प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव सम्पन्न"

२०८२-१०-२९

  • A
  • A-
  • A+
Share

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव आज मिति २०८२।१०।२९ गते नेपाल प्रहरी संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

 उक्त अवसरमा नेपाल पुलिस स्टाफ कलेज तथा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यज्यूले प्रमुख अतिथिज्यू लगायत समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट अतिथि, अतिथि महानुभावहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रशिक्षण केन्द्रले उत्पादन गरेका जनशक्तिको कार्यसम्पादन शैली नै नेपाल प्रहरीको वास्तविक ऐना हुने भएकाले संगठनको गरिमामय ईतिहासलाई अझै दर्बिलो खम्बा बनि माथि उठाउन सक्ने जनशक्तिको निर्माणमा यो प्रशिक्षण केन्द्र सधैँ लागिरहनेछ भन्ने कुरा समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिज्यूले यस अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रकाशित बार्षिक पुस्तक “प्रेरणा-२०८२” को लोकार्पण गर्नुका साथै नेपाल प्रहरीको बार्षिक तालिम क्यालेण्डर अनुसारका प्रशिक्षण गतिविधिलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गरी व्यावसायिक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने उत्कृष्ट प्रशिक्षण प्रदायक संस्थालाई यसै वर्षबाट सुरुवात गरिएको प्रथम रनिङ ट्रफिबाट सर्वोत्कृष्ट प्रहरी तालिम केन्द्रको रुपमा छनौट भई नेपाल प्रहरी शिक्षालय, भरतपुरका समादेशक प्र.ब.उ. तारा देवि थापाज्यू र सर्वोद्वितीय हुन सफल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका प्र.ब.उ. सन्तोष सिंह राठोरज्यूलाई प्रशंसा-पत्र वितरण गर्नु भएको थियो ।

यसैगरी प्रमुख अतिथिज्यूबाट प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्र, प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसा पत्र तथा प्रशिक्षण केन्द्र लगायत नेपाल प्रहरीका बिभिन्न प्रहरी ईकाईहरुमा लामो समय सेवा गरी दक्ष जनशक्तिको उत्पादन तथा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा अवकास प्राप्त प्रहरी निरीक्षक ठागा बहादुर चौधरीलाई Life Time Achievement Award द्वारा सम्मान गर्नु भएको थियो ।

 प्रमुख अतिथिज्यूबाट मन्तव्य राख्ने क्रममा बिद्यमान चुनौतिहरुको सामना गर्न सक्ने दक्ष एवं व्यवसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरुको भुमिका महत्वपूर्ण हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्न सक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादन तर्फ प्रशिक्षण केन्द्रहरु सदैव संवेदनशिल हुन जरुरी रहेको कुरा बताउनु भयो । नागरिक प्रति उत्तरदायी, मानवअधिकार प्रति संबेदनशिल, निष्पक्ष, व्यावसायिक एवं कानूनी राज्यको अवधारणा प्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरी बीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन सम्भब हुने भएकाले प्रशिक्षण केन्द्रहरुले सदैव संवेदनशिल भई आधुनिक प्रशिक्षण बिधिका आयामहरुलाई अंगिकार गर्दै प्रभावकारी रुपमा प्रशिक्षण गतिविधि सञ्चालन गर्न आवश्यक निर्देशन दिनुहुँदै बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानलाई शुभकामना समेत व्यक्त गर्नु भयो ।

त्यस्तै धन्यवाद मन्तव्य राख्ने क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूले हरेक प्रहरी अधिकृतहरुको व्यावसायिक जीवनको उद्गमस्थल तथा पहिलो पाठ्शालाको रुपमा रहेको यस ऐतिहासिक स्थलले नेपाल प्रहरीका कर्मचारीको व्यक्तित्व र व्यावसायिकता निर्माण गर्दै सदैव नागरिक सेवामा समर्पित रहिरहन प्रेरणा प्रदान गरिरहेको कुरा उल्लेख गर्नुभयो । बिद्याको मन्दिरको रुपमा रहेको यस प्रतिष्ठानको बसाई, भोगाई र सिकाईले प्रत्येक प्रहरी अधिकृतलाई पाईला-पाईलामा प्रशस्त मार्गनिर्देशन गर्नुका साथै पेशागत रुपमा दत्तचित्त भई अगाडी बढीरहन सदैव प्रेरित गरिरहेको कुरा बताउनु भयो । साथै मन्तव्यका क्रममा प्रमुख अतिथिज्यू, बिशिष्ट अतिथीज्यू, आमन्त्रित अतिथिज्यूहरु लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै बार्षिकोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, समन्वय तथा सहकार्य गर्नुहुने सम्पूर्णलाई कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
“Flag Night-Food Festival & Cultural Program” कार्यक्रम सम्पन्न
२०८३-०३-०५

