प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

२०८३-०४-०१

  • A
  • A-
  • A+
Share

मिति २०८३/०४/०१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा यस प्रतिष्ठानबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल सरुवा हुनु भएका प्राविधिक प्रहरी उपरीक्षक सुनिल कुमार वरनवालज्यू, बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडा सरुवा हुनु भएका प्रहरी निरीक्षक सविन कुमार संग्रौलाज्यू तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूको समेतको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी अधिकृतज्यूहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक युवराज बस्नेतज्यूलाई सुखमय पारिवारिक तथा नागरिक जिवनको लागि शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
"तालिम समापन कार्यक्रम सम्पन्न"
२०८३-०५-२६

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित १२ कार्यदिन अवधिको “घुम्ती प्रशिक्षक प्रशिक्षण तालिम समूह ‘ख’ (अपराध अनुसन्धान तथा नियन्त्रण र नागरिक मैत्री सेवा तथा मानव अधिकार)” आठौँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक टेकेन्द्र शर्मा पौडेलले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।