प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ज्यू, को प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको दीक्षान्त कार्यक्रम सम्पन्‍न

२०८१-०२-११

  • A
  • A-
  • A+
Share

२०८१ जेष्‍ठ ११,

सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ज्यू, को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्‍न भएको छ । समारोहमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको कुरा उल्लेख गर्दै यस्तो गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरू प्रत्येक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुनेगरी सेवा प्रदान गर्न सफलता हासिल गर्नेमा विश्‍वास समेत व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी जस्तो गतिशील संगठनमा तालिमको महत्वबारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जानकार रहेको उल्लेख गर्दै प्रमुख अतिथिज्यूले बढ्डो चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महशुस गरेमा त्यसमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहने कुरा उल्लेख गर्नुभयो ।

पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम र कवाज प्रथम हुने पवन कुमार परियार, सर्वद्वितीय र प्रहरी युक्ति तथा कारवाही प्रथम हुने सगुन खड्का, सर्वतृतीय र अध्ययन प्रथम हुने आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम र शारीरिक व्यायाम प्रथम हुने गोकुल कुमार धानुक रहेका छन् ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूले आज दीक्षित हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधनको क्रममा अब उनीहरुले टेक्ने कार्यक्षेत्र चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको विश्वास व्यक्त गर्नुभयो । चुनौतीको सामना गर्नका लागि १७ महिना लामो तालिमले सक्षमता प्रदान गरकोले उच्च मनोबल सँगै कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो । मन्तव्यको क्रममा उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो ।

समारोहमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै गत २०७९ मंसिर २५ गतेबाट प्रारम्भ भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहमा १३१ जना पुरूष र १८ जना महिला गरी जम्मा १४९ जना प्रहरी निरीक्षकहरू आधारभूत तालिममा सफल भई दीक्षित भएको जानकारी समेत गराउनु भएको थियो ।

प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिावकहरुद्वारा दर्ज्यानी चिन्ह सुशोभन गरिएको थियो ।

उक्त दीक्षान्त समारोहमा माननीय उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेज्यू, पूर्व कानून मन्त्री पूर्व प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधानज्यू, महारथी प्रधान सेनापति प्रभु राम शर्माज्यू, गृह सचिव एक नारायण अर्यालज्यू, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका श्रीमान् मुख्य अनुसन्धान निर्देशक हुत राज थापाज्यू, केन्द्रिय प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती लक्ष्मी  कुँवरज्यू, स्वार्गिय कुलानन्द स्मृती अक्षय कोषका अध्यक्ष तथा राष्ट्र बैकका पूर्व गभर्नर डा. श्री चिरन्जीवी नेपालज्यू, सेवा निवृत्त प्रहरी महानिरीक्षकज्यूहरू, सहकर्मी प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकज्यूहरु, PGDPS कार्यक्रमका सल्लाहकार श्री राजीव बिक्रम राणाज्यू, प्रतिष्ठान नारी विकास समितिका अध्यक्ष श्रीमती कल्पना गिरीज्यू, निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका वरिष्ठ अधिकृतज्यूहरु, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदान दिनुहुने आमन्त्रित विशिष्ट महानुभावहरु, आज दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूका आदरणीय अभिभावकज्यूहरू, संचारकर्मी महानुभावहरू, प्रशिक्षक वर्ग तथा सकल दर्जाका प्रहरी कर्मचारीहरू एवं अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो 

सम्बन्धित समाचार
"घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको दिक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-२०

बार्षिक तालिम क्यालेण्डर २०८१/०८२ अनुसार मिति २०८१/०४/२९ गते देखि सञ्चालित कुल १८ कार्यदिन अवधिको "घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको आज मिति २०८१/०५/२० गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यू लगायत प्रतिष्ठानमा कार्यरत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थितिमा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नु हुनुका साथै विभिन्न प्रहरी युनिटहरूमा घुम्ती प्रशिक्षण तालिम सञ्चालन गर्नुको औचित्य अनुरूप प्रशिक्षार्थीहरूलाई प्रशिक्षणका क्रममा सिकाईएका कुराहरू आफ्नो कार्यक्षेत्रमा उच्च मनोबलका साथ कुशलता पुर्वक व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भएको थियो ।

"तिज विशेष दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न"
२०८१-०५-१९

आज मिति २०८१/०५/१९ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका  निर्देशक श्रीमान प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा हरितालिका तिजको अवसरमा आयोजित "तिज विशेष दर खाने कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम" मा प्रतिष्ठानका महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू समेतको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका निर्देशक ज्यूले विभिन्न तालिममा प्रशिक्षण रत महिला प्रशिक्षार्थीहरू एवम् अन्य स्टाफ महिला प्रहरी कर्मचारीहरूमा घर छोडेर टाढा रहेको महसुस नहोस र एक आपसमा पारिवारीक भावनाको विकास होस भनि शुभकामना समेत व्यक्त गर्नुभयो ।साथै उक्त कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशकहरू, उप-निर्देशकहरू, तथा अन्य सिनियर प्रहरी अधिकृत र प्रतिष्ठानमा कार्यरत महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू, खेलाडीहरू समेतको उपस्थिति रहेको थियो ।  

अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहको दीक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-१९

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. को प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको थियो । उक्त तालिमका तालिम सह-संयोजक प्रहरी निरीक्षक शम्भु बहादुर के.सी. ले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै यस कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०५-१९

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते नायव महान्यायाधिवक्ता संजिव राज रेग्मी, माननीय न्यायाधिश माधव प्रसाद घिमिरे, अधिवक्ता सुवास आचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारी सहितको सहभागितामा अपराध अनुसन्धान सम्बन्धी वर्तमान अवस्था, समस्या तथा चुनौतीहरूको विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

विदाई कार्यक्रम सम्पन्न
२०८१-०५-१७

गौरवमय पवित्र संगठन नेपाल प्रहरीमा ३० वर्ष अविछिन्न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत हुन भएका यस प्रतिष्ठानका सह- निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक वेल वहादुर पाण्डेज्यूलाई आज मिति २०८१/०५/१७ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूबाट शुभकामना मन्तव्य सहित मायाको चिनो प्रदान गरी स-सम्मान विदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सेवा निवृत हुनुहुने प्रहरी बरिष्ठ उपरीक्षकज्यूले ३० वर्ष यस पवित्र संगठनमा कार्यरत रहदाका अवधीभर भए गरेका आफ्ना अनुभवहरु सहितको छोटो मन्तव्य समेत व्यक्त गर्नु भएको थियो। कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरिक्षक ओम प्रसाद अधिकारीज्यू, प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्ठ उपरिक्षक नान्ति राज गुरुङज्यू लगाएत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । 

अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८१-०५-१६

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१६ गते संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूसँग अपराध अनुसन्धान सम्बन्धी विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न । श्रीमान् प्रहरी महानिरीक्षकज्यूले प्रशिक्षार्थीबाट अपराध अनुसन्धानको सम्बन्धमा उठेका जिज्ञासाहरुका समाधान गर्नुका साथै निर्देशन सम्बोधनका क्रममा नेपाल प्रहरी संगठनका अपराध अनुसन्धान लक्षित भावी रणनीति, योजना तथा अपराध अनुसन्धानको क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूको वृत्ति विकास सम्बन्धमा समेत प्रकाश पार्नु भएको थियो ।  उक्त कार्यक्रमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्यको समेत उपस्थिति रहेको थियो ।