प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न

२०८३-०२-०५

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७०८५ मिति २०८३/०२/०१ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली सरुवा हुनुभएका प्रहरी उपरीक्षक नवराज कार्की, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा सरुवा हुनुभएका प्रहरी उपरीक्षक नारायण रंजितकार, जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाई र जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक रामश्वर पौडेलज्यूहरूको आज मिति २०८३/०२/०५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूहरूले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
"अवलोकन भ्रमण सम्पन्न"
२०८३-०४-१४

यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।