स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न
२०८१-०९-०९
- A
- A-
- A+
मिति
२०८१ पुस ०९ गते
भारत
सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वार्ड नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण
प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, नेपाल सरकार तालुक गृह-मन्त्रालयका श्रीमान् गृह
सचिव गोकर्णमणि दुवाडीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ।
उक्त
कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी
निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सह सचिव आनन्द
काफ्लेज्यू, काभ्रे जिल्लाका
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू, ने.प्र.प्र.का. भौतिक पूर्वाधार निर्देशनालयका प्र.ना.म.नि.
ई. फणिन्द्र बरालज्यू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, भारतीय दुतावास
काठमाडौँका Second Secretary कुमार
गौरवज्यू,
ASO (DP) बिनित मलिकज्यू,
Central Public Works Department (CPWD) का
परामर्शदाता ईन्जिनियर, निर्माण
व्यवसायी ACIL-RCPL JV का
प्राविधिक तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा
आयोजनाका परामर्शदाताले परियोजनाको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुका साथै
अतिथिज्यूहरुबाट योजनाको स्थलगत अवलोकन समेत भएको ।