यस प्रतिष्ठानमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत प्रशिक्षार्थी अधिकृतहरुको स्थलगत अध्ययन भ्रमण
२०८१-०९-१२
- A
- A-
- A+
आज
मिति २०८१/०९/१२ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपाल प्रशासनिक
प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत "आधारभूत प्रशासन प्रशिक्षण (Basic
Administration Training-BAT)" ३९ औं
समूहका २७ जना नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका प्रशिक्षार्थी अधिकृतहरु
बिहान ०९:३० बजे स्थलगत अध्ययन भ्रमणमा यस प्रतिष्ठानमा आएका प्रशिक्षार्थीहरुलाई
यस प्रतिष्ठानका प्र.ना.उ. मनोजित कुँवरज्यूले स्वागत गर्नु भई प्रतिष्ठानको
अर्पणसभा हलमा प्रतिष्ठानका उप-निर्देशक प्र.उ. मित्र बन्धु शर्माले “राज्य तथा
सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरकृया गर्नु भई
प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानमा रहेको Court Simulation, SOCO ल्याबमा Finger Print Lifting सम्बन्धि Simulation exercise र Firing Simulation हलको अवलोकन समेत गराई प्रतिष्ठानको सिनियर प्रहरी अधिकृत
मेसमा चियापान कार्यक्रम पश्चात दिनको १२:३० बजे बिदाई गरिएको ।