प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न

२०८१-०६-१४

  • A
  • A-
  • A+
Share

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १५९६  मिति २०८१/०६/०७ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट अन्य कार्यलयहरूमा सरुवा हुनुभएका प्रहरी नायब उपरीक्षकहरू नवराज मल्ल, कौशल कुमार बुढाथोकी, चिनीमाया तामाङ र सुर्य बहादुर बोगटीज्यू हरूको आज मिति २०८१/०६/१४ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो ।

सोही कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्‍ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूहरुले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्‍ठानमा कार्यरत रहँदाको बखत प्रतिष्‍ठान परिवारले देखाएको सद्‍भाव, सदीक्षा र विश्‍वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको दीक्षान्त समारोह सम्पन्‍न
२०८१-०६-२२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान, महाराजगञ्जमा सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको आज मिति २०८१ असोज २२ गते नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रमुख अतिथिज्यूले विभिन्न विधाहरुमा उत्कृष्ट तालिम हासिल गर्ने प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै निर्देशन सम्बोधनको क्रममा अबका कार्यक्षेत्रहरू चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको कुरा विश्वास व्यक्त गर्नुभयो । उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो । प्रमुख अतिथिज्यूले प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२ औं समूहको प्रशिक्षण गतिविधिहरू समेटी प्रकाशन गरिएको “संकल्प” विमोचन समेत गर्नु भएको थियो । यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूद्वारा प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरी आज दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईज्यूले स्वागत मन्तव्य गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  उक्त कार्यक्रममा ने.प्र.प्र.का.मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री भीम प्रसाद ढकालज्यू, विभिन्न कार्यालयहरुमा कार्यरत प्रहरी नायब महानिरीक्षकज्यूहरु, प्रहरी बरिष्ठ उपरीक्षकज्यूहरु, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, अन्य प्रहरी कर्मचारीहरू र आज दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी अधिकृतका (प्राविधिक) आदरणीय अभिभावकज्यूहरूको समेत उपस्थिति रहेको थियो ।

तेक्‍वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्‍न
२०८१-०६-२०

आज मिति २०८१/०६/२० गते महामहिम कोरियन राजदुत (Mr. Taeyoung Park) थेयङ् पार्कज्यूको प्रमूख आतिथ्यतामा तेक्‍वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्‍न भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई Black Belt बितरण गर्नुका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई तेक्वान्दो सामाग्रीहरू हस्तान्तरण गर्नु भएको थियो भने यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट प्रमाण पत्र बितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो । तालिम संयोजक प्रहरी निरीक्षक कैलाश लिम्बुले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रशिक्षार्थीहरूबाट तेक्‍वान्दो सम्बन्धि बेसिक किक प्रदर्शन, निहता लडाइ तथा रियल टाईम फाईटिङ् सेल्फ डिफेन्स प्रदर्शन, हमन गेरुगी प्रदर्शन, पुम्से प्रदर्शन र आत्मरक्षा कलाहरु समेत प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्ष डा. मनोज कुमार के.सी.ज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रकास अधिकारी, प्रतिष्ठानका सह- निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक नान्ती राज गुरुङ, साउथ कोरियन राजदुतका Second Secretary and counsellor Ms. Kim Yumi, प्रहरी नयाब उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक बर्ग तथा प्रशिक्षार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०६-१५

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको “विमानस्थल सुरक्षा आधारभूत तालिम (सि.प्र.अ.)” १० औं समूहको आज मिति २०८१/०६/१५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमूख आतिथ्यता एवं विशेष आतिथि नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका प्रमूख टेकनाथ सिटौलाज्यूको विशिष्ट आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुखज्यूले दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै विमानस्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय रहेकोले यस्तो संवेदनशील क्षेत्रमा खटिँदा तालिमबाट प्राप्‍त ज्ञान र सीपको पूर्णत: कार्यान्वयन गर्नुपर्ने निर्देशन दिनुभयो भने विशेष आतिथि नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानका प्रमुखज्यूले विमानस्थल सुरक्षामा नेपाल प्रहरी र नागरिक उड्डयान प्राधिकरण बिच निरन्तर समन्वय र सहकार्य कायम राख्न यस तालिमले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भयो । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. डा. मनोज कुमार के.सीज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्राधानाचार्य प्र.व.उ. ओम प्रसाद अधिकारीज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थितिमा तालिम संयोजक प्र.ना.उ. गुणराज बुढाथोकीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०६-१४

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जमा मिति २०८१/०५/२३ गतेदेखि सञ्चालित १८ कार्यदिन अवधिको गैर आवसीय “पर्यटक प्रहरी (प्र.ज. देखि जु.प्र.अ.) तालिम दोस्रो समूहको” आज मिति २०८१/०६/१४ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, पर्यटक विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मी, अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौला, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक बिनोद घिमिरे र नेपाल पर्यटन बोर्डका CEO दिपक राज जोशी सहितको सहभागितामा पर्यटक क्षेत्रमा पर्यटक प्रहरीको भुमिका र सम्बन्धित सदस्यहरूबाट प्रशिक्षार्थीहरूको प्रश्न/गुनासोहरूको सम्बोधन गर्ने विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न ।

समापन कार्यक्रम सम्पन्न
२०८१-०६-१४

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जमा सञ्चालित “पर्यटक प्रहरी (प्र.ज. देखि जु.प्र.अ.) तालिम दोस्रो समूहको” आज मिति २०८१/०६/१४ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा.मनोज कुमार के.सीज्यू को प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रमाण पत्र वितरण गर्नुका साथै पर्यटक प्रहरीले निर्वाह गर्नु पर्ने काम, कर्तव्य र भुमिका सम्बन्धी निर्देशन सम्बोधन समेत गर्नु भएको थियो  भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले तालिम सम्बन्धि  प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।