प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“NPA WALK-2081” कार्यक्रम सम्पन्न

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औँ वार्षिकोत्सवको अवसरमा 'Together we can walk longer' भन्ने नाराका साथ आयोजना गरिएको “NPA WALK- 2081” कार्यक्रम मिति २०८१ माघ २७ गते संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरूलाई स्वागत मन्तव्य राख्नु भई प्रमुख अतिथिज्यू र कार्यकारी निर्देशकज्यूले संयुक्त रूपमा “NPA WALK- 2081” लेखिएको ब्यानर सहित बेलुन उडाई कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

उक्त कार्यक्रममा यस प्रतिष्ठानका पूर्व समादेशक तथा कार्यकारी निर्देशकज्यूहरू, नेपाल प्रहरी प्रधान कार्यालय तथा उपत्यकामा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, नारी विकास प्रतिष्ठानकी अध्यक्षज्यू, प्रहरी नायब महानिरीक्षकज्यूहरू, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरू, प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी संगीत विद्यालयको ब्याण्ड टोली, प्रशिक्षकहरु, प्रशिक्षार्थीहरू, नेपाल पुलिस क्लबका खेलाडीहरू समेत गरी ३०० जनाको उपस्थिति रहेको थियो । “NPA WALK-2081” कार्यक्रम, यस प्रतिष्ठानको मेन गेटबाट सुरू भई बालुवाटार, भाटभटेनी, नक्साल, नेपाल प्रहरी प्रधान कार्यलयको दक्षिण गेट, गैरीधारा हुँदै पुनः प्रतिष्ठानको खेल मैदानमा आएर सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
“Research & Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को समापन कार्यक्रम सम्पन्न
२०८२-०१-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “Research Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को मिति २०८१/१२/३१ गते यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका उप-निर्देशक र सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

जुडो आधारभूत तालिम" ८७ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१।०५।१२ गतेदेखी सञ्चालन भएको १५६ कार्यदिन अवधिको "जुडो आधारभूत तालिम" ८७ औं समूहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१।१२।२१ गते दीक्षान्त कार्यक्रम सम्पन्न भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत वितरण गर्नुका साथै जुडो तालिमले सिकाएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक  मोतिलाल योञ्जन तामाङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूह” को मिति २०८१/१२/२१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।