"उत्कृष्टताको लागी केन्द्र"
नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०८२।०६।१२ गतेको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यू, आज मिति २०८२ असोज २३ गते यस प्रतिष्ठानमा हाजिर हुनु भई पदभार ग्रहण गर्नुभयो ।