"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०१-१९
- A
- A-
- A+

प्रहरी महानिरीक्षकको मिति २०८२/०१/१५ गतेको निर्णय अनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६५९६, मिति २०८२/०१/१५ गतेको पत्रले यस प्रतिष्ठानबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देहीमा प्रमुखको रुपमा सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माज्यूलाई आज मिति २०८२/०१/१९ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न ।
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।