता बनेका दुवै खेलाडीलाई आयोजकले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।

१६ पदकसहित नेपाल प्रहरी कराते टिम च्याम्पियन
२०८३-०२-०९

नेपाल कराते महासंघको स्वीकृतिअनुसार यल सितोरियो कराते डो मंगलबजार, ललितपुरको आयोजनामा २०८३ जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको “बि.पि. कोइराला स्मृति राष्ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता–२०८३” मा नेपाल प्रहरी कराते टिमले उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण, ३ रजत तथा ५ कास्यसहित कुल १६ पदक जितेर टिम च्याम्पियन बन्न सफल भएको छ।प्रतियोगितामा नेपाल प्रहरीकी खेलाडी एरिका गुरुङ सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन्। उक्त उपलब्धिप्रति नेपाल प्रहरी कराते टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई व्यक्त गरिएको छ।

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८३-०२-०५

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७०८५ मिति २०८३/०२/०१ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली सरुवा हुनुभएका प्रहरी उपरीक्षक नवराज कार्की, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा सरुवा हुनुभएका प्रहरी उपरीक्षक नारायण रंजितकार, जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाई र जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक रामश्वर पौडेलज्यूहरूको आज मिति २०८३/०२/०५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूहरूले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८३-०२-०१

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. ७०२०, मिति २०८३/०१/२९ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद रिमाललाई मिति २०८३/०२/०१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यमा दर्ज्यानी चिन्ह द्वारा सुशोभित गर्नु भयो ।उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक,सह- निर्देशक,नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप-निर्देशक लगायत सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।