प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१-१०-२८

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम मिति २०८१ माघ २८ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् सुदिप गिरीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

 

यस प्रतिष्ठानको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता/उपविजेता खेलाडीहरु र अफिसियलहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुका साथै यस प्रतिष्ठानमा व्यवसायिक रहेर सांगठनिक निति-निर्देशनको पालना गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नुहुने प्रहरी कर्मचारीहरुलाई अभिलेखमा जनिने गरी प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

 

यस प्रतिष्ठानलाई विभिन्न समय तथा सन्दर्भमा विशेष सहयोग पुर्‍याउनु हुने नेपाल विधुत प्राधिकारण वितरण केन्द्र प्रमुख, केल्मी नेपाल प्रा.ली.का प्रबन्ध निर्देशक, National Biotech Limited का अध्यक्ष र विश्वव्यापी रुपमा फैलिएको डेंगु नियन्त्रणमा सहयोग पुर्‍याउनु हुने रमेश के.सी.ज्यूलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

 

यसै अवसरमा प्रहरी कर्मचारीहरुका लागि कल्याणकारी कार्यक्रम अन्तर्गत प्रतिष्ठानमा कार्यरत प्र.का.स. देखि प्र.ना.नि.दर्जा सम्मका प्रहरी कर्मचारीहरुका सन्ततिहरु मध्ये उत्कृष्ट चार जना जेहेन्दार बालबालिकाहरुलाई प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष कल्पना गिरीज्यूबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।

 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएका र हुन बाँकी कार्यक्रमहरुलाई भव्यताका साथ सम्पन्न गर्नमा क्रियाशिल हुने साथै सद्भाव राख्ने सम्पुर्ण प्रहरी कर्मचारी, शुभेच्छुकहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पुर्ण प्रहरी कर्मचारी एवम् प्रहरी परिवारबीच आपसी भाईचारा सद्भाव एवं समभावको पाठशालाको रुपमा रहेको यस ऐतिहासिक स्थलसँग भौतिक रुपमा मात्र नभई भावनात्मक संवेदनले पनि उत्तिकै नजिक र आत्मिय रहनुपर्ने धारणा व्यक्त गर्दै कार्यकारी निर्देशकज्यूले खेलकुद जगतले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्नुका साथै स्वस्थ प्रतिस्पर्धा, उच्चतम तहको भातृत्त्व एवं सामूहिक भावनाको समेत विकास गर्ने र यिनै गुणहरूले व्यक्तिगत तथा प्रहरी कार्य सम्पादन र व्यवसायिक निपुणता प्राप्त गर्नमा समेत सहयोगी सिद्ध हुन्छन् भन्ने कुरामा संक्षिप्त निर्देशन सम्बोधन समेत व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार
“Research & Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को समापन कार्यक्रम सम्पन्न
२०८२-०१-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “Research Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को मिति २०८१/१२/३१ गते यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका उप-निर्देशक र सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

जुडो आधारभूत तालिम" ८७ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१।०५।१२ गतेदेखी सञ्चालन भएको १५६ कार्यदिन अवधिको "जुडो आधारभूत तालिम" ८७ औं समूहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१।१२।२१ गते दीक्षान्त कार्यक्रम सम्पन्न भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत वितरण गर्नुका साथै जुडो तालिमले सिकाएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक  मोतिलाल योञ्जन तामाङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूह” को मिति २०८१/१२/२१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।