प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भेटघाट तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

२०८१-०८-१९

  • A
  • A-
  • A+
Share

एशियन प्यासिफिक कराते महासंघको कार्यक्रम तथा नेपाल कराते डो संघको वार्षिक कार्यक्रम अनुसार मित्रराष्ट्र सिंगापुरमा मिति २०८१।०८।१२ गतेदेखि ऐ. १६ गतेसम्म सञ्चालन भएको “16th Asian Pacific Shitoryu Karate Championship 2024” मा सहभागी नेपाली राष्‍ट्रिय कराते टिमबाट पदक विजेता हुन सफल नेपाल प्रहरीका निम्न प्रशिक्षक तथा खेलाडीहरुलाई आज मिति २०८१/०८/१९ गतेका दिन ‍यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूद्वारा भेटघाट तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न ।

पुरस्कारहरु

१.     टिम कातामा रजत, २. करार एरिका गुरुङ- स्वर्ण, ३. ट्रायल एलिसा रास्कोटी एकल काता तर्फ- कास्य

४. ट्रायल निरुपा दोङ तामाङ- रजत

(स्वर्ण-१, रजत-२ र कास्य-१ गरी जम्मा ४ पदक सहित टिम दोस्रो हुन सफल)

सम्बन्धित समाचार
बधाई ज्ञापन कार्यक्रम सम्पन्न
२०८१-१०-०६

नेपाल भलिबल संघको संयोजन तथा सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा मिति २०८१/१०/०१ गतेदेखि ऐ. ०५ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी किनार सुकुटे बजारमा सम्पन्न भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगितामा महिला तर्फ प्रथम र द्वितीय पुरुष तर्फ प्रथम हुन सफल नेपाल प्रहरी महिला तथा पुरूष भलिबल टिम साथै नेपाल क्रिकेट संघको आयोजनामा मिति २०८१/०९/२१ गतेदेखि मिति २०८१/१०/०३ गतेसम्म मधेश प्रदेशको जनकपुर र विरगंजमा सञ्चालन भएको "Jay Trophy Men’s Elite Cup” मा प्रथम हुन सफल नेपाल प्रहरी क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८१/१०/०६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट बधाई ज्ञापन सम्पन्न ।

Panel Discussions कार्यक्रम सम्पन्न
२०८१-१०-०४

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८१।०९।०७ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६५ औ समूहका प्रशिक्षार्थीहरुसंग आज मिति २०८१/१०/०४ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक वुद्विराज गुरूङज्यू, काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीज्यू र नेपाली सेना अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका महासेनानी अच्युतम भण्डारीज्यू सँग प्रशिक्षार्थीहरुद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भुमिका ” विषयमा Panel Discussions कार्यक्रम सम्पन्न भयो ।