प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हार्दिक बधाई !!!

२०८१-१२-१६

  • A
  • A-
  • A+
Share

सम्बन्धित समाचार
कराते आधारभूत तालिम ६१ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८२-०१-१२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१/०६/०२ गतेदेखि सञ्चालन भएको १५६ कार्यदिन अवधिको "कराते आधारभूत तालिम ६१ औं समूह” को दीक्षान्त कार्यक्रम आज मिति २०८२/०१/१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले नेपाल सितेरियो कराते संघबाट लिइएको ग्रेडिङ परीक्षामा उत्तीर्ण हुनु भएका कराते प्रशिक्षकहरूलाई विभिन्न वरियताको डान प्रमाणपत्र तथा बेल्ट प्रदान गर्नुका साथै आज दीक्षित हुनुभएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, बेल्ट एवम् उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत प्रदान गर्नुभयो ।उक्त कार्यक्रममा सह-निर्देशक, उप-निर्देशकलगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षकवर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

“Research & Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को समापन कार्यक्रम सम्पन्न
२०८२-०१-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “Research Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को मिति २०८१/१२/३१ गते यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका उप-निर्देशक र सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूहको समापन कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “शहरी ट्राफिक व्यवस्थापन तालिम (प्र.ना.उ./प्र.नि.) सातौं समूह” को मिति २०८१/१२/२१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाज्यूले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।