मिति २०८३/०३/०४ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा नेपाल प्रहरी संगठन प्रमुख श्रदेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औँ समूहका प्रशिक्षार्थीहरूद्वारा आयोजित “Flag Night-Food Festival & Cultural Program” कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर, नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, प्रतिष्ठानका कार्यकारी निर्देशक, अपराध अनुसन्धान विभाग प्रमुख, कार्य विभाग प्रमुख, प्रदेश समन्वय विभाग प्रमुख, उपत्यका प्रमुख, तथा प्रतिष्ठानका निर्देशक लगायत विशिष्ट अतिथिज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूले सबै  प्रदेशहरूमा रहेका जात-जातीहरूको मौलिकता एवं संस्कृति झल्कने स्थानीय व्यञ्जनहरू तयार पारी पेश गरेका थिए । प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरू तथा नेपाल प्रहरी सङ्गीत विद्यालयद्वारा लोक नृत्य एवं साङ्गीतिक प्रस्तुति समेत देखाइएको थियो ।

सुरक्षा चुनौतीको सम्बोधनमार्फत जनविश्वास निर्माण विषयक कार्यशाला सम्पन्न
२०८३-०३-०३

काठमाडौं, असार ३ - राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा बुधबार “सुरक्षा चुनौतीको सम्बोधन मार्फत जनविश्वासको निर्माण–सिकाइको दृष्टिकोण (Building Public Trust Through Addressing Security Challenges- Learning Perspective)” एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।प्रहरी महानिरीक्षक र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकबीच सम्पन्न कार्यसम्पादन सम्झौता (आर्थिक वर्ष २०८२/०८३) को बुँदा नं. २० अन्तर्गत आयोजित उक्त कार्यशालाको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले गरेका थिए।कार्यशालामा प्रहरी महानिरीक्षक प्रकाश अर्याल (अ.प्रा.), त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. पिताम्बर भण्डारी, Grabnews Incorporated Pvt. Ltd. का कार्यकारी अध्यक्ष भुषण दाहाल, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य, प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेल (अ.प्रा.) लगायत नेपाल प्रहरी प्रधान कार्यालय, विभिन्न विभाग तथा निर्देशनालय, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, जिल्ला प्रहरी परिसर तथा अन्य निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।बिहान ११:३० बजे सुरु भएको कार्यशालामा सुरक्षा चुनौतीहरूको प्रभावकारी सम्बोधन, सार्वजनिक विश्वास अभिवृद्धि तथा सिकाइका अनुभव आदान–प्रदानका विषयमा छलफल गरिएको थियो। कार्यशाला अपराह्न ०३:०० बजे सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ।

शुभकामना तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
२०८३-०३-०२

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७५७३, मिति २०८३/०२/२७ गतेको पत्रले अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल सरुवा हुनुभएका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट इलाका प्रहरी कार्यालय भिमफेदी, मकवानपुर सरुवा हुनुभएका प्रहरी निरीक्षक सनम मल्लज्यूहरूलाई मिति २०८३/०३/०२ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्राम शाहज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो । सोही कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो 

अवकाश प्राप्त प्रहरी नायव निरीक्षक बिष्णु प्रसाद रिमालज्यूको विदाई कार्यक्रम सम्पन्न
२०८३-०३-०१

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.७०२० मिति २०८३/०१/२९ गतेको पत्रादेशानुसार यस प्रतिष्ठानको च.नं. ८२४९ मिति २०८३/०३/०१ गतेको पत्रद्वारा सेवाबाट अनिवार्य अवकाश हुनु भएका प्रहरी नायव निरीक्षक बिष्णु प्रसाद रिमालज्यूलाई मिति २०८३/०३/०१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा सेवा निवृत भई जान लाग्नु भएका प्रहरी नायव निरीक्षकलाई मायाको चिनो प्रदान गर्नुका साथै यस प्रतिष्ठानमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवनको शुभकामना व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा सेवा निवृत भई जान लाग्नुभएका अवकाश प्राप्त प्र.ना.नि. बिष्णु प्रसाद रिमालज्यूले अवकाश पछि पनि पूर्व प्रहरीको रुपमा प्रहरी संगठनसँग आवद्धता रहि रहनुका साथै पूर्व प्रहरीको हैसियतले प्रहरी संगठनको श्रीवृद्धिमा आफू निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न
२०८३-०२-३०

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू, नेपाल सरकार तालुक गृह मन्त्रालयका सह-सचिव सुमन घिमिरेज्यू तथा भारत सरकार परराष्ट्र मन्त्रालय सह-सचिव प्रियंका चौहनज्यूको आतिथ्यतामा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ई. रामकुमार चौधरी, भारतिय राजदुतावासका काउन्सेलर अविनाश कुमार सिंह, प्रहरी वरिष्ठ उपरीक्षक आ. हरि डङ्गोलज्यू, भारतिय राजदुतावासका प्रतिनिधिज्यूहरू, परियोजनाका भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का ईन्जिनियरहरू, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।