"घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)" पाचौँ समूहको दिक्षान्त कार्यक्रम सम्पन्न
२०८१-०५-२०
- A
- A-
- A+
बार्षिक
तालिम क्यालेण्डर २०८१/०८२ अनुसार मिति २०८१/०४/२९ गते देखि सञ्चालित कुल १८
कार्यदिन अवधिको "घुम्ति प्रशिक्षण प्रशिक्षक तालिम समुह 'क' (सि.प्र.अ./जु.प्र.अ.)"
पाचौँ समूहको आज मिति २०८१/०५/२० गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका
निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा, नेपाल प्रहरी अपराध
अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यू
लगायत प्रतिष्ठानमा कार्यरत अन्य सिनियर प्रहरी अधिकृतज्यूहरूको उपस्थितिमा तालिम
समापन कार्यक्रम सम्पन्न भयो ।
उक्त
कार्यक्रममा प्रमुख अतिथीज्यूबाट तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र
वितरण गर्नु हुनुका साथै विभिन्न प्रहरी युनिटहरूमा घुम्ती प्रशिक्षण तालिम
सञ्चालन गर्नुको औचित्य अनुरूप प्रशिक्षार्थीहरूलाई प्रशिक्षणका क्रममा सिकाईएका
कुराहरू आफ्नो कार्यक्षेत्रमा उच्च मनोबलका साथ कुशलता पुर्वक व्यवहारमा लागु गर्न
समेत निर्देशन दिनु भएको थियो ।