"साईबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम सातौं समूहको समापन कार्यक्रम सम्पन्न"
२०८२-०८-२६
- A
- A-
- A+
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालन भएको “साईबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम" सातौं समूहको मिति २०८२।०८।२६ गते प्रतिष्ठानका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै अनुसन्धान अधिकारीले सूचना प्रविधिमा विज्ञता हासिल गरी वर्तमान अवस्थामा चुनौतीको रुपमा रहेको साईबर अपराधको सफल अनुसन्धान गर्न तालिममा सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा अक्षरश पालना गर्न निर्देशन समेत दिनुभयो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक लक्षमी खनालज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशकज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, प्रतिष्ठानका सह-निर्देशकज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतज्यू, जुनियर प्रहरी अधिकृत र प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।