प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न

२०८१-०६-१५

  • A
  • A-
  • A+
Share

यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागञ्जमा सञ्चालन भएको “विमानस्थल सुरक्षा आधारभूत तालिम (सि.प्र.अ.)” १० औं समूहको आज मिति २०८१/०६/१५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमूख आतिथ्यता एवं विशेष आतिथि नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका प्रमूख टेकनाथ सिटौलाज्यूको विशिष्ट आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुखज्यूले दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै विमानस्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय रहेकोले यस्तो संवेदनशील क्षेत्रमा खटिँदा तालिमबाट प्राप्‍त ज्ञान र सीपको पूर्णत: कार्यान्वयन गर्नुपर्ने निर्देशन दिनुभयो भने विशेष आतिथि नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानका प्रमुखज्यूले विमानस्थल सुरक्षामा नेपाल प्रहरी र नागरिक उड्डयान प्राधिकरण बिच निरन्तर समन्वय र सहकार्य कायम राख्न यस तालिमले महत्वपूर्ण भूमिका खेलेको कुरा बताउनु भयो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. डा. मनोज कुमार के.सीज्यू, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्राधानाचार्य प्र.व.उ. ओम प्रसाद अधिकारीज्यू लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थितिमा तालिम संयोजक प्र.ना.उ. गुणराज बुढाथोकीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
कराते आधारभूत तालिम ६१ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८२-०१-१२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१/०६/०२ गतेदेखि सञ्चालन भएको १५६ कार्यदिन अवधिको "कराते आधारभूत तालिम ६१ औं समूह” को दीक्षान्त कार्यक्रम आज मिति २०८२/०१/१२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले नेपाल सितेरियो कराते संघबाट लिइएको ग्रेडिङ परीक्षामा उत्तीर्ण हुनु भएका कराते प्रशिक्षकहरूलाई विभिन्न वरियताको डान प्रमाणपत्र तथा बेल्ट प्रदान गर्नुका साथै आज दीक्षित हुनुभएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, बेल्ट एवम् उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत प्रदान गर्नुभयो ।उक्त कार्यक्रममा सह-निर्देशक, उप-निर्देशकलगायत अन्य सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षकवर्ग तथा प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

“Research & Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को समापन कार्यक्रम सम्पन्न
२०८२-०१-०१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “Research Framework Training (सि.प्र.अ.) दोस्रो समूह” को मिति २०८१/१२/३१ गते यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानका उप-निर्देशक र सिनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइले तालिम सम्बन्धि संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

जुडो आधारभूत तालिम" ८७ औं समूहको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
२०८१-१२-२१

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८१।०५।१२ गतेदेखी सञ्चालन भएको १५६ कार्यदिन अवधिको "जुडो आधारभूत तालिम" ८७ औं समूहको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८१।१२।२१ गते दीक्षान्त कार्यक्रम सम्पन्न भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले दीक्षित भई जाने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र, "Black Belt"(1st Dan) प्रदान गर्नुका साथै सर्वप्रथम, द्वितीय र तृतीय हुने प्रशिक्षार्थीहरूलाई "Memento" समेत वितरण गर्नुका साथै जुडो तालिमले सिकाएका कला-कौशल, व्यक्तिगत सुरक्षा, आत्मरक्षा, प्रहरी कार्य, अपराध अनुसन्धान रोकथाम लगायतका अन्य घटना हुने क्षेत्रहरूमा समेत नतिजामुखी प्रतिफल प्राप्त हुनेछ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक  मोतिलाल योञ्जन तामाङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।