प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माननीय गृहमन्त्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यतामा Police Leadership and Staff Course समुद्‍घाटन सम्पन्न

२०८२-०१-२१

  • A
  • A-
  • A+
Share

माननीय गृहमन्त्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब “The Blue Pavilion” भृकुटीमण्डपमा आज मिति २०८२/०१/२१ गते आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 01) को समुद्‍घाटन कार्यक्रममा गृहमन्त्रीज्यूले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्‍घाटन गर्नुभएको हो ।


उक्त कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीज्यू, प्रहरी महानिरीक्षक दिपक थापाज्यू, प्रतिनिधि सभासदस्य एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानज्यू, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरू, नेपाली सेनाका उपरथीज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, MPS का सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा, सहसचिवहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू तथा संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०१-२३

प्रहरी महानिरीक्षकको मिति २०८२/०१/१५ गतेको निर्णयअनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६५९६, मिति २०८२/०१/१५ गतेको पत्रले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट जिल्ला प्रहरी कार्यालय, स्याङजामा सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक दधिराम न्यौपानेज्यूलाई आज मिति २०८२/०१/२३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षकज्यूको आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।   

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०१-१९

प्रहरी महानिरीक्षकको मिति २०८२/०१/१५ गतेको निर्णय अनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६५९६, मिति २०८२/०१/१५ गतेको पत्रले यस प्रतिष्ठानबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देहीमा प्रमुखको रुपमा सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माज्यूलाई आज मिति २०८२/०१/१९ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २५ औं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्नः
२०८२-०१-१६

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा संचालन भएको अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २५ औं समूहको आज मिति २०८२/०१/१६ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भयो । प्रमुख अथितिज्यूले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाज्यूले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप निर्देशकहरू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृत एवं प्रशिक्षक वर्गको समेत उपस्थित रहेको थियो ।