"उत्कृष्टताको लागी केन्द्र"
२०८१-१०-०५
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं बार्षिकोत्सवको अवसरमा आयोजित पुरूष फुटबल प्रतियोगिता आज मितिः२०८१ माघ ७ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूद्धारा रेफ्रिलाई बल हस्तान्तरण गरि खेल उद्घाटन गरियो ।
नेपाल भलिबल संघको संयोजन तथा सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा मिति २०८१/१०/०१ गतेदेखि ऐ. ०५ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी किनार सुकुटे बजारमा सम्पन्न भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगितामा महिला तर्फ प्रथम र द्वितीय पुरुष तर्फ प्रथम हुन सफल नेपाल प्रहरी महिला तथा पुरूष भलिबल टिम साथै नेपाल क्रिकेट संघको आयोजनामा मिति २०८१/०९/२१ गतेदेखि मिति २०८१/१०/०३ गतेसम्म मधेश प्रदेशको जनकपुर र विरगंजमा सञ्चालन भएको "Jay Trophy Men’s Elite Cup” मा प्रथम हुन सफल नेपाल प्रहरी क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई आज मिति २०८१/१०/०६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट बधाई ज्ञापन सम्पन्न ।
मिति २०८१ पुष २८ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा UNOPS सँगको सहकार्यमा सञ्चालन भएको “Gander Responsive Investigation and Communication Skills Orientation प्रथम समूहको समापन कार्यक्रम आज मिति २०८१ माघ ६ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
आज मिति २०८१/१०/०६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत यस प्रतिष्ठानको क्वार्टर गार्ड, विभिन्न आधारभूत तथा उन्नत तालिमका प्रशिक्षार्थीहरुको निरीक्षण, नव निर्मित Indoor क्रिकेट भवनको निरीक्षण लगायत आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थीहरूबाट कवाज प्रदर्शन समेत भएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८१।०९।०७ गतेदेखि संचालित २४ कार्यदिन अवधिको आवसिय “बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ) तालिम” ६५ औ समूहका प्रशिक्षार्थीहरुसंग आज मिति २०८१/१०/०४ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यू, नेपाल प्रहरी प्रधान कार्यालय, कार्य बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक वुद्विराज गुरूङज्यू, काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीज्यू र नेपाली सेना अति बिशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय, नारायणहिटीका महासेनानी अच्युतम भण्डारीज्यू सँग प्रशिक्षार्थीहरुद्वारा “अति बिशिष्ट/ बिशिष्ट व्यक्तिको सुरक्षामा संलग्न निकायहरूको भुमिका ” विषयमा Panel Discussions कार्यक्रम सम्पन्न भयो ।