प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विदाई कार्यक्रम सम्पन्न

२०८१-०५-१७

  • A
  • A-
  • A+
Share

गौरवमय पवित्र संगठन नेपाल प्रहरीमा ३० वर्ष अविछिन्न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत हुन भएका यस प्रतिष्ठानका सह- निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक वेल वहादुर पाण्डेज्यूलाई आज मिति २०८१/०५/१७ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार के.सी.ज्यूबाट शुभकामना मन्तव्य सहित मायाको चिनो प्रदान गरी स-सम्मान विदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सेवा निवृत हुनुहुने प्रहरी बरिष्ठ उपरीक्षकज्यूले ३० वर्ष यस पवित्र संगठनमा कार्यरत रहदाका अवधीभर भए गरेका आफ्ना अनुभवहरु सहितको छोटो मन्तव्य समेत व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरिक्षक ओम प्रसाद अधिकारीज्यू, प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्ठ उपरिक्षक नान्ति राज गुरुङज्यू लगाएत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
विदाई कार्यक्रम सम्पन्न
२०८१-०५-२३

आज मिति २०८१/०५/२३ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूबाट ३० बर्ष सेवा अवधी पुरा भई अनिवार्य अवकाश हुनुभएका प्र.ना.नि. सर्वजित बिष्टलाई एक समारोह बीच मायाको चिनो प्रदान गर्दै आफ्नो जिवनको उर्जाशिल र उर्वरशिल समय पवित्र संगठन प्रति समर्पित भई पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै वहाँको प्रतिष्ठान तथा नेपाल प्रहरी प्रतिको योगदानको स्मरण गर्दै आगामी अवकाश पछिको पारिवारिक एवंम सामाजिक जिवन सुखमय रहोस भनि  शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशक , सह-निर्देशक, उप-निर्देशक र अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिती रहेको थियो ।

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८१-०५-२१

आज मिति २०८१/०५/२१ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८१/०५/१७ गतेको पत्रले यस प्रतिष्ठानबाट विभिन्न कार्यालयमा सरुवा हुनु भएका प्रहरी निरीक्षकज्यूहरु तथा उमेर हदको आधारमा अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक नरू शाहीज्यूको समेत बिदाईमा आयोजना गरिएको ”फेरी भेटौला तथा बिदाई कार्यक्रम” सम्पन्न भयो । उक्त कार्यक्रममा कार्यकारी निर्देशकज्यूबाट सरुवा भई जानुहुने प्रहरी निरीक्षकज्यूहरूलाई आगामी व्यवसायिक जिवनमा संगठनको मुल्य र मान्यता अनुरुप प्रतिष्ठानको समेत शिर उच्च हुने गरी कार्य गर्न निर्देशन तथा अनिवार्य अवकाश हुनु भएका प्र.ना.नि. नरु शाहीज्यूलाई सुखमय पारिवारीक तथा नागरिक जिवनको लागि शुभकामना समेत दिनु भएको थियो ।

कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम २०८१ सम्पन्न
२०८१-०५-२१

आज मिति २०८१/०५/२१ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको अध्यक्षतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र यसका प्रत्यक्ष मातहत रहेका नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारी र नेपाल प्रहरी महाविद्यालय जर्गाहका प्राचार्य दीप शम्शेर राणा संग एक समारोह बिच कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम २०८१ सम्पन्न भएको । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

"घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको दिक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-२०

बार्षिक तालिम क्यालेण्डर २०८१/०८२ अनुसार मिति २०८१/०४/२९ गते देखि सञ्चालित कुल १८ कार्यदिन अवधिको "घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको आज मिति २०८१/०५/२० गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यू लगायत प्रतिष्ठानमा कार्यरत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थितिमा तालिम समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथीज्यूबाट तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नु हुनुका साथै विभिन्न प्रहरी युनिटहरूमा घुम्ती प्रशिक्षण तालिम सञ्चालन गर्नुको औचित्य अनुरूप प्रशिक्षार्थीहरूलाई प्रशिक्षणका क्रममा सिकाईएका कुराहरू आफ्नो कार्यक्षेत्रमा उच्च मनोबलका साथ कुशलता पुर्वक व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भएको थियो ।

अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहको दीक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-१९

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. को प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको थियो । उक्त तालिमका तालिम सह-संयोजक प्रहरी निरीक्षक शम्भु बहादुर के.सी. ले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै यस कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सामुहिक छलफल कार्यक्रम सम्पन्न
२०८१-०५-१९

मिति २०८१/०४/०६ गतेदेखि संचालित अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९७ औं समूहका प्रशिक्षार्थीहरुको आज मिति २०८१/०५/१८ गते नायव महान्यायाधिवक्ता संजिव राज रेग्मी, माननीय न्यायाधिश माधव प्रसाद घिमिरे, अधिवक्ता सुवास आचार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारी सहितको सहभागितामा अपराध अनुसन्धान सम्बन्धी वर्तमान अवस्था, समस्या तथा चुनौतीहरूको विषयमा सामुहिक छलफल कार्यक्रम सम्पन्न भएको थियो ।