प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ललितपुरमा सम्पन्न “One Run” मा सुमित्रा चौधरी र नागेश्वर अहिर प्रथम

२०८३-०२-०९

  • A
  • A-
  • A+
Share

ललितपुर, २०८३ जेठ ९ — NRS Foundation को आयोजनामा ललितपुरमा सम्पन्न “One Run” अन्तर्गत २१ किलोमिटर दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ उत्कृष्ट प्रतिस्पर्धा देखिएको छ।

महिला तर्फ सुमित्रा कुमारी चौधरीले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ३० मिनेट ३८ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भइन्। उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रतियोगिताको उपाधि आफ्नो नाममा पारिन्।

त्यसैगरी पुरुष तर्फ नागेश्वर अहिरले निर्धारित दूरी १ घण्टा १४ मिनेट २१ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। उनले सुरुदेखि नै उत्कृष्ट गति कायम राख्दै प्रतिस्पर्धामा अग्रता बनाएका थिए।

प्रतियोगितामा विजेता बनेका दुवै खेलाडीलाई आयोजकले हार्दिक बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।

सम्बन्धित समाचार
"अवलोकन भ्रमण सम्पन्न"
२०८३-०४-१४

यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थको अवलोकन भ्रमण सम्पन्न भएको छ ।यस अवसरमा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संरचना,कार्यप्रणाली तथा जिम्मेवारीका बारेमा अवलोकन तथा अन्तरक्रिया मार्फत व्यावहारिक ज्ञान हासिल गर्नूका साथै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान - सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न
२०८३-०४-०६

मिति २०८३ श्रावण ०५ गते निमित्त प्रहरी महानिरीक्षक तथा यस प्रतिष्ठानका कार्यकारी निर्देशक राजन अधिकारीज्यूद्धारा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतीय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।