प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हार्दिक बधाई !!!

२०८२-०१-१३

  • A
  • A-
  • A+
Share

सम्बन्धित समाचार
"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०१-१९

प्रहरी महानिरीक्षकको मिति २०८२/०१/१५ गतेको निर्णय अनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६५९६, मिति २०८२/०१/१५ गतेको पत्रले यस प्रतिष्ठानबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देहीमा प्रमुखको रुपमा सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माज्यूलाई आज मिति २०८२/०१/१९ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २५ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्नः
२०८२-०१-१६

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा संचालन भएको अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २५ औं समूहको आज मिति २०८२/०१/१६ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भयो । प्रमुख अथितिज्यूले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप निर्देशकहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको समेत उपस्थित रहेको थियो ।

कवाज तथा बाह्‍य प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) तालिम २८ औं समूहको समापन कार्यक्रम सम्पन्न
२०८२-०१-१४

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जमा मिति २०८१/११/०४ गतेदेखि सञ्‍चालित ५४ कार्यदिन अवधिको कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) तालिम २८ औं समूहको आज मिति २०८२/०१/१४ गते यस प्रतिष्‍ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक श्री बेद बिष्टज्यूको प्रमुख आथित्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै अमूल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कराते आधारभूत तालिम ६१ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८२-०१-१२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१/०६/०२ गतेदेखि सञ्चालन भएको १५६ कार्यदिन अवधिको "कराते आधारभूत तालिम ६१ औं समूह” को दीक्षान्त कार्यक्रम आज मिति २०८२/०१/१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले नेपाल सितेरियो कराते संघबाट लिइएको ग्रेडिङ परीक्षामा उत्तीर्ण हुनु भएका कराते प्रशिक्षकहरूलाई विभिन्न वरियताको डान प्रमाणपत्र तथा बेल्ट प्रदान गर्नुका साथै आज दीक्षित हुनुभएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, बेल्ट एवम् उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत प्रदान गर्नुभयो ।उक्त कार्यक्रममा सह-निर्देशक, उप-निर्देशकलगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षकवर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।