"स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न"
२०८२-०८-२८
- A
- A-
- A+
मित्रराष्ट्र युएईको दुबई शहरमा मिति २०८२।०८।१४ गतेदेखि २०८२।०८।२८ गतेसम्म सञ्चालन भएको “IBA Men’s World Boxing Championship” मा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै ५४ के.जी. तौल समूहमा ऐतिहासिक कास्य पदक हासिल गर्न सफल नेपाल प्रहरीका बक्सिङ खेलाडी चन्द्र बहादुर थापालाई आज मिति २०८२।०८।२८ गते एक कार्यक्रमका बीच स्वागत तथा सम्मान कार्यक्रम गरियो ।
उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धि बिक्रम शाहज्यूले खेलाडी थापालाई सम्मान गर्दै नेपाल प्रहरी तथा सम्पूर्ण राष्ट्रको गौरव बढाउनुका साथै आगामी दिनहरूमा थप सफलता हासिल गर्न समेत शुभकामना प्रदान गर्नु भयो ।
सम्मान कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशकज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यज्यू, उप-निर्देशकज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू, जु.प्र.अ.ज्यूहरू लगायत नेपाल प्रहरीका विभिन्न खेल विधाका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।