प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तालिम समापन कार्यक्रम सम्पन्न

२०८१-१०-२५

  • A
  • A-
  • A+
Share

मिति २०८१/१०/०६ गते देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित "प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम” ३८ औं समूहको आज मिति २०८१ माघ २५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिमका तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन पेश गर्नु भएको थियो । 

सम्बन्धित समाचार
आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम सम्पन्न
२०८१-११-२५

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०८१ फागुन २३ गतेदेखि ऐ.२५ गतेसम्म रिभर फन बिच रिसोर्ट (River Fun Beach, Resort) सुकुटे, सिन्धुपाल्चोकमा सञ्चालन भएको आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम आज मिति २०८१ फागुन २५ गते नेपाल प्रहरी संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख, प्रतिष्ठानका निर्देशक, नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरुका प्रधानाचार्य/प्राचार्य/समादेशक, नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण प्रदायक संस्थाका प्रशिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।सो समापन कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूले स्वागत मन्तव्य राख्नुका साथै प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक मित्र बन्धु शर्माबाट अन्तिम निचोड सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूबाट प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा धन्यबाद सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो ।