आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न
२०८१-०३-२६
- A
- A-
- A+
राष्ट्रिय
प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०८१ असार २६ गतेदेखि मिति २०८१ असार
२८ गतेसम्म कुटी रिसोर्ट एण्ड स्पा (Kuti
Resort and Spa) पोखरा, कास्कीमा
सञ्चालन हुने आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रम यस
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी
अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति
२०८१ असार २६ गते पानसमा दीप प्रज्वलन गरी समुद्घाटन भयो ।
उक्त
कार्यक्रममा प्रमुख अतिथीज्यूले आन्तरिक तथा बाह्य प्रशिक्षण नै समय सापेक्ष
प्रहरी जनशक्ति उत्पादनको आधार भएको कुरा व्यक्त गर्दै प्रशिक्षणको महत्वलाई मनन
गर्न सम्पूर्ण प्रशिक्षकहरुलाई निर्देशन दिनु भयो । त्यसैगरी नेपाल प्रहरीको तालिम
सञ्चालन कार्यादेश, २०७९ लगायत विभिन्न प्रशिक्षण मापदण्डहरुलाई पालना गर्नु, व्यावसायिक
र उद्देश्यमूलक तवरबाट तालिम सञ्चालन गर्नु नेपाल प्रहरीका सबै प्रशिक्षण प्रदायक
संस्थाहरुको मुख्य प्राथमिकता हुनुपर्ने कुरामा जोड दिनु भयो ।
उक्त
कार्यक्रममा रा.प्र.प्र.प्र. तालिम शाखाका प्रहरी नायब उपरीक्षक कौशल कुमार
बुढाथोकीले स्वागत मन्तव्य तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत
गर्नु भएको थियो ।
सो
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख,
प्रतिष्ठानका निर्देशक, नेपाल
प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य,
गण्डकी प्रदेश प्रहरी तालिम
केन्द्रका समादेशक, नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख, नेपाल
प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख, प्रतिष्ठानका
उप-निर्देशक, जिल्ला प्रहरी कार्यालय प्रमुख, गण्डकी
प्रदेश प्रहरी गणका गणपति, र नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति
विकास महाशाखा, तालिम शाखा,
नेपाल प्रहरी शिक्षालय
भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, ७
(सात) वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू र काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जका
सम्पूर्ण प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसैगरी
आन्तरिक तथा बाह्य प्रशिक्षण अभिमुखीकरण एवं भ्रमण कार्यक्रममा नेपाल प्रहरीको
विभिन्न प्रशिक्षण प्रदायक कार्यालयहरुबाट आन्तरिक र बाह्य प्रशिक्षकहरु गरी जम्मा
७७ जनाको सहभागिता रहेको थियो ।