प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव सम्पन्न"

२०८२-१०-२९

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव आज मिति २०८२।१०।२९ गते नेपाल प्रहरी संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

 उक्त अवसरमा नेपाल पुलिस स्टाफ कलेज तथा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यज्यूले प्रमुख अतिथिज्यू लगायत समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट अतिथि, अतिथि महानुभावहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रशिक्षण केन्द्रले उत्पादन गरेका जनशक्तिको कार्यसम्पादन शैली नै नेपाल प्रहरीको वास्तविक ऐना हुने भएकाले संगठनको गरिमामय ईतिहासलाई अझै दर्बिलो खम्बा बनि माथि उठाउन सक्ने जनशक्तिको निर्माणमा यो प्रशिक्षण केन्द्र सधैँ लागिरहनेछ भन्ने कुरा समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिज्यूले यस अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रकाशित बार्षिक पुस्तक “प्रेरणा-२०८२” को लोकार्पण गर्नुका साथै नेपाल प्रहरीको बार्षिक तालिम क्यालेण्डर अनुसारका प्रशिक्षण गतिविधिलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गरी व्यावसायिक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने उत्कृष्ट प्रशिक्षण प्रदायक संस्थालाई यसै वर्षबाट सुरुवात गरिएको प्रथम रनिङ ट्रफिबाट सर्वोत्कृष्ट प्रहरी तालिम केन्द्रको रुपमा छनौट भई नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशक प्र.ब.उ. तारा देवि थापाज्यू र सर्वोद्वितीय हुन सफल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका प्र.ब.उ. सन्तोष सिंह राठोरज्यूलाई प्रशंसा-पत्र वितरण गर्नु भएको थियो ।

यसैगरी प्रमुख अतिथिज्यूबाट प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्र, प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसा पत्र तथा प्रशिक्षण केन्द्र लगायत नेपाल प्रहरीका बिभिन्न प्रहरी ईकाईहरुमा लामो समय सेवा गरी दक्ष जनशक्तिको उत्पादन तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा अवकास प्राप्त प्रहरी निरीक्षक ठागा बहादुर चौधरीलाई Life Time Achievement Award द्वारा सम्मान गर्नु भएको थियो ।

 प्रमुख अतिथिज्यूबाट मन्तव्य राख्ने क्रममा बिद्यमान चुनौतिहरुको सामना गर्न सक्ने दक्ष एवं व्यवसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरुको भुमिका महत्वपूर्ण हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न सक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादन तर्फ प्रशिक्षण केन्द्रहरु सदैव संवेदनशिल हुन जरुरी रहेको कुरा बताउनु भयो । नागरिक प्रति उत्तरदायी, मानवअधिकार प्रति संबेदनशिल, निष्पक्ष, व्यावसायिक एवं कानूनी राज्यको अवधारणा प्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरी बीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन सम्भब हुने भएकाले प्रशिक्षण केन्द्रहरुले सदैव संवेदनशिल भई आधुनिक प्रशिक्षण बिधिका आयामहरुलाई अंगिकार गर्दै प्रभावकारी रुपमा प्रशिक्षण गतिविधि सञ्चालन गर्न आवश्यक निर्देशन दिनुहुँदै बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानलाई शुभकामना समेत व्यक्त गर्नु भयो ।

त्यस्तै धन्यवाद मन्तव्य राख्ने क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूले हरेक प्रहरी अधिकृतहरुको व्यावसायिक जीवनको उद्गमस्थल तथा पहिलो पाठ्शालाको रुपमा रहेको यस ऐतिहासिक स्थलले नेपाल प्रहरीका कर्मचारीको व्यक्तित्व र व्यावसायिकता निर्माण गर्दै सदैव नागरिक सेवामा समर्पित रहिरहन प्रेरणा प्रदान गरिरहेको कुरा उल्लेख गर्नुभयो । बिद्याको मन्दिरको रुपमा रहेको यस प्रतिष्ठानको बसाई, भोगाई र सिकाईले प्रत्येक प्रहरी अधिकृतलाई पाईला-पाईलामा प्रशस्त मार्गनिर्देशन गर्नुका साथै पेशागत रुपमा दत्तचित्त भई अगाडी बढीरहन सदैव प्रेरित गरिरहेको कुरा बताउनु भयो । साथै मन्तव्यका क्रममा प्रमुख अतिथिज्यू, बिशिष्ट अतिथीज्यू, आमन्त्रित अतिथिज्यूहरु लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै बार्षिकोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, समन्वय तथा सहकार्य गर्नुहुने सम्पूर्णलाई कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
"प्रतिष्ठानको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक दिवसीय गोष्टी सम्पन्न"
२०८२-१०-२७

आज मिति २०८२/१०/२७ गते, प्रतिष्ठानको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित “समय र प्रविधिको विकाससँगै प्रहरी सेवामा उत्पन्न चुनौतीहरु: प्रशिक्षण प्रणालीमा विद्यमान अन्तरालको विश्लेषण र समयानुकूल सम्बोधन” विषयमा  एक दिवसीय गोष्टी सम्पन्न भयो । उक्त गोष्टीमा पूर्व गृहसचिव डा. गोविन्द प्रसाद कुसुम,अ.प्रा. प्र.अ.म.नि. सुरेन्द्र बहादुर शाह, अ.प्रा. प्र.अ.म.नि. देवेन्द्र सुवेदी, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, अ.प्रा. प्र.ना.म.नि डा. राजिब सुब्बा, सुरक्षा बिज्ञ चिरन जंग थापा, सहायक प्रा.डा. पिताम्बर भण्डारीज्यूहरुले सो सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यूले कृतज्ञताको चिनोका साथै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशक प्रहरी वरीष्ठ उपरीक्षक तारा देबी थापाज्यू , नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाका प्राचार्य प्रहरी वरीष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.राज्यू, प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका सहनिर्देशक प्रहरी वरीष्ठ उपरीक्षक वेद विष्टज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरीष्ठ उपरीक्षक रञ्जु सिग्देलज्यू, प्रतिष्ठानका उपनिर्देशकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरुको सहभागिता रहेको थियो ।

