कराते आधारभूत तालिम ६१ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८२-०१-१२
- A
- A-
- A+

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१/०६/०२ गतेदेखि सञ्चालन भएको १५६ कार्यदिन अवधिको "कराते आधारभूत तालिम ६१ औं समूह” को दीक्षान्त कार्यक्रम आज मिति २०८२/०१/१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले नेपाल सितेरियो कराते संघबाट लिइएको ग्रेडिङ परीक्षामा उत्तीर्ण हुनु भएका कराते प्रशिक्षकहरूलाई विभिन्न वरियताको डान प्रमाणपत्र तथा बेल्ट प्रदान गर्नुका साथै आज दीक्षित हुनुभएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, बेल्ट एवम् उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा सह-निर्देशक, उप-निर्देशकलगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षकवर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।