प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम, पाँचौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

मिति २०८१/१०/०६ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालन भएको "साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम, पाँचौँ समूहको आज मिति २०८१/१०/२७ गते यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के. सी.ज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै Cyber enabled crime को सम्बन्धमा प्रष्ट पार्दै अनुसन्धान अधिकारीले सूचना प्रविधिमा विज्ञता हासिल गरी वर्तमान अवस्थामा चुनौतीको रुपमा रहेको साइबर अपराधको सफल अनुसन्धान गर्न तालिममा सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा अक्षरशः पालना गर्न निर्देशन समेत दिनुभयो । 

सम्बन्धित समाचार
“Research & Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को समापन कार्यक्रम सम्पन्न
२०८२-०१-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “Research Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को मिति २०८१/१२/३१ गते यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका उप-निर्देशक र सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

जुडो आधारभूत तालिम" ८७ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१।०५।१२ गतेदेखी सञ्चालन भएको १५६ कार्यदिन अवधिको "जुडो आधारभूत तालिम" ८७ औं समूहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१।१२।२१ गते दीक्षान्त कार्यक्रम सम्पन्न भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत वितरण गर्नुका साथै जुडो तालिमले सिकाएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक  मोतिलाल योञ्जन तामाङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूह” को मिति २०८१/१२/२१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।