प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१६ पदकसहित नेपाल प्रहरी कराते टिम च्याम्पियन

२०८३-०२-०९

  • A
  • A-
  • A+
Share

नेपाल कराते महासंघको स्वीकृतिअनुसार यल सितोरियो कराते डो मंगलबजार, ललितपुरको आयोजनामा २०८३ जेठ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको “बि.पि. कोइराला स्मृति राष्ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता–२०८३” मा नेपाल प्रहरी कराते टिमले उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्ण, ३ रजत तथा ५ कास्यसहित कुल १६ पदक जितेर टिम च्याम्पियन बन्न सफल भएको छ।

प्रतियोगितामा नेपाल प्रहरीकी खेलाडी एरिका गुरुङ सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन्। उक्त उपलब्धिप्रति नेपाल प्रहरी कराते टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई व्यक्त गरिएको छ।

सम्बन्धित समाचार
"अवलोकन भ्रमण सम्पन्न"
२०८३-०४-१४

यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।