प्रथम आई.जि.पी. कप क्रिकेट प्रतियोगिता-२०८१ सम्पन्नः
आज मिति २०८१/१२/०२ गते मुलपानी क्रिकेट ग्राउणमा नेपाल प्रहरी संगठन प्रमुख एवम् नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू,को प्रमुख आतिथ्यतामा “प्रथम आई.जि.पी. कप क्रिकेट प्रतियोगिता-२०८१” सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रथम स्थान हासिल गर्ने टिमका खेलाडीहरूलाई ट्रफी, प्रमाण पत्र, नगद पुरस्कार र विभिन्न विधाका उत्कृष्ट हुने खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुको साथै निर्देशन सम्बोधन गर्नु भएको थियो । नेपाल प्रहरी खेलकुद समितिको सदस्य-सचिव एबं रा.प्र.प्र.प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. श्रीमान् सुदिप गिरीज्यूबाट प्रतियोगितामा द्वितीय हुने टिमका खेलाडीहरुलाई ट्रफी, प्रमाण-पत्र, नगद पुरस्कार प्रदान गर्नुको साथै धन्यबाद ज्ञापन गर्नु भएको थियो । प्रतियोगिताको फाईनल खेल मधेश प्रदेश प्रहरी कार्यालय र लुम्बिनी. प्रदेश प्रहरी कार्यालय बीच भएको उक्त खेलमा मधेश प्रदेश प्रहरी कार्यालय टिमले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।