"रक्तदान कार्यक्रम सम्पन्न"
२०८२-१०-२५

आज मिति २०८२ माघ २५ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ७० औं बार्षिकोत्सको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूको  प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रतिष्ठानका सह निर्देशक, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप निर्देशक, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रतिष्ठानमा कार्यरत प्रहरी हवल्दार तथा जवानका साथेै विभिन्न उन्नत तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरुका साथै सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

"सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न"
२०८२-१०-१९

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औं समूह (PGDPS 14th) समूहको आज मिति २०८२ माघ १९ गते सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको प्रमुख आतिथ्यतामा विशेष समारोहबीच दीक्षान्त समारोह सम्पन्न भयो ।समारोहमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकज्यूहरुलाई पुरस्कार वितरण गरी दीक्षित अधिकृतहरुलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुका साथै परम्परागत अपराध सहित साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्दका नयाँ आयामहरू देखा परिरहेका  वर्तमान अवस्थामा प्रहरीको भूमिका केवल आदेश पालनामा मात्रै सिमित नरही एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानूनको मर्म अनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन गर्नुभएको थियो । सोही समारोहमा माननीय गृहमन्त्री ओमप्रकाश अर्यालज्यूले दीक्षित प्रहरी अधिकृतहरू केवल निलो बर्दीधारी मात्र नभई राज्यको प्रतिनिधि, कानूनको संरक्षक र जनविश्वासका वाहक भएको तथ्य प्रकाश पार्दै सोही वमोजिमको कार्य गर्न निर्देशन दिनुभएको थियो । उक्त समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै पवित्र गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत गर्नुभई राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरीको रुपमा आफूलाई चिनाउन प्रहरी अधिकृतहरु सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुका साथै स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औं समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू द्वारा कवाज प्रर्दशन तथा नेपाल प्रहरी संगित विद्यालय द्वारा सांगीतिक धुन प्रस्तुत गर्नुभएको थियो । मिति २०८१ साउन २१ गते बाट प्रारम्भ भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३ औं समूहमा ९ जना महिला र ८३ जना पुरूष गरी  कुल ९२ जना सम्मिलित तालिमको  सर्वप्रथम एवम् शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेत, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक तारा बहादुर तामाङ, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नविन कुमार शाही, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाई तथा प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेश प्रसाद रिमालज्यू पुरस्कृत हुनुभएको थियो ।दीक्षान्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी, सम्माननीय प्रधानमन्त्रीज्यूका मुख्य सल्लाहकार, प्रधानमन्त्रीज्यूका प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

"दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न"
२०८२-१०-१३

जनपद प्रहरी समूह तर्फको प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार, प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनुभएका प्रहरी कर्मचारीहरूलाई आज मिति २०८२/१०/१३ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, सह-निर्देशक, उप -निर्देशक लगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

"विभिन्न खेलका विजेताहरूलाई सम्मान कार्यक्रम सम्पन्न"
२०८२-१०-१३

नेपाल जुडो महासंघको आयोजनामा मिति २०८२।१०।०३ गतेदेखि ऐ.५ गतेसम्म हेटौडामा सम्पन्न “२० औं राष्ट्रिय जुडो प्रतियोगिता २०८२” मा सहभागी भई ६ स्वर्ण, २ रजत र ३ कास्य गरी कूल ११ पदक हासिल गरी टिम प्रथम हुन सफल नेपाल प्रहरीको जुडो टिम, नेपाल कराते महासंघको तत्वावधान, नेपाल सितोरियो कराते शाखा डोजो लैनचौरको आयोजनामा मिति २०८२।१०।०६ गतेदेखि ऐ.०९ गतेसम्म सञ्चालन भएको “काष्ठमण्डप कराते प्रतियोगिता” मा सहभागी भई ७ स्वर्ण, ३ रजत र १ कास्य पदक गरी कूल ११ पदक प्राप्त गरी टिम द्वितीय हुन सफल कराते टिम त्यसैगरी लेटाङ रनको आयोजनामा मिति २०८२/१०/०१ गते मोरङमा सम्पन्न “लेटाङ रन” तथा रोटर्याक्ट क्लब अफ कान्तिपुरको आयोजनामा मिति २०८२/१०/१० गते काठमाडौंमा सम्पन्न “Rota Run 2026 (खुल्ला दौड ९.७ कि.मी.)” र अर्मलाकोट युथ क्लबको आयोजनामा मिति २०८२/१०/०९ गते पोखरामा सम्पन्न “१०औं अर्मलाकोट १२ कि.मी. पर्वतीय दौड प्रतियोगिता-२०८२” मा सहभागी भई पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका खेलाडी तथा प्रशिक्षकहरुलाई आज मिति २०८२/१०/१३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी विक्रम शाहज्यूको उपस्थितिमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न ।