प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जको ६९औं बार्षिकोत्सव आज मिति २०८१।१०।२९ गते नेपाल प्रहरी संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न

२०८१-१०-२९

  • A
  • A-
  • A+
Share

उक्त अवसरमा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूले प्रमुख अतिथिज्यू लगायत समारोहमा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रशिक्षण केन्द्रले उत्पादन गरेका जनशक्तिको कार्यसम्पादन शैली नै नेपाल प्रहरीको वास्तविक ऐना हुने भएकाले संगठनको गरिमामय ईतिहासलाई अझै दर्बिलो खम्बा बनि माथि उठाउन सक्ने जनशक्तिको निर्माणमा यो प्रशिक्षण केन्द्र सँधै लागिरहनेछ भन्ने कुरा समेत व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथिज्यूले यस अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानवाट प्रकाशित बार्षिक पुस्तक “प्रेरणा-२०८१” को लोकार्पण गर्नुका साथै प्रतिष्ठान सम्बन्धी झल्किने गीतको Release समेत गर्नु भएको थियो भने नेपाल प्रहरीको बार्षिक तालिम क्यालेण्डर अनुसारका प्रशिक्षण गतिविधिलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गरी व्यावसायिक एवम् दक्ष जनशक्ति उत्पादन गर्न पुर्‍याएको योगदानको कदर गर्दै श्री मधेश प्रदेश प्रहरी तालिम केन्द्र, राजविराजलाई यो बर्षको उत्कृष्ट प्रहरी तालिम केन्द्रको रुपमा छनौट गरी उक्त तालिम केन्द्रका समादेशक प्र.ब.उ. गोपाल चन्द्र भट्टराईज्यूले प्रशंसा-पत्र ग्रहण गर्नु भएको थियो ।

 

यसैगरी प्रमुख अतिथिज्यूबाट प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्र, प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसा पत्र तथा प्रशिक्षण केन्द्र लगायत नेपाल प्रहरीका बिभिन्न प्रहरी ईकाईहरुमा लामो समय सेवा गरी दक्ष जनशक्तिको उत्पादन तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमस अवकास प्राप्त प्रहरी नायब निरीक्षक झिल्के थापालाई नगद रु २५,०००/– पुरस्कार सहित Life Time Achievement Award बाट सम्मान गर्नु भएको थियो ।

 

उक्त कार्यक्रममा महिला प्रहरी कर्मचारीहरुको २०० मि. दौड प्रतियोगितामा विजेता प्र.ज. पुजा सार्कीलाई प्रमाण-पत्र तथा रस्साकसी प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने  (सि.प्र.अ./जु.प्र.अ.) प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गर्नु भयो ।

 

प्रमुख अतिथिज्यूवाट मन्तव्य राख्ने क्रममा बिद्यमान चुनौतिहरुको सामना गर्न सक्ने दक्ष एवं व्यवसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरुको भुमिका महत्वपूर्ण हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न सक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादन तर्फ प्रशिक्षण केन्द्रहरु सदैव संवेदनशिल हुन जरुरी रहेको कुरा बताउनु भयो । नागरिक प्रति उत्तरदायी, मानवअधिकार प्रति संबेदनशिल, निष्पक्ष, व्यवसायिक एवं कानुनी राज्यको अवधारणा प्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरी बीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन सम्भब हुने भएकाले प्रशिक्षण केन्द्रहरुले सदैव संवेदनशिल भई आधुनिक प्रशिक्षण बिधिका आयामहरुलाई अंगिकार गर्दै प्रभावकारी रुपमा प्रशिक्षण गतिविधि सञ्चालन गर्न आवश्यक निर्देशन दिनुहुँदै बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानलाई शुभकामना समेत व्यक्त गर्नु भयो ।

 

 

त्यस्तै धन्यवाद मन्तव्य राख्ने क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूले हरेक प्रहरी अधिकृतहरुको व्यावसायिक जीवनको उद्गमस्थल तथा पहिलो पाठ्शालाको रुपमा रहेको यस ऐतिहासिक स्थलले हाम्रो व्यक्तित्व तथा प्रहरी व्यावसायिकता निर्माण गरेको र सदैव नागरिक सेवामा समर्पित रहिरहन प्रेरणा प्रदान गरिरहेको कुरा उल्लेख गर्नुभयो । बिद्याको मन्दिरको रुपमा रहेको यस प्रतिष्ठानको बसाई, भोगाई र सिकाईले प्रत्येक प्रहरी अधिकृतलाई पाईला-पाईलामा प्रशस्त मार्गनिर्देशन गर्नुका साथै पेशागत रुपमा दत्तचित्त भई अगाडी बढीरहन सदैव प्रेरित गरिरहेको कुरा बताउनु भयो । साथै मन्तव्यका क्रममा प्रमुख अतिथिज्यू, बिशिष्ट अतिथीज्यू, आमन्त्रित अतिथिज्यूहरु लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै बार्षिकोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, समन्वय तथा सहकार्य गर्नुहुने सम्पूर्णलाई कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
“Research & Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को समापन कार्यक्रम सम्पन्न
२०८२-०१-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “Research Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को मिति २०८१/१२/३१ गते यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका उप-निर्देशक र सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

जुडो आधारभूत तालिम" ८७ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१।०५।१२ गतेदेखी सञ्चालन भएको १५६ कार्यदिन अवधिको "जुडो आधारभूत तालिम" ८७ औं समूहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१।१२।२१ गते दीक्षान्त कार्यक्रम सम्पन्न भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत वितरण गर्नुका साथै जुडो तालिमले सिकाएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक  मोतिलाल योञ्जन तामाङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूह” को मिति २०८१/१२/२१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।