प्रहरी तालिम पाठ्यक्रममा मानवअधिकारको विषय समावेश गर्ने सम्वन्धमा कार्यशाला गोष्ठी सम्पन्न
२०८१-०३-१४
- A
- A-
- A+
आज मिति
२०८८१/०३/१४ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,
महारजगंजमा राष्ट्रिय मानव अधिकार आयोगका माननिय
सदस्य लिलि थापाज्यूको प्रमूख आतिथ्यतामा “प्रहरी तालिम पाठ्यक्रममा मानव
अधिकारको” विषय समावेश गर्ने सम्बन्धमा कार्यशाला गोष्ठी सम्पन्न भयो ।
साथै
कार्यक्रममा कार्यक्रम संयोजक तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्ष गणेश रेग्मीबाट
प्रस्तुतिकरण गरिनुका साथै राष्ट्रिय मानव अधिकार आयोकका माननिय सदस्य लिलि
थापाज्यूबाट उठान भएका विषयवस्तुहरूको वारेमा प्रष्ट पार्नु भएको थियो,
भने प्रतिष्ठानका कार्यकारी निर्देशकज्यू तथा
राष्ट्रिय मानव अधिकार आयोगका सह-सचिव नवराज सापकोटाज्यूबाट मानव अधिकारका वारेमा
राय सुझाव सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उक्त
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरी,
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमूख
प्र.ना.म.नि.पोषराज पोखरेल, प्रतिष्ठानका
निर्देशक प्र.ना.म.नि. राजन अधिकारी, ने.प्र.अ.अ.वि.
प्रधानाचार्य, राष्ट्रिय मानव
अधिकार आयोगका पदाधिकारीहरू लगायत ने.प्र.प्र.का. का विभिन्न शाखामा कार्यरत
प्रहरी अधिकृतहरू तथा उपत्यका स्थित प्रहरी कार्यालयहरूबाट समेतको सहभागिता रहेको थियो ।