प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar सम्पन्न

२०८१-०८-०७

  • A
  • A-
  • A+
Share

प्रस्तुत विषयमा मिति २०८१/०८/०७ गते शुक्रबार यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको आयोजनामा बुढानिलकण्ठ नगरपालिका वडा नं. ०१ स्थित Lemon Tree Premier Hotel मा नेपाल प्रहरी स्टाफ कलेजको अवधारणा अन्तर्गतको “Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा त्रिभुवन विश्‍वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माज्यू, सहायक डिनज्यू लगायत अन्य विषय विज्ञ प्राध्यापकज्यूहरु, नेपाली सेनाका अवकाश प्राप्त रथी श्री सरद गिरीज्यू, अवकास प्राप्त प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्रीज्यू, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू, अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू, अवकास प्राप्त प्रहरी नायव महानिरीक्षकज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, प्रतिष्ठानका सह-निर्देशकज्यू, उप-निर्देशकज्यू लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा Police Leadership and Staff Course सम्बन्धी विविध बिषयमा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. डा. मनोज कुमार के.सी.ज्यू, उप-निर्देशक प्र.उ. बेद बिष्टज्यू, प्र.ना.उ. पुरुषोत्तम खड्काज्यू तथा प्र.नि. उमेश गुरुङ्ग श्रेष्ठज्यूले प्रस्तुतिकरण गर्नु भयो र उपस्थित विज्ञज्यूहरुले आ-आफ्नो राय, सुझाव, सल्लाहहरु व्यक्त गर्नु भएको थियो ।   

सम्बन्धित समाचार
बधाई ज्ञापन कार्यक्रम सम्पन्न
२०८१-१०-०६

नेपाल भलिबल संघको संयोजन तथा सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा मिति २०८१/१०/०१ गतेदेखि ऐ. ०५ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी किनार सुकुटे बजारमा सम्पन्न भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगितामा महिला तर्फ प्रथम र द्वितीय पुरुष तर्फ प्रथम हुन सफल नेपाल प्रहरी महिला तथा पुरूष भलिबल टिम साथै नेपाल क्रिकेट संघको आयोजनामा मिति २०८१/०९/२१ गतेदेखि मिति २०८१/१०/०३ गतेसम्म मधेश प्रदेशको जनकपुर र विरगंजमा सञ्चालन भएको "Jay Trophy Men’s Elite Cup” मा प्रथम हुन सफल नेपाल प्रहरी क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८१/१०/०६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट बधाई ज्ञापन सम्पन्न ।

Panel Discussions कार्यक्रम सम्पन्न
२०८१-१०-०४

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८१।०९।०७ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६५ औ समूहका प्रशिक्षार्थीहरुसंग आज मिति २०८१/१०/०४ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक वुद्विराज गुरूङज्यू, काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीज्यू र नेपाली सेना अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका महासेनानी अच्युतम भण्डारीज्यू सँग प्रशिक्षार्थीहरुद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भुमिका ” विषयमा Panel Discussions कार्यक्रम सम्पन्न भयो ।