आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम सम्पन्न
२०८१-११-२५
- A
- A-
- A+

राष्ट्रिय
प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०८१ फागुन २३ गतेदेखि ऐ.२५ गतेसम्म
रिभर फन बिच रिसोर्ट (River Fun Beach,
Resort) सुकुटे, सिन्धुपाल्चोकमा सञ्चालन भएको आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण
कार्यक्रम आज मिति २०८१ फागुन २५ गते नेपाल प्रहरी संगठन प्रमुख श्रीमान् प्रहरी
महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त
कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास
विभाग प्रमुख, प्रतिष्ठानका निर्देशक, नेपाल
प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरुका प्रधानाचार्य/प्राचार्य/समादेशक,
नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास
महाशाखा, तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण
प्रदायक संस्थाका प्रशिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।
सो
समापन कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज
कुमार के.सी.ज्यूले स्वागत मन्तव्य राख्नुका साथै प्रतिष्ठानका उप-निर्देशक प्रहरी
उपरीक्षक मित्र बन्धु शर्माबाट अन्तिम निचोड सहितको प्रस्तुतीकरण गर्नु भएको थियो
।
कार्यक्रमको
अन्त्यमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप
गिरीज्यूबाट प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा धन्यबाद सहितको मन्तव्य व्यक्त
गर्नु भएको थियो